क्षेत्र नम्बर–३ मा लालु र चालुको चर्चा

काठमाडौं । नेपाली काँग्रेस पार्टीले गाउँदेखि केन्द्रियस्तरसम्ममा चुनाव गर्ने तिथि सार्वजनिक गरिसकेको छ । चुनावी मिति तय गरिएसँगै गाउँदेखि केन्द्रियस्तरसम्म चुनावी सरगर्मी छाएको छ । नेताहरु आ–आफ्नो मान्छे सेटिङ गर्न ब्यस्त हुन थालिसकेका छन् । यो क्रम काठमाडौं क्षेत्र नम्बर–३ मा पनि तिब्र देखिएको छ । क्षेत्रको सभापति हुने महत्वकांक्षा ईकाई सभापतिदेखि महासमिति सदस्यसम्मलाई जागेको छ । यसरी क्षेत्र नम्बर–३ को सभापति बन्ने होडमा आफूलाई सघाउनु पर्छ भन्नेमा जोरपाटीका ईकाई सभापति लालबहादुर लामा र क्षेत्रका पूर्व सभापति चक्र ठकुरी प्यानलका सन्तोष न्यौपाने देखिएका छन् ।

साँझ पर्न थालेपछि चालिसे आफूलाई सभापति बनाउनु पर्‍यो भन्दै गुटवन्दी गर्न दारु पार्टी गर्न थालेका हुन् । त्यस्तै स्थानिय जनतामाझ काममा भिजेका ‘लालुु’ ले पनि सभापति हुने महत्वकांक्षा देखाएका छन् । यो दौडमा सबैले ‘मामा’ का रुपमा सम्बोधन गरिने महासमिति सदस्य समेत भइसकेका गजेन्द्रकुमार लामा पनि देखिएका छन् । उनले पनि क्षेत्रको सभापति सर्वसम्मत दिए, आफूले चलाउने बताएको चर्चा छ । संस्थापन पक्षको त्यति धेरै होल्ड नभएको क्षेत्रका रुपमा काठमाडौं क्षेत्र नम्बर–३ चिनिन्छ । संस्थापन पक्षबाट टिकट पाउनकै लागि पूर्व सरकारी कर्मचारी दिवाकर न्यौपाने पनि मरिमेटेर लागेका छन् ।
अर्कोतिर, एकोहोरो आफ्नै गतिमा हिड्न रुचाउने भेडो स्वभावका ‘लालु’ र पैसाकै बलमा गुटवन्दी गरेर सभापति बन्न तल्लिन सन्तोष चालिसे अर्थात ‘चालु’ बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । ठकुरीको गाडी दुर्घटनामा मृत्यु भएपछि स्वत कार्यावहाक सभापति बनेका कृष्णजी खड्का भने मौन छन् । अहिलेसम्म उनले आफ्नो ईच्छा जाहेर गरेका छैनन् । खड्काले पनि सभापति बन्ने ईच्छा जगाएको खण्डमा त्रिपक्षीय भिडण्ड हुने छ । खड्कालाई पूर्व सभापति ठकुरीको मृत्युले ठूलो घाटा पुगेको बताईन्छ । खड्का उपसभापति भइसकेको नाताले पनि ठकुरी भइदिएका भए स्वत निर्वाचनमा सभापति बन्ने मौका आउन सक्र्थो ।
शेरबहादुर देउवाको पक्षमा लागेर राजनीतिक कुनै पद नपाएपछि ठकुरी काँग्रेस महामन्त्री प्रकाशमान सिंह निकट हुन चाहिरहेका थिए भने त्यसको लविङ हालका कार्यावहाक सभापति खड्काले गरिरहेका थिए । खड्काले सभापति बन्ने महत्वकांक्षा देखाई हाले भनेता पनि उम्मेदवारहरु बढी भएको खण्डमा उनको पनि संभावना कम छ । त्यसो त, ठकुरी हुँदा पनि क्षेत्र नम्बर–३ मा काँग्रेस लथालिङग थियो । ठकुरीलाई आफू बाहेक कसैलाई अगाडि बढ्न नदिएको, एउटा पनि बैठक राख्न नसकेको, कार्य विभाजन नगरेको, एकलौटी गरेको जस्ता आरोप लाग्ने गर्थे । यद्यपी उनको मृत्युले क्षेत्र नम्बर–३ काँग्रेसलाई ठूलो क्षति भएको काँग्रेसजनले महसुुस गरेका छन् ।

Share on Twitter Share on Facebook