लोकमान, वन्त र मल्होत्राबीच रहस्यमय सम्बन्ध

काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका सशस्त्र प्रहरी बलका आईजीपी कोषराज वन्त, ब्यापारीको भेषमा सुन तस्करी गर्दै आएका दिपक मल्होत्रा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबीच रहेको रहस्यमय सम्बन्धको गाँठो खुल्न थालेको छ । भोजपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सडक विभागका पूर्व ईन्जिनियर दिनेश बस्नेत, प्रमुख आयुक्त कार्कीका पीए भवानी सुवेदी, कार्कीको नातामा ज्वाई पर्ने पूर्व डीएसपी सुरेन्द्र सिंह र तस्कर दिपक मल्होत्राबीच समेत अनौठो सम्बन्ध रहेको सूचना प्राप्त भएको छ ।

हिजोआज भ्रष्टाचारका मुद्दा खेपेर अख्तियारमा धाउने भ्रष्टहरुसँग मोलमोलाई गर्न अख्तियारका प्रमुख कार्कीले आफूहरुलाई खटाएको दावी स्वयम् उनीहरुले गर्न थालेपछि यो रहस्य बाहिर आएको हो । स्रोत भन्छ–‘यो समूहले पछिल्लो समयमा नेपाल टेलिभिजनको भ्रष्टाचारमा मुछिएका आरोपितहरुसँग मुद्दा मिलाउने नाममा मोलमोलाई गरेको थियो । अख्तियारका प्रमुख आयुक्तको यो च्यानलबाट मुद्दा मिलाउन कसरत खण्डमा कुनै पनि मुद्दा मिल्ने गरको छ ।’
यसको ज्वलन्त उदाहरण भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारको कठघरामा पटकपटक उभिन पुगेका सशस्त्रका आईजीपी कोषराज वन्त हुन् । यहि समूहको पहलका कारण उनको मुद्दा अख्तियारले तामेलीमा राखेको छ भने उक्त मुद्दाको छिनोफानो गर्ने जिम्मा ब्यापारीको भेषमा सुन तस्करी गर्दै आइरहेका तस्कर दिपक मल्होत्राले लिएका छन् । जसका कारण मल्होत्राले सशस्त्र प्रहरीमा सामान सप्लाई गर्ने ठेक्का समेत हात पारिसकेका छन् । तस्कर मल्होत्रालाई ठेक्का दिलाए बापत आईजीपी वन्तको भ्रष्टाचार मुद्दा अख्तियारका प्रमुख आयुक्त लोकमानले तामेलीमा राखेको अख्तियार स्रोत बताउँछ । त्यसो त, लोकमानकै आर्शिवादका कारण सह–सचिवबाट सचिवमा बढुवा भएका श्रीधर सापकोटासँग पनि लोकमानको काम गर्ने च्यानलको राम्रो उठवस रहेको छ । स्रोतका अनुसार लोकमानका गोत्य काम गर्ने च्यानलमा भ्रष्ट, नक्कली सर्टिफिकेटधारी, अख्तियारले नै डाँमेका र तस्करहरु रहेका छन् । जसमध्ये डीएसपी सिंहको नक्कली सर्टिफिकेट अख्तियारले नै छानविन गर्न थालेपछि उनले प्रहरीबाट राजिनामा दिएका थिए । सडक विभागका पूर्व ईन्जिनियर बस्नेतको विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधिन अबस्थामा छ । मल्होत्रा ब्यापारीको भेषमा सुन तस्कर गर्ने गर्छन भने उनका पीए सुवेदीले भ्रष्टाचारका मुद्दामा लुसुलुसु मोलमोलाई गर्ने गरेका छन् । अख्तियारमा रहँदा प्रष्ट र स्वच्छ भूमिका खेलेका कारण सह–सचिव प्रेमकुमार राईलाई सचिव बनाएर प्रधानमन्त्रीको कार्यालयमा थन्काइएको छ । अख्तियारबाट राई बाहिरिए लगत्तै अख्तियारमा परेका भ्रष्टहरुको मुद्दा मिलाउन यो दलाली समूह चलायमान भएको स्रोतले बतायो ।
मल्होत्राले सशस्त्रका आईजीपी वन्तको मुद्दा मिलाउने जिम्मा किन लिए ? भन्ने प्रश्नको उत्तर खोजिरहन त्यति दिमाग खेलाउनु पर्दैन । पहिलो त: पछिल्लो समयमा तस्कर मल्होत्राले अख्तियारकै डिजाइन र आडमा सशस्त्रमा सामान सप्लाई गर्ने ठेक्का हाता पारेका छन् । दोस्रो: पुरानो बानेश्वरस्थित रहेको लोकमानको विशाल महल तस्कर मल्होत्राले भाडामा लिएका छन् । यसबाट पनि लोकमान र सुन तस्कर मल्होत्राबीच रहेको अटुट सम्बन्ध पुष्टि हुने आधार मिलेको हो । स्रोतका अनुसार लोकमानको उक्त विशाल महलमा मल्होत्राले स्यामसुङ मोबाईलको भण्डारण गरेका छन् । उता लोकमानका भक्त पीए भवानी सुवेदी र लोकमानबीचको सम्बन्ध राम्रो नभएको नाटकमञ्चन हुने गरेको छ । सुवेदी लोकमानका एकदमै भक्त भएकै कारण कतिपय भ्रष्टाचारका मुद्दा उनीमार्फत बाग्रेनिङ हुने गरेको छ । लोकमानका पीए सुवेदी भ्रष्ट सहसचिव भरत सुवेदीका भाई हुन् । भ्रष्ट सहसचिव सुवेदी र लोकमानको सम्बन्धको चर्चाले समेत एकपटक सञ्चारमाध्याम पुरै छाएको थियो । यसैबीच, संसद अन्तर्गत सार्वजनिक लेखा समितिका सदस्य धनराज गुरुङको आयोगका प्रमुख कार्कीलाई महाअभियोग लगाएर अख्तियारबाट हटाउन सकिने धारणा सार्बजनिक भएको छ । पटकपटक भ्रष्टाचारीलाई कारवाही गर्न माग राख्दा पनि कार्कीले ठूलो मुद्दा पन्छाउने गरेपछि गुरुङको त्यस्तो धारणा आएको हो भन्दै मंगलबार प्रकाशित हुने जनप्रहार साप्ताहिले समाचार प्रकाशित गरेको छ । 

Share on Twitter Share on Facebook