सुटुक्क मुलुक टुक्राउने भयानक षड्यन्त्र

काठमाडौं । मधेसी दलका नेताहरु तराईको मध्य भाग ‘मधेस’ लाई सुटुक्क नेपालबाट टुक्राएर राज गर्ने षड्यन्त्रमा लागेको रहस्य खुलेको छ । मधेसलाई टुक्राउने अभियानमा लागेका पागल तथा कथित डाक्टर सीके राउतको लाईनमा मधेसी नेताहरु उभिन थालेपछि यो कुरा पुष्टि हुन थालेको हो । पदको अख्तियारी दुरुपयोग गरेर अकुत सम्पत्ति थोपरेको आरोपमा सजाँय काटेर जेल बाहिर आएका जयप्रकाश गुप्ताको समूहले राउतलाई सघाइरहेको स्रोतले बतायो । स्रोत भन्छ–‘राउतले आफ्नो सुरक्षाका लागि कुण्डले–मुण्डले आपराधिक पृष्टभूमिका अपराधी दायाँ बायाँ बोकेर हिड्ने गरेका छन् । ती आपराधिक जत्था तराईकै अर्को आपराधिक समूह जयकृष्ण गोईत र गुप्तासँग आवद्ध रहेका छन् ।’

अर्ध भूमिगत जीबन विताईरहेका गुप्ताकै पार्टीका अर्का नेता तथा तात्कालिन रक्षामन्त्री शरदसिंह भण्डारीले तराईका २२ जिल्ला नेपालबाट सम्वन्ध विच्छेद गराउने बताउँदा पदबाट नै राजीनामा दिनु परेको थियो । यतिखेर, नेपाली काँग्रेसका सभासद् तथा भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट अमरेशकुमार सिंह, सरिता गिरी, राजेन्द्र महतो लगायतका नेताहरु समेत मधेस टुक्राउने षड्यन्त्रमा जुटेका राउतको गठबन्धनमा लाग्ने भित्रभित्रै तयारी गरिरहेका छन् । त्यसो त, सीके राउत पक्राउ गर्दा सबै भन्दा पहिले त्यसको विरोध गर्दै रिहाईको माग गर्ने एमाओवादी नेता डा.बाबुराम भट्टराईलगायत एक दर्जन मानव अधिकारकर्मीहरु थिए । उक्त तथ्यबाट पनि पूर्व प्रधानमन्त्री भट्टराई भारतीय डिजाईनमा तयार पारिएका लेण्डुप दार्जे हुन भन्दा फरक पदैन् । देशद्रोही राउतको लाईनमा दर्जनौं एमाओवादी, काँग्रेस र एमालेका नेताहरु समेत उभिन भित्रभित्रै छलफलमा जुटेको स्रोतले बतायो । त्यसैगरी, तराईमा सशस्त्र विद्रोहको नाममा तराईकै जनतामाथि आतंक मच्चाउदै आएको गोईतको समूह समेत सीके राउतको समर्थन उभिएको पछिल्ला घटनाक्रमले देखाएको छ । प्रहरीमा बलात्कार, हत्या, अपहरण, फिरौतीलगायतका दर्जनौ मुद्दा गोइतको समूहमाथि रहेको छ । 

उता, तराईका एक दर्जन नेताहरु भारतीय दुतावासको शरणमा पुगेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत जाने निम्तो मिलेको छ । प्रचण्डको अषाढ २९ गते भारत जाने मिति तय भइसकेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट नपाएका प्रचण्डले २९ गते हुन लागेको भारत भ्रमणमा भने मोदीलाई भेट्न पाउने छन् । तराईका दर्जन नेता भारतीय दुतावासको शरणमा पुग्नु तथा प्रचण्डलाई दिल्लीको भ्रमण निम्तो आउनुलाई संयोग मात्र मान्न नसकिने राजनीतिक विश्लेषकले बताएका छन् । यसैबीच, सद्भावनाका महतोले केहीदिन पहिले संविधानको अन्तिम मस्यौदामा मधेसको माग नसमेटिए दानापानी रोक्ने गरी राजधानीलाई नाकाबन्दी गर्ने चेतावनी दिएर मधेस टुक्राउने षड्यन्त्र भइरहेको आशंकालाई थप मलजल पर्‍याएका हुन् । उनले राजधानीमा भएको एक कार्यक्रममा भने–‘संविधानसभा र काठमाडौं छाड्ने निर्णय मैले अन्य दलहरुलाई पनि प्रस्ताव राखिसकेको छु । अब हुने मधेस आन्दोलन नेपालको ईतिहासमा कहिल्यै नभएको हुनेछ । अन्तिम मस्यौदासम्म कुछौां । त्यसमा मधेसको भावना सम्बोधन नभए संविधानसभा त्यागेर नाकाबन्दी गर्छौ ।’ मधेसी नेताहरुको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जाल र तराईमा समेत विरोध हुन थालिसकेको छ । सरकारले भने मधेसी नेताहरुलाई अभिब्यक्ति स्वतन्त्रता र मानब अधिकारको नाममा मुलुक टुक्राउन खोज्दा पनि कुनै कदम चालेको छैन ।

Share on Twitter Share on Facebook