भारतीय थिचोमिचोमाथि ‘हाम्रो स्वाभिमान’

काठमाडौं । विस्तारवाद, साम्रराज्यवाद विरुद्ध आवाज बुलुन्द पार्दै तीन करोड जनताको भावानालाई समेट्ने गरी मुलक र राष्ट्रियता जोगाउन नवगायक ज्ञानीकुमार खड्काले राष्ट्रिय गीत ‘खबरदार’ मार्फत आब्हान गरेका छन् । गत साता मात्र विमोचन गरिएको ‘हाम्रो स्वाभिमान’ नामक सांगितिक एल्बमको खबरदार खबरदार नामक गीतको गाउनेशैली समेत भिन्न छ भने गीतको भिडियो सामाजिक सञ्जाल यूट्यूबमा हालेको दुई दिन नवित्दै तीस हजार बढीले हेरिसकेका छन् ।

राष्ट्रिय भावनाबाट ओतपोत रहेको खबरदार खबरदार गीतमार्फत नबगायक खड्काले युवालाई परिवर्तनका लागि तत्काल जुट्न आब्हान गर्दै भनेका छन्,–‘ जागौं न उठौं न युवा हो, जोगाउन देशको सिमाना, मुला काटे झै“ काटी, खुकुरी घुमाउन फनन ।’ हाम्रा पुर्खाले आर्जेको यो मुलुक नेताहरुले बेच्न सक्ने भएकाले त्यस्ता नेतालाई जनताले नै ठेगान लगाउने भाव समेत गीतमा ब्यक्त गरिएको छ । भारतले मिचेका दर्जनौं सिमानाका सम्वन्धमा गीतमा कडा रुपमा विरोध गरिएको छ । नेपालीले युद्ध गरेर जितेका दर्जनौं भूमि हाल भारतमा रहेको उल्लेख गर्दै गीतको दोस्रो अन्तरामा भनिएको छ,–‘त्यो जङगे पिलर हाम्रो हो, का“गडा गडवाल हाम्रै थियो, पुर्खाले खुकुरी धोएको, त्यो टिस्टा खोला हाम्रै थियो ।’ विस्तारवाद, साम्रराज्यवाद विरुद्ध परिआए खुकुरी उठाउन युवा तातिनु पर्ने गीतको भाव छ । भारतले नेपालको दर्जनौं ठाउ“मा सिमाना मिचेको विषयलाई ईङगीत गर्दै त्यस्तो नगर्न गीतमार्फत चेतावनी दिइएको छ । जसरी हाम्रा पूर्खाले मुलुकको रक्षा गरेका थिए, त्यसरी नै मुलुकको सिमाना रक्षा गर्न विस्तारवादसामु युवाले खुकुरी नचाउन कति पनि ढिला गर्न नहुने भाव उल्लेख भएको उक्त खबरदार खबरदार गीतको शब्द, संगीत र स्वर स्वयम् ज्ञानीकुमार खड्का हुन् । पछिल्लो समयमा मुलुकको चिन्तन गर्न छाडेका युवा नेतृत्वलाई जागरुक हुन घच्घच्याइएको उक्त राष्ट्रिय गीत भारतीय पक्षले नेपाली र नेपालको सिमानामा गरेको थिचोमिचोविरुद्ध छ  ।  Check here for the song : https://www.youtube.com/watch?v=n1lN6nbnh5Q

Share on Twitter Share on Facebook