‘स्वतन्त्र तिब्बत’ होइन, अब नेपाली नागरिकता देउ

काठमाडौं । नेपालमा गणतन्त्र आएपछि अमेरिकी स्वार्थ बदलिँदा चीनविरुद्ध तिब्बतीयन नागरिकले गर्ने गतिविधिको स्वरुपमा समेत परिबर्तन आएको छ । यसअघि दलाई लामा निर्वासित भएको दिन अर्थात १० मार्चलाई अमेरिकी र यूरोपियन ईच्छामा नेपालमा रहेका तिब्बतीयन शरणाथीलाई उचालेर उनीहरुले ‘स्वतन्त्र तिब्बत’ लगायतका गतिविधिमार्फत चीनविरुद्ध कार्यक्रम गर्दै आएका थिए । तर सन् २०१२ को जुलाई एकदेखि नेपालमा गणतन्त्र आएपछि दलाई लामाका विशेष दुतका रुपमा नेपाली मुलका तिब्बतीयन नागरिक एवं मानब अधिकारकर्मी ताम्डीङदोर्जे तुलाधरले नियुक्ती पाएसँगै अहिलेसम्म नेपालमा कुनै पनि कार्यक्रम हुन सकेको छैन ।

‘धार्मिक नेता दलाई लामाका लागि नेपालको विशेष दुत बनेका ताम्डीङदोर्जेले नेपालमा कुनै पनि गतिविधि सञ्चालन गर्न नसक्नुको पछाडी अमेरिकी स्वार्थमा परिवर्तन आउनु हो’,उच्च स्रोतले बतायो । जबकी पञ्चायत कालमा समेत तिब्बतीयन नागरिकले स्वतन्त्र रुपमा धार्मिक कार्यक्रमहरु सञ्चालन गर्न छुट पाएका थिए । धर्मशाला स्रोत भन्छ,‘नेपालमा गणतन्त्र आएपछि अमेरिका र पश्चिमा शक्तिहरुको स्वार्थ र रणनिति दुबै परिवर्तन भएको छ । नेपालमा जातिय र धार्मिक गतिबिधि बढाई द्धन्द्ध निम्त्याउने र सोही बहानामा शान्ति स्थापनार्थ नेपालमा विभिन्न मिसनहरु नेपाल आएर शान्तिको नाममा विश्व महाशक्ती बन्ने दौडमा रहेको चीन र उसलाई पछया्ईरहेको भारतमा समेत शान्ति खलबलाउनु रहेको छ ।’ स्रोतका अनुसार नेपालमा आएका ती मिसनहरुले छिमेकी मुलुकका सामरिक महत्व राख्ने सूचनाहरु लिने तथा भारत र चीनको रक्षा रणनीति कमजोर बनाई अमेरिका र पश्चिमा देशहरु शक्तिशाली भइराख्ने भित्रि उदेश्य रहेको छ । चीन र भारतलाई आर्थिक रुपमा कमजोर बनाउन सके पश्चिमा मुलुक र अमेरिकालाई नै महाशक्ती राष्ट्रको बिल्ला कायमै रहने उनीहरुको भ्रम छ । त्यसैले, अमेरिका र पश्चिमा मुलुक नेपालमा एकल पहिचानको नाममा जातीय संघियताको नारा उचाल्ने विभिन्न समूहलाई आर्थिक सहयोग गर्ने, विखण्डनवादी डा.सिके राउत जस्तालाई सहयोग र समर्थन गर्ने तथा धर्म निरपेक्षताका नाममा धर्म युद्ध निम्त्याउन खोजिरहेका छन् । जसका लागि करोडौं डलर एकल जातिय पहिचान खोज्ने दजनौ संघसंस्थाका प्रतिनिधिले बुझिसकेको समाचार यसअघि नै सार्बजनिक भइसकेको छ ।  
उता कम्युनिष्टलाई दबाउन भियतनाममा गरेको अमेरिकी युद्ध असफल भएपछि चीनविरुद्ध नेपालमा खम्पा विद्रोह सञ्चालन भयो । त्यो पनि केही बर्ष नवित्दै अमेरिका र चीनबीच मित्र राष्ट्रका रुपमा अन्तर्राष्ट्रिय सम्झौता भएपछि नेपालबाट सञ्चालित उक्त विद्रोह नेपाली सेना लगाएर दबाइयो । केहीलाई नेपाल सरकारले नेपाली नागरिकता दिने, आम माफी दिने भन्दै आत्मसमर्पण गर्न लगायो भने हतियार नत्याग्नेलाई आक्रमण गरि मारियो । सो विद्रोहमा नेतृत्व लिने वाङ्दीलाई २०३२ सालमा नेपाल, चीन र भारतको त्रिदेशिय सिमा टिकरमा जानीजानी घेरा हालेर मारियको थियो । ताकी खम्पा विद्रोहको भेद खुल्न नसकोस । तत्कालिन अबस्थामा खम्पा विद्रोह गर्न हतियार र आर्थिक कारोबार सञ्चालन गर्ने उग्रेन लामालाई भने नेपाली सेना र सरकारले केही पनि गरेन । तिनै उग्रेन लामा हाल राजधानीको पर्यटकीय मुटु ठमेलमा उत्से होटल सञ्चालन गरिरहेका छन् । उग्रेन लामासँग अबौं रुपैयाँ रहेको छ भने उनी गुमनाम बनेर बसेका छन् । खम्पा विद्रोहका दर्जनौं नाईकेहरु यतिखेर नेपाली नागरिकता लिएर ब्यापार, ब्यबसाय गर्दै आएका छन् । समय परिस्थिति अनुसार आफ्नो योजना परिबर्तन गर्दै आएको अमेरिकाले भने नेपालको बदलिँदो पछिल्लो अबस्थासँगै रणनीतिमा पनि परिबर्तन ल्याएको हो । कहिले खम्पा बिद्रोह त कुनै बेला स्वतन्त्र तिब्बतको नारा उचाल्न लगाएर नथाक्ने अमेरिका र पश्मिमा शक्ति यतिखेर नेपालमा जातिय र धार्मिक द्धन्द्ध बढाएपछि मात्रै चीन र भारतविरुद्ध गतिविधिमा लाग्न सजिलो हुने निष्कर्षसहित नेपालका राजनीतिक दल र गैरसरकारी संघ सस्थाहरुलाई उपयोग गर्न लागिपरेका छन् ।
के हो मुक्ति दिवश: तिब्बती धार्मिक नेता १४औं दलाई लामाले सन् १९५९ मार्च १० का दिन चीन छाडेका थिए । तिब्बतमाथि चीनको एकाधिकार रहेको भन्दै धार्मिक नेता दलाई लामा तिब्बत छाडेर भारतीय शरणमा पुगेको दिन अर्थात मार्च १० लाई प्रत्येक बर्ष विश्वभर छरिएर रहेका तिब्बतीले मुक्ति दिवशका रुपमा मनाउँदै आएका हुन् । तर, लामालाई भने चीन सरकारले चीनलाई टुक्राउने षड्यन्त्र गरेको भन्दै ‘मोष्ट वान्टेड’ सूचिमा राखेको छ । ५६ वर्ष अगाडी दलाई लामा भारतको राजनीतिक शरण लिन पुगेपछि यसै मितिमा नेपालमा रहेको तिब्बती शरणार्थीहरुले पनि मुक्ति दिवसका रुपमा मार्च १० मा विभिन्न कार्यक्रम गरेर चीनको विरोध गर्दै आएका छन् ।
लामाका दुतको शंकास्पद गतिविधि: ताम्डीङदोर्जे तुलाधरलाई नेपालका लागि दलाई लामाको प्रतिनिधि बनाइएपछि लामा अहिलेसम्मकै कमजोर बनेको स्रोतले बतायो । ताम्डीङदोर्जेको कमजोर मानसिकता र बिबेकहिन गतिबिधिका कारण लामा नेपालमा कमजोर देखिएका हुन् । केही धर्म गुरुहरुले त दाम्डीङदोर्जेको नेपालमा नियुक्तीलाई नै गल्ती भएको बताउन थालेका छन् । तिब्बतीका लागि लड्न नेपाल प्रतिनिधि बनाइएका नेता नै नेपाली नागरिक भएकाले शरणार्थी समस्या ताम्डीङदोर्जेले बुझ्न नसक्ने दर्जनौं तिब्बतीको आवाज रहेको छ । नेपालका लागि दुत बनाईएका ब्यक्ति नै महलमा बसोबास गर्छ र पजेरो चढेर हिड्छ भने उसले कसरी तिब्बतीको समस्या बारे बुझ्छ ? तिब्बती शरणार्थीे प्रश्न गर्न थालेका छन् । त्यसो त उनलाई विदेशीको ईशारामा नेपालको दुत नियुक्त गरिएको थियो ।
यस्तो छ नयाँ रणनीति:

  •  नेपालबाट चीन र भारतविरुद्ध धार्मिक र जातिय द्धन्द्धमार्फत गतिबिधि सञ्चालन गर्ने भएकाले अनेक बहानामा तत्कालको लागि स्वतन्त्र तिब्बत आन्दोलन मत्थर पार्ने ।
  •  दलाई लामाका दुत ताम्डीङदोर्जे मार्फत नेपालमा रहेका तिब्बती शरणार्थीहरुको आन्दोलनलाई कमजोर बनाउने ।
  • यसअघि ‘स्वतन्त्र तिब्बत’को माग राख्ने तिब्बती शरणार्थीलाई नेपाली नागरिकता पाउने अधिकारको माग राख्न लगाउने ।
  •  नेपालमा नै तिब्बती शरणार्थीलाई सम्पूर्ण हकअधिकार खोज्न लगाई सम्पूर्ण गतिबिधि सून्यमा ल्याउने ।

गत सन् २०१४ डिसेम्वर १० मा दलाई लामाले नोवेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा तिब्बती शरणार्थी क्याम्पका क्याल्साङ ढुण्डुपले नेपाली कानून अनुसार तिब्बती शरणार्थी चलिरहेको र अब सबै तिब्बती नागरिकले नेपाली नागरिकता पाउनु पर्ने बताएका थिए। ‘सम्पूर्ण तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिइयोस् र हामी यहि मुलुकमा नेपाली बनेर बस्न तयार रहेको छौं’ भन्दै ढुण्डुपले नेपाली भाषामा लिखित रुपमा नै भाषण गरेका थिए भन्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

Share on Twitter Share on Facebook