कुख्यात आपराधिक गिरोह फुट्दा जापानी संसदमा हलचल

काठमाडौं । जापानको सबैभन्दा ठूलो आपराधिक समूह याकुजामा फुट आएसँगै जापान सरकारले प्रहरीलाई उच्च सर्तकतामा बस्न निर्देशन दिएको छ । जापान सरकारले प्रहरीलाई सचेत गराउँदै भनेको छ–‘आपराधिक समूह याकुजामा आएको फुटले ठूलो आपसी द्धन्द्ध निम्तिन सक्ने सम्भावना छ । प्रहरी सर्तकमा बस्नुपर्छ ।’शुक्रबार जापानी संसदीय मुख्य सचिव योसिहाईड सुगाले प्रहरीलाई सचेत गराउँदै भने–‘यामागुचीको संगठन (याकुजा) जुन जापानको सबैभन्दा बलियो आपराधिक समूह हो, जुन बिभाजित भईरहेको अवस्थामा छ । आशा छ, प्रहरीले यस अवसरलाई आपराधिक संगठन कसरी फेल हुन्छ भन्ने पक्षलाई समेत अध्ययन गर्ने मौका पाउने छ ।’

यामागुचीको संगठन (याकुजा) मा आएको फुट बारे जापानी प्रहरीले सूचना संकलन गरिरहेको छ भने प्रहरीलाई उच्च सर्तकतामा राखिएको छ । फुटपछि बनेको दुई समूहबीच हुने टकराव र लडाईंको अवस्था आउन सक्ने अनुमान लगाउँदै प्रहरी सर्तक भएको हो । जापानको माफिया र बिकसित पछिल्लो अबस्थामाथि छलफल गर्न गत बुधबार ईमरजेन्सी बैठक बसेको जापानी पत्रिका निक्कीले जनाएको छ । याकुजा समूह जापानको सबैभन्दा ठूलो संगठित आपराधिक समूह हो । यो समूह विश्वका दश शक्तिशाली आपराधिक समूह मध्येमा गनिन्छ । यो समूहका संसारभरी करिब एक लाख सदस्य रहेको जापानी प्रहरीको अनुमान रहेको छ । याकुजा सिन्डिकेटको छैटौं यामागुचीलाई संसारकै ठूलो आपराधिक संगठन मध्ये एक मानिन्छ । यो सिन्डिकेटले बलपूर्वक असुली, यौन उद्योग, बन्दुक, जग्गा कारोबार, सेयर बजार, चालबाजी तथा ईन्टरनेट पोर्नोग्राफीजस्ता थुप्रै अबैध व्यवसाय गर्दै आएको छ । जसबाट बर्षेनी अर्वौ डलरको आय हुन्छ । यो संगठनलाई जापानको ओइटा क्युशुमा सन् १९४६ को जनवरी २५ मा जन्मिएका केनिची सिनोडाले नेतृत्व गरिरहेका छन् । केनिचीलाई जापान सरकार र प्रहरीले सबैभन्दा खतरनाक व्यक्तिका रुपमा राखेको छ । सन् २०१२ मा भुईचालो गएपछि जापानमा उनको आपराधिक गतिविधि एक्कासी बढेको थियो । अमेरिकी सरकारले केनिचीको सम्पत्ति समेत जफत गरेको थियो । उक्त आपराधिक समूहको ब्याकिङ लगानीमा केही नेपालीले समेत जापानमा अर्वौको रेष्टुरेन्ट ब्यवसाय गरिरहेका छन् ।
जाकुजाको ब्याकिङमा बनेका नेपाली अर्वपति:
यसरी जाकुजा समूहको ब्याकिङ लगानीमा तीन दर्जन भन्दा बढी जापानमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन्–गैरआवसिय नागरिक भवन भट्टले । याकुजाले भट्टमार्फत बीबी एयरलाइन्समा लगानी हालेको थियो । निकै प्रचारप्रसार गरिएको बीबी एयर सञ्चालनमा आएको एक महिनामै विवादमा आएको थियो भने हालसम्म पनि राम्रोसँग सञ्चालनमा आएको छैन । गैरआवासीय नेपाली संघ जापानका अन्तर्राष्ट्रिय समन्वय परिषद्का तत्कालिन कोषाध्यक्ष भट्ट नै बीबी एयरका अध्यक्ष हुन् भने उनैको लगानीमा राजधानीबाट प्रकाशित हुने कारोबार दैनिक सञ्चालन भइरहेको छ । मकवानपुरमा रहेको स्टार वियर उद्योगको सेयर ट्रान्सफर गर्दा भट्टले एक करोड रूपैयाँको चेक साझेदारलाई दिएका थिए । उक्त चेक नसाटिएपछि उनका ब्यवसायीक पार्टनरले हनुमानढोकामा उजुरी हालेका थिए । प्रहरीले उनलाई खोजी गरिरहेकै बेला उनले बीबी एयर सञ्चालन गर्ने पत्रकार सम्मेलनमार्फत घोषणा गरे । तिनै भट्टले अहिले ‘एक दिन एक दान’ नामक अभियान सञ्चालन गरिरहेका छन् । आपराधिक पाटो बारे विभिन्न सञ्चारमाध्यामले खोतल्न थालेपछि हतास भएका भट्टले जाकुजाको कनेक्सन नदेखाउन नेपालमा सामाजिक काममा हात हालेका हुन् । उनले जापानमा टिबीआई ग्रुपमार्फत लगानी गर्ने गरेका छन् । त्यसैगरी जापानमा मानव तस्करीको काम गर्दै आएका काभ्रेका कपिलदेव थापालाई समेत जाकुजा समूहको लगानी रहेको स्रोत बताउँछ । थापाले नयाँ बानेश्वरमा सञ्चालन भइरहेको टोपा ईन्टरनेशनल एजुकेशन सेन्टरमार्फत मेनपावरको धन्दा सञ्चालन गरिरहेका छन् । कहाँ छन्–महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल ? जनप्रहार साप्ताहिकबाट

Share on Twitter Share on Facebook