यि हुन् :नेताको भेषमा अण्डरकभर एजेन्ट !

काठमाडौं । संविधान निमार्णको सबालमा भइरहेको संघर्ष र मागहरुलाई लिएर जनतासामु आफ्ना कुरा राख्न जानु पर्ने तराईका नेताहरु ‘प्रोटोकल’ नै बिर्सेर लैनचौरस्थित भारतीय दुतावासको शरणमा पुगेका छन् । लैनचौरको शरणमा पुगेर तराईका जनताको शिर निहुराउन यसपटक पनि मधेसी नेताहरु सफल भए । नयाँ संविधान निमार्णको नेतृत्व लिएको नेपाली काँग्रेस पार्टीकै नेता दुतावासको शरण पुगेको विषयले भने काँग्रेसभित्रै हलचल भएको छ ।

पार्टी नीति विपरित मधेसवादी दलहरुसँग कुममा कुम मिलाएर संविधानको लेखन कार्य भाँड्ने उदेश्यले भारतीय दूताबास जाने अमरेशुकमार सिंहलाई कारबाही गर्न काँग्रेसी सभासद्हरुले माग गरेका छन् । शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकमा सभासद् केशव बुढाथोकीले पार्टी सभासद् सिंहलाई भारतीय दूताबासमा कसले पठाएर गए ? कि सिंहलाई पार्टीले पठाएको हो ? यदि होइन भने किन उनलाई कारवाही नगर्ने भन्दै कडा आपत्ति जनाए । सभासद् बुढाथोकीको कुरामा बद्री पाण्डे, भिष्मराज आङदाम्बेलगायतका सभासद्ले साथ दिएका थिए । नेपाली काँग्रेसभित्र निकै नै विवादास्पद पात्रका रुपमा सिंह चिनिदै आएका छन् । विगतमा पनि दुतावासको खल्तीबाट उनी सभासद् बनेका थिए भने पछिल्लो संविधानसभाको निर्वाचनमा बुथ कब्जा गरेर उनी सभासद् बने । उनको अबैध कामलाई तत्कालिन क्षेत्रका डीआईजी विज्ञानराज शर्माले साथ दिएकै कारण उनकै भनसुनमा भारतीय गुप्तचरी संस्था ‘रअ’को ब्याकिङमा शर्माको बढुुवा भएको चर्चा चल्यो । काँग्रेसभित्र मात्र नभई समग्र नेपालीले सिंहलाई भारतीय गुप्तचरी संस्था ‘रअ’को अण्डरकभर एजेन्टका रुपमा चिन्ने गरेकाले उनी भारतीय दुतावास पस्नुलाई सामान्य मानिन थालिएको छ ।

Share on Twitter Share on Facebook