श्रम राज्यमन्त्रीका छोरा अपहरण काण्डमा मुछिए

काठमाडौं । राजधानीको मुटु मानिने पर्यटकीय क्षेत्र ठमेलमा अपहरण, लुटपाट र चोरीको घटना हवत्तै बढेको छ । गत शनिबार पनि (कार्तिक २९) ओएमजी क्लब र आइसीस रेष्टेरेन्टका सञ्चालक कर्मा गुरुङले एक जना ब्यवसायीलाई अपहरण गरेको रहस्य खुलेको छ । शनिबार राती बाटोबाट नै अपहरणमा परेका राजकुमार लामालाई ओएमजी क्लब लगेर त्यसका सञ्चालक गुरुङले राती १.१५ बजेसम्म हात, खुट्टा बाँधेर पिटिरहेको अबस्थामा प्रहरीले उद्दार गरेको थियो । पीडितको छाती, आँखा र गालामा निलो डाम समेत भएको स्वास्थ्य रिर्पोटसमेत लैनचौर प्रहरीमा पेश गरिएको छ । जबकी १२ बजेपछि सम्पूर्ण क्लबहरु बन्द गर्नु पर्ने कानूनी ब्यवस्था छ ।

‘पीडित लामालाई उनका आफन्त र लैनचौर प्रहरी त्यहाँ पुगेर समयमा नै उद्दार नगरेको भए ज पनि हुन सक्थ्यो’,–उनका आफन्तले भने । ओएमजी क्लबका सञ्चालक गुरुङका सहयोगी कर्मा काँडे, सुदन गुरुङ र स्वयम् गुरुङविरुद्ध लैनचौर प्रहरीमा अपहरण मुद्दा परेपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्ने आँट गर्न सकेको छैन । अपहरण जस्तो संवेदनशिल मुद्दामा लैनचौर प्रहरी बृत्तका प्रमुख डीएसपी बीरेन्द्र शाहीले कुनै कारवाही प्रक्रिया अगाडि नढाउनुको कारण भने अर्कै रहेको छ । लामा अपहरण आरोपित ओएमजी क्लबका सञ्चालक कर्मा गुरुङ श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका छोरा हुन् ।  नेपाली काँग्रेसको सभासद् तथा राज्यमन्त्री गुरुङकै छोरा भएका कारण प्रहरीले उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन नसकेको स्रोतको दावी छ । नत्र झुटा अपहरणका मुद्दा समेत अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरी किन बास्तविक घटनाका दोषिलाई कारवाही गर्न डराउँछ ? गम्भिर प्रश्न उब्जिएको छ । पीडित लामाले आफूलाई अपहरण गरेर कुटपिट गर्ने दोषिलाई कुनै पनि हालतमा कानूनी कारवाही हुनु पर्ने बताएका छन् । अपहरणमा परेका पीडित लामा ठमेल क्षेत्रमा हुक्काको सप्लाई गर्नुको साथै उनका आफन्तले सञ्चालन गरेको ठमेलको प्याक्ट्री रेष्टुरेन्टमा कार्यरत छन् । श्रम राज्यमन्त्री गुरुङ आफै मेनपावर ब्यवसायी हुन् । उनको हिमाल ओभरसिज नामक मेनपावर कम्पनी सञ्चालनमा रहेको छ भने गुरुङ एनसेलको सिम तथा रिचार्ज कार्डको वितरक पनि हुन् । भृकुटीमण्डपस्थित सञ्चालनमा रहेको ‘फन पार्क’ समेत गुरुङले समाज कल्याण परिषद्बाट आर्थिक चलखेल गरेका कारण हात पारेका हुन् । तिनै श्रम राज्यमन्त्री गुरुङका छोरा कर्मा गुरुङ यतिखेर अपहरण काण्डमा मुछिएका छन् । राज्यमन्त्री गुरुङले अपहरणमा आरोपित आफ्नो छोरा कर्मालाई बचाउन के–के गर्छन ?त्यो भने हेर्न बाँकी छ ।  

Share on Twitter Share on Facebook