यि आङकाजी कि भाङकाजी ?

काठमाडौं । कुनै बेला सञ्चारकर्मीलाई नै आक्रमण गर्न उत्रिए । कहिले ‘क्षेत्री–बाहुन काटिन्छ, आलो रगत चाटिन्छ’ भन्दै कुर्लिए । कहिले गृहमन्त्रीलाई मार्नुपर्छ त कहिले यो मुलुकबाट क्षेत्री–बाहुनलाई लखेटेपछि मात्र जनजातीको हित हुने जस्ता उग्र नारा र क्रियालापमा सहभागी बने । पटकपटकको उनको उग्र नारा र विचारलाई सामान्य नागरिकले स्वतन्त्र विचार राख्न पाउने कानूनलाई पालना गर्दै वेवास्ता गर्‍यो । पटकपटक दिएका उनका उग्र अभिब्यक्तिका कारण उनी धेरैपटक विवादमा मुछिए । तैपनि उनको व्यबहार सुघ्रिएन् । अन्तत: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तिनै आङकाजी शेर्पालाई पक्राउ गरेपछि उनी ‘नुन खाएको कुखुरो’ झै प्रहरी हिरासतमा रहेका छन् ।

पछिल्लो समयमा भने टीकापुरमा भड्कीएको हिंसालाई मलजल पुग्ने गरी सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेपछि शेर्पा पक्राउ परेका हुन् । यसपटक भने शेर्पा नराम्रोसँग फसेका छन् । उनलाई आइतबार पुन: ५ दिनको लागि दोस्रो पटक म्याद थप भएको छ । शेर्पा समुदायभित्रै भ्रष्ट छवि बनाएका आङकाजीले विभिन्न सामाजिक संस्थामा रहँदा समेत समेत आर्थिक घोटला गरेका थिए । जनजातिको नाममा राजनीति गर्दा विदेशबाट आएको करोडौं डलर भ्रष्टाचार गरेको उनीमाथि आरोप छ । पछिल्लो समयमा समाजिक सद्भाव भड्कीने खालका सामाग्री फेसबुकमा पोष्ट गर्ने, जे मनमा आयो त्यही गर्ने, लेख्ने र गालीगलौजमै उत्रिएपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।

उनलाई लाथ्यो, यो मुलुकको सबै भन्दा म ठूलो जनजाति नेता नै हुँ र मलाई कसैले पनि छुन सक्दैन् । प्रहरीले पक्राउ गर्‍यो भने पनि तत्काल रिहाई गर्छ भन्ने भ्रम पनि । सायद सोही भ्रममा बाँचेकाले आङकाजी यतिखेर प्रहरीको खोरमा बस्न बाध्य भएका हुन् । त्यसो त, शेर्पाले गाई काटेर खान पाउनुपर्छ भन्दै सद्भाव भड्कीने पोष्ट पनि विगतमा फेसबुकमार्फत नगरेका होइन् । जे मन लाग्यो, त्यही बोल्ने उनको उग्र स्वभावकै कारण आङकाजी प्रहरी खोरमा थुनिएका हुन् । शेर्पालाई प्रहरीले नै ‘साइको रोगी’ भन्न थालेका छन् । संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव शेर्पालाई गत बुधबार सादा पोशाकका प्रहरीले बौद्धबाट पक्राउ गरेका थिए । शेर्पाले गृहमन्त्री बामदेव गौतमलाई फाँसी दिने र सभासद्हरुलाई संविधानसभाभित्रै जलाउने धम्कीसहितका पोष्ट फेसबुकमार्फत गरेका थिए । सामाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री राखेको भन्दै पक्राउ परेका शेर्पाको रिहाई माग गर्दै केही जनजातिले प्रदर्शन समेत गरेका थिए ।जनप्रहारबाट

Share on Twitter Share on Facebook