एकलाई इन्काउण्टर, अर्कोलाई चौतारी

मोरङ । राजधानीमा कुख्यात डन दिनेश अधिकारी उर्फ ‘चरी’लाई प्रहरीले इन्काउण्टर गरेकै दिन पक्राउ परेका अर्का कुख्यात डन अभिषेक गिरीको पक्राउले भने त्यति चर्चा कमाउन सकेन् । जसरी नेकपा एमालेमा आवद्ध रहेर चरीले डनगिरी चलाईरहेका थिए, त्यसरी नै नेपाल काँग्रेसँग आवद्ध भएर कुख्यात डन अभिषेक गिरीले पूर्वमा डनगिरी गरिरहेका थिए ।  फरक यतिमात्र थियो कि अभिषेकलाई प्रहरीले संगिन अपराधमा पक्राउ गरेर मुद्दा चलायो भने त्यस्तै प्रकृतिको अपराधमा चरीलाई इन्काउण्टर गरे ।  सम्पत्ति शुद्धीकरण मुद्दामा तारिख खेपिरहेका पूर्वका अर्का डन अभिषेक पुन: पक्राउ परेका छन् । केटीको प्रयोग गरी अपहरण तथा शरिर बन्धक बनाएर रकम असुलेको आरोपमा गिरीलाई महानगरीय प्रहरी परिसर ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौं जिल्ला महादेब गाविस वडा नं. ४ थानकोट बस्ने अच्युतप्रसाद रेग्मीलाई साउन १४ गते अपहरण गरेर रकम असुली गरेपछि पक्राउ गरेको प्रहरी जनाएको छ ।

उक्त अपहरण काण्डमा गिरीसँगै मिलन लिम्बु, गिरीकी प्रेमिका कवितादेवी शाक्य, राजु श्रेष्ठ समेत पक्राउ परेका छन् । कवितादेबी गिरीको प्रेमिका भएको प्रहरीले जनाएको छ । प्रहरीमा जाहेरी दिने पीडित रेग्मीले उजुरीमा लेखेका छन्,‘मलाई सानेपास्थित मुक्तीलाल साहको घरमा बोलाइयो ।  त्यहाँ शारदा सिलवाल भन्ने कबितादेबी शाक्य, अभिषेक गिरी र राजु श्रेष्ठसँगै थिए । त्यसपछि मलाई कोठमा बन्दक बनाइयो । कुटपिट, गालीगलौज र हातपात समेत गरी बन्धक बनाई शरिरमा लगाएको सुनका गरगहना र धनमाल समेत लिइयो । त्यसपछि जर्बजस्ती  मलाई शरिर नाङ्गो बनाई केटीसँग अगालो मार्न लगाएर फोटो खिचियो । खुकुरी देखाउँदै फिरौती रकम माग गरियो । गिरीले प्रयोग गर्ने बा ११ च १२८५ नम्बरको गाडीमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट नगद एक लाख रुपैयाँ फिरौंती लिई डिल्लीबजारस्थित एक कानुन व्यवसायीको कार्यालयमा लगेर ९ लाखको कपाली तमसुक गरेपछि मात्र (५ घण्टापछि) मात्र मलाई छाडियो ।’ प्रहरीले अदालतबाट म्याद थप गरी गिरीमाथि अनुसन्धान जारी राखेको बताएको छ । अपहरण तथा शरीर बन्धक लिने महलको १ र २ नम्बर परिभाषित कसुर अपराधमा सोही महलको ३ र ७ नम्बर बमोजिम कारवाही गर्न प्रहरीले माग गर्ने भएको छ । साथै सोही महलको १२ नम्बर बमोजिम जाहेरीवालालाई प्रतिवादीबाट रकम फिर्ता दिलाउन समेत माग गरिएको प्रहरीले बताएको छ ।
यस्तो छ गिरीको पृष्ठभूमी:
प्रहरीका अनुसार अभिषेक गिरीले बिभिन्न टेण्डरहरुमा गुण्डागर्दी गर्ने गरेका छन् । गुण्डागर्दीकै कारण स्थानिय मानिसहरुलाई डरत्रासमा पारी विगत लामो समयदेखि असुली धन्दामा उनी सक्रिय छन् । सम्पत्ति शुद्धीकरण बिभागले गिरीलाई मुद्दा चलाई तीस लाख रुपैयाँमा धरौटीमा छाडेको थियो । मोरङ्ग जिल्लामा कर्तव्य ज्यान मुद्धामा संलग्न भएका कारण ६ वर्ष जेल सजाय काटेर बाहिर निस्कीएको प्रहरीले जनाएको छ । बाबु कृष्णप्रसाद गिरी फिनल्याण्डको एक योजनामा ईन्जिनियर थिए भने उनको मृत्यु चार बर्ष अगाडी नै भइसकेको थियो । मृतक गिरीका चार जना छोरा र तीन जना छोरी रहेका छन् । अभिषेक गिरी सवैभन्दा कान्छो छोरा हुन् । सामान्य खेतीपाती र विराटनगरमा वावुले वनाएको घर नै अभिषेक गिरीको पैतृक सम्पत्ति हो । अभिषेकको श्रीमती र एक छोरी छिन् भने श्रीमतीसँग पनि हालै सम्वन्ध विच्छेद भएको छ ।

     अभिषेक सानैदेखि उदण्ड स्वभावका भएकाले उनलाई झगडियाका रुपमा साथीभाईले चिन्ने गर्थे । उनी पहिले मोरङका अर्का डन पर्शुराम बस्नेतको समुहमा आवद्ध थिए । केही वर्षदेखि आफू काँग्रेस निकट रहेको भन्दै आफ्नै समुह वनाएर असुली धन्दा चलाउँदै आएका थिए । प्रहरीका अनुसार गिरीले जय महाकाली निर्माण सेवा कम्पनी दर्ता गरेर निर्माण सेवाको ईजाजतपत्र समेत लिएका छन् । मोरङ र आसपासका जिल्लामा हुने ठेक्कापट्टा (टेण्डर) मा अभिषेकले च्याँखे थाप्ने, कमिशन लिने, कमिशन नपाए झगडा मारपिट गर्ने गरेको प्रहरी रेकर्डमा उल्लेख छ । उनको समुहमा विराटनगर, झापा, धनकुटा, धरानलगायतका युवाहरु सक्रिय रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मोरङ र काडमाडौं लगायतका जिल्लामा रहेका रेष्टुरेन्टमा अभिषेकको लगानी रहेको छ । रोडा, ढुङगा टिपर व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीको बुझाई छ भने लगानी डुब्नेहरुबाट मोटो रकम लिएर पैसा उठाउने काम समेत उनले गर्दै आएका थिए । पछिल्लो समयमा अभिषेकले सोझासिधा व्यक्ति र व्यापारीहरुको पहिले कमजोरी पत्ता लगाउने, कमजोरी फेला पारेपछी युवतीको प्रयोग गरी यौन सम्पर्क गर्दाको अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ, अपहरणजस्ता कार्यबाट मोटो रकम असुली गर्न थालेका थिए ।

यस्तै प्रकृतिको काममा चितवनका विकास कोइरालाको समेत संलग्नता हुने गरेको छ । कोइराला नेपाली काँग्रेससँग आवद्ध रहेका छन् । दोस्रो संविधानसभाको चुनाबमा प्रधानमन्त्री सुशील कोइरालाको विरुद्धमा उभिएपछि उनी कारवाहीमा परेका थिए । स्रोतका अनुसार सुरा र सुन्दरीमा लट्ठ परेपछि ब्यापारी,उद्योगीहरुलाई आफ्नै छोरीसँग जोडेर चेलीबेटी बेचविखनमा मुद्दा चलाउँछु, पक्राउछु भन्दै असुल्ने गरेका छन् । अपहरण गर्ने, बन्धक बनाउने र जर्वजस्ती लाखौं लिनु छ भन्दै कागज गराउने काम समेत विकास कोइरालाले गर्ने गरेका छन् । उनको अबैध काममा आफ्नै श्रीमतीले समेत साथ दिने गरेको स्रोतको दावी छ ।

Share on Twitter Share on Facebook