क्यान्सरको नेपालमा नै उपचार हुने

काठमाडौं । नेपालमा नै पहिलो पटक कुण्डलिनी डाईगोनेष्टिक सेन्टर प्रालिले क्यान्सर रोगको उपचारका लागि एक सय २८ स्लाईसको पेट सिटी मेशिन नेपाल ल्याउने घोषणा गरेको छ । नेपालमा क्यान्सर रोगको उपचारका लागि सर्वसुलभ तथा अध्याधुनिक मेशिन नभएका कारण प्रायजसो नेता, उद्योगी, कलाकार र ब्यापारी विशेमा उपचार गर्न जाने गरेका छन् ।

कुण्डलिनी डाईगोनेष्टिक सेन्टर प्रालिले सवैलाईलक्षित उक्त अध्याधुनिक मेशिन नेपाल ल्याउन लागेको बताएको छ । उक्त मेशिन सञ्चालन आएपछि गरिव र स्वास्थ्य सुविधामा पहुँच नभएका समेतले सहज उपचार र विशेष छुटका साथ उपचार नेपालमानै पाउने प्रवन्धक सञ्चालक आदर्शविक्रम राणाले बताएका छन् । नीजिस्तरको पहिलो प्रयासबाट सतप्रतिशन स्वदेशी लगानीमा प्रख्यात ब्राण्ड फिलिप्सको अध्याधुनिक अपकरण पेट सिटीको कुल लगानी करिब ३५ करोड हुने बताइएको छ । साथै, कम्पनीले अति गरिव र उपचारका लागि पैसा तिर्न नसक्ने विरामीका लागि विशेष छुटमा  अपचार गराउने समेत प्रतिबद्धता जनाएको छ ।

Share on Twitter Share on Facebook