आईजीपी अर्याल कलंक बन्ने कि निश्कलंक ?

काठमाडौं । नेपाल प्रहरीमा नौ महिनादेखि रिक्त एआईजीहरुको पदपूर्ति हुन नदिन आईजीपी उपेन्द्रकान्त अर्याल नै सक्रिय रहेको आरोप लाग्न थालेको छ । व्रिफकेश काण्डलाई विवाद बनाएर बढुवा भाड्न आईजीपी अर्याल सक्रिय थिए भने अहिले सिँचाई मन्त्री एनपी साउदको दाजु डीआईजी केदार साउद र एमालको सिफारिसमा परेका डीआईजी रमेशशेखर बज्राचार्यका कारण बढुवा हुन नसकेको भन्दै विवाद मोडेर दोष जति प्रधानमन्त्री र गृहमन्त्रीलाई थोपर्न आईजीपी अर्याल सक्रिय छन् । स्रोत भन्छ,‘प्रहरीको नियमावली अनुसार पुनरावलोकन समितिले सिफारिस गरेको नाम अनुसार बढुवा हुनुपर्छ भन्ने अडान आईजीपी अर्यालले लिएको खण्डमा कुनै पनि मन्त्रीले बढुवा बदर गर्न वा बढुवा नै नगर्ने आँट गर्न सक्दैनन । किनकी प्रहरी नियमावलीमा नै स्पष्ट अधिकार उजुरी छानविन गर्ने समितिलाई दिइएको छ । र, यो नियमावली पनि आईजीपी अर्यालको ईच्छामा आएको हो ।’

      तत्कालिन राजा ज्ञानेन्द्र शाहले तत्कालिन संविधान २०४७ को धारा १२७ बमोजिम कानूनको कमजोर पक्षको फाईदा उठाउँदै ‘कु’ गर्न सफल भएका थिए । धारा १२७ मा कुनै बाधा अड्काउ आएमा फुकाउने अधिकार श्री ५ मा निहित रहने छ भन्ने उल्लेख थियो । तर अहिले ०६२।०६३ को जनआन्दोलनपछि २४० बर्षको राजतन्त्र फाँकियो । मुलुकमा गणतन्त्र आयो । तैपनि बर्तमान मन्त्रिपरिष्दले कानूनको अपब्याख्या गर्दै आफू अनुकुल काम गर्ने गरेको नेपाल प्रहरीमा नौं महिनादेखि रिक्त सात एआईजीको बढुवा प्रकरणलाई लिन सकिन्छ । जबकी, प्रहरी नियमावली २०७१ को नियम ४२ को ६ मा बढुवा सम्वन्धि स्पष्ट कानूनी प्रावधानका बारेमा यसरी उल्लेख गरिएको छ–‘बढुवा समितिको बढुवा सिफारिस उजुरी सुन्ने समितिले पुनरावलोकन गरी संसोधन गर्नु पर्ने देखिएमा सो समेत गरी कार्यान्वयनका लागि सम्वन्धित बढुवा समितिसमक्ष लेखि पठाउनु पर्नेछ ।  र, बढुवा समितिले सोही बमोजिम बढुवा सिफारिस गर्नु पर्नेछ ।’ तर यहाँत न कानूनको पालना भएको देखियो, नत कार्यान्वयन गराउन सम्वन्धित निकायको चासो नै ।
नौं महिनादेखि रिक्त सात एआईजीको पदपूर्ति गर्न नसकेको सरकारले बरिष्ठताको आधारमा नै सात जनालाई सचिवमा बढुवा गरेपछि प्रहरी संगठनभित्र भने हलचल भएको छ । निजामती सेवामा बरिष्ठता रोलक्रम अनुसार बढुवा भएपछि प्रहरीमा पनि झिनो आशा जिवितै रहेको एक डीआईजी बताउँछन् । उता सरकारले प्रहरीमा रिक्त सात एआईजीको बढुवा नहुंदा करिब ४ हजार भन्दा बढीको बृतिविकास प्रभावित हुँदै आएको छ । व्रिफकेश काण्ड र रोलक्रम मिचेर बढुवा भएपछि विवादमा परेको बढुवाले अहिलेसम्म निकास पाउन सकेको छैन । आईजीपी अर्यालको षड्यन्त्रका कारण नै बढुवा हुन नसकेको बढुवामा नपरेको अधिकांश डीआईजीहरु बताउन थालेका छन् । त्यसो त, बढुवाका नाममा अति चलखेल र बेइज्जती हुन थालेपछि डीआईजीद्धय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाहमा कार्यालय नै आउन छाडेका छन् । बढुवा नगरी घर पठाउने षड्यन्त्रमा लागेका आईजीपी अर्यालको सपना पुरा भएमा नेपाल प्रहरीको मात्र नभई नेपालकै इतिहासमा अर्यालको नाम कलंकका रुपमा इतिहास लेखिनेछ ।  

Share on Twitter Share on Facebook