कुख्यात डन चक्रेको फेरि उठौंती धन्दा यथाबत

काठमाडौं । राजधानीका कुख्यात डन दिनेश अधिकारी उर्फ ‘चरी’को रहस्यमय हत्याकाण्ड (प्रहरीको इन्काउण्टर) सेलाउन नपाउँदै कुख्यात डन मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’को उठौंती ब्यापक हुन थालेको छ । स्रोतका अनुसार ‘चक्रे मिलन’ले राजधानी र राजधानीबाहिर समेत चन्दा आतंक तथा असुली धन्दा सुरु गरेका छन् । विभिन्न ब्यापारीलाई धम्क्याउने तथा असुली गर्ने क्रममा केही दिन पहिले ईटहरीमा चक्रे मिलनले एक निर्माण ब्यवसायीलाई रडले हानेर घाईत बनाएको ब्यापक हल्ला चलेको छ । यद्यपी, रड खाने ब्यापारी को थिए र घटना कहिले भएको हो ? भन्ने कुरा भने बाहिर आएको छैन । स्रोतका अनुसार टेण्डरको कमिशन ढिला ल्याएको भन्दै चक्रेले ति निर्माण ब्यवसायीमाथि आक्रमण गरेका थिए  ।

    अर्का कुख्यात डन दीपक मनाङ्गे समेत ईटहरीमा टेण्डर परेपछि धरानमै रहँदै आएका छन् । जेलको पाँच बर्षे जीवन विताएर भर्खर छुटेका चक्रेको आपराधिक स्वभाव उक्त घटनाले अझै पनि परिवर्तन हुन नसकेको पुष्टि भएको छ । एक दर्जन भन्दा बढी अपराध गरेको अभियोगमा पक्राउ परेका चक्रेले लागूऔषध मुद्दामा भने सफाई पाएनन् । लागूऔषध मुद्दामा मात्र ५ बर्ष कैद फैसला भएपछि चक्रेले जेलको हावा खाएका थिए । जेलमा पाँच बर्ष कैद भुक्तानी गरिसकेका चक्रेमाथि अबैध सम्पत्ति थुपारेको मुद्दा समेत रहेको छ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो र सम्पत्ति शुद्धीकरण बिभागले ७ करोड अबैध सम्पत्ति थुपारेको अभियोग बिशेष अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दामा थुनछेक आदेश हुँदा अदालतले चक्रेसँग एक करोड ढरौटी माग गरे अनुसार धरौटीबापत चक्रेले जायजेथा राखेर तारेखमा छुटेका थिए । जेलमा रहँदा समेत आफ्ना सहयोगी परिचालन गरेर महिनावारी उठाउने गरेका चक्रेले जेलभित्र बस्दा नै एक जना ब्यापारीको डोजरमा आगो लगाएका थिए । चक्रेको थुना मुक्त भएपछि अपराधिक बाटोमा नजाने अड्कल काटिएको थियो । 

तर ईटहरीको घटनासँगै उक्त अड्कल गलत सावित भएको छ । राजधानीका अर्का गुण्डा दिपक मनाङ्गेसँग निकै नराम्रो सम्वन्ध रहे पनि जेल छेटेपछि उनीहरुबीच कुनै नराम्रो घटना भने भएको छैन् । तर, मनाङ्गे र चक्रेको समुहबीच ग्याङवार हुँदा नै चक्रेको दाहिने हात छिनेको थियो । कुनैबेला गुण्डागर्दीका कारण चक्रपथ क्षेत्रमा मनाङ्गेलाई निषेध गरिएको थियो भने ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा चक्रेलाई निषेध थियो । काभ्रेका छोटा डनका रुपमा चिनिने बिष्णु लामा भित्रभित्रै चक्रेको प्यारो भाईका रुपमा स्थापित भएका छन् । लामाले चक्रे जेलमा हुँदा प्रत्येक महिना खसि पठाउने गरेपछि उनको प्यारो भाई बनेका हुन । २०६५ सालमा यादब ढंगोल हत्या गरेको आरोप लागेपछि उनी फरार भएका थिए । फरार चक्रेलाई तत्कालिन आईजीपी रमेशचन्द ठकुरीको बिशेष टोलीले पक्राउ गरी लागूऔषध हालेको थियो । त्यसपछि डीएसपी जगतमान श्रेष्ठले भैरहवाको अशोका होटलबाट लागूऔषध र हातहतियारसहित पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

Share on Twitter Share on Facebook