नेपालीको सहयोगी बन्न आब्हान

काठमाडौं । सरकारले राहत समयमा पुर्‍याउन नसकेपनि निजि क्षेत्रको पहलबाट ठाउँठाउँमा राहत सामाग्रीको संकलन र वितरण कार्य तिब्र पारिएको छ । तामासलय र सचेत नेपालीको सयुक्त पहलमा नक्सालस्थित भूकम्प राहत संकलन केन्द्र स्थापना गरिएको छ । तामासलयमा रहेको राहत संकलन केन्द्रमा पुगेर जो कोहीले राहत सामाग्री उपलब्ध गराउन सक्ने अभियानले जनाएको छ । सो अभियानमा श्रीलकंन प्राजेक्ट एलटीएलले दश लाख बराबरको चामल उपलब्ध गराएको अभियानका संयोजक पूजा चन्दले बताएकी छिन् । उनले यो अभियानमा देशविदेशमा बस्ने सबैलाई सकेको ठाउँबाट सहयोग गर्न समेत आब्हान गरेकी छिन् । अभियानले राजधानीबाट नजिकै रहेका जिल्लाहरु क्रमश: दोलखा, काभ्रे र सिन्धुपाल्चोकमा राहत उपलब्ध गराउने बताइएको छ ।

ति जिल्लाहरु राजधानीबाट नजिक रहेतापनि महाभूकम्पमा सबै भन्दा बढी प्रभावित मानिएका जिल्ला हुन् । अभियानले पहिलो प्राथमिकतामा खाद्यान्न, औषधी उपचारको लागि राहत संकलन गरिरहेको छ भने संकलित राहत सामाग्री छिट्टैनै दोलखा, काभ्रे र सिन्धुपाल्चोकमा पुर्‍याउने बताइएको छ । त्यसैगरी, ब्यबसायी अनिल केडियाले ६ हजारप्रति मास्क उपलब्ध गराएका छन् भने सो मास्क उपत्यकाको विभिन्न ठाउँहरु वितरण कार्य भइसकेको छ । राहत संकलन केन्द्र स्थापना गरेर राहत संकलन र बितरण कार्य तिर्ब पारिएको सचेत नेपालीका सीए रोशन दाहालले बताए । महाभूकम्पमा परेका सम्पूर्ण नेपालीलाई सकेको सहयोग गर्न समेत उनले सम्पूर्ण देशविदेशमा रहेका नेपालीलाई आब्हान गरेका छन् ।
उता सरकारले समयमा राहत सामाग्री प्रभावित जिल्लाहरुमा पुर्‍याउन नसकेपछि भोकभोकै रहेका पीडितहरुले बाटो कुरेर लुटपाट गरेका घटनासमेत सार्बजनिक भएका छन् । त्यसो त, सरकारको रबैयाबाट आक्रोशित जनताले यतिखेर कहिले मन्त्री त कहिले नेतालाई समेत लखेट्न सुरु गरेका छन् । तामासलय र सचेत नेपालीको उक्त ‘मानबीय अभियान’ लाई सहयोग गर्न चाहेको खण्डमा मोबाइल नम्बर ९८५१०००४६८ मा रोशन दाहाल र ९८५१०६७५६५ मा प्रेम गुरुङलाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।

Share on Twitter Share on Facebook