डीएसपी सिलवालद्धारा पीडितमाथि नै ज्यान मुद्दा दायर, पीडित पक्राउ

काठमाडौं । प्रहरीको आचरण र अनुशासन विपरित काम गरेको भन्दै निलम्बनमा परेका नायब प्रहरी उपरिक्षक (डीएसपी) राजकुमार सिलवालले ब्यापारीलाई फसाउने षड्यन्त्र रच्न थालेका छन् । डीएसपी सिलवाल विरुद्ध पीडितले महानगरीय प्रहरी बृत्त कमल पोखरीमा मदिरा सेवन गरी कर्मचारीमाथि कुटपिट गरेको भन्दै जाहेरी दर्ता गरेपछि उनीमाथि छानविन गरिएको थियो । छानविनपछि दोषी देखिएका डीएसपी सिलवाललाई तत्काल निलम्बन गरिएको थियो । निलम्बनमा परेका डीएसपी सिलवालले गत मंगलबार राती दलबलसहित काठमाडौं प्लाजास्थित रहेको टाइम्स क्लबमा पुगेर मदिरा सेवन पश्यात खाएको विलसमेत नतिरी हिड्न खोज्दा विवाद उत्पन्न भएको थियो ।

कर्मचारीले विल तिर्न आग्रह गरेपछि डीएसपी सिलवाल र उनको समूहले क्लबका कर्मचारीमाथि जाइलागेका थिए । कुटपिट हुँदा दुवैतर्फका ब्यक्ति सामान्य घाइते भएका थिए । कम्पनीको तर्फबाट कमलपोखरी बृत्तमा परेको जाहेरी फिर्ता लिन डीएसपी सिलवालले ब्यापक दबाब दिएतापनि पनि पीडित पक्ष नमानेपछि उनको समूहले आइतबार ज्यान मुद्दा दर्ता गरेको हो । डीएसपी सिलवालसँगै क्लबको कर्मचारीमाथि आक्रमण गर्ने मध्येका दिनेश श्रेष्ठले मुद्दा दर्ता गराएका हुन् । श्रेष्ठ सिलवालको जाँड पाटर्नर हुन् भने उनले नै सबैभन्दा पहिले कर्मचारीमाथि प्रहरीको सेटले टाउकोमा प्रहार गरेका थिए । बृत्तमा आइतबार दर्ता भएको ज्यान मुद्दाको दर्ता नम्बर २७ रहेको छ । क्लबका सञ्चालक दिपेन्द्रराज श्रेष्ठ र कर्मचारीहरु क्रमश: मिलन तामाङ, पुष्प गुरुङ, अमित तामाङ र मनोज घलेलाई श्रेष्ठले विपक्षी बनाएर मुद्दा दायर गरेसँगै सोमबार उनीहरु पक्राउ गरेका हुन् । पक्राउ परेका सवैलाई ४ दिनको म्याद थप गरिएको छ । गत मंगलबार राती मदिरा सेवन गरी डीएसपी सिलवालको समूहले आक्रमण गरेको तथा खाएको बिल नतिरेको भन्दै कम्पनीको तर्फबाट कमलपोखरी बृत्तमा जाहेरी परेपछि बढेको विवाद पीडितलाई नै फसाउने षड्यन्त्रमा परिणत भएको हो । दरबारमार्ग बृत्तमा हुँदा समेत विवादमा तानिएपछि उनलाई कारवाही स्वरुप त्यहाँबाट तत्काल हताइएको थियो । पीडितमाथि नै ज्यान मुद्दा दायर गरिएपछि क्लबका सञ्चालक तथा कर्मचारी त्रसित थिए भने भने उनीहरुले क्लब संचालन गर्न आँट समेत नगरिरहेका बेला पक्राउ गरिएको हो । न्याय पाउने आशामा प्रहरीको शरणमा पुगेका पीडितहरुको नै अहिले प्रहरीले ज्यान मुद्दा दायर गरेको छ । पीडितलाई धम्क्याएर जाहेरी फिर्ता गर्न दबाब दिएतापनि पीडित तयार नभएका कारण उनीहरुलाई फसाउन डीएसपी सिलवालको समूहले उल्टै ज्यान मुद्दा दायर गरेको हो । ब्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो उल्टै खाएको विल नतिर्ने तथा आक्रमण गर्ने र न्यायका लागि प्रहरीको शरणमा ज्यादा समेत उल्टै पीडितमाथि ज्यान मुद्दा दर्ता भएको घटना ब्यवसायीबीच फैलिएसँगै अन्य ब्यवसायी त्रसित बनेका छन् ।

डीएसपी सिलवाललाई प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले घटना भएको भोलीपल्ट अर्थात बुधबार निलम्बन गरेका थिए । सिलवाललाई मंगलबार मध्यरातमा हिरासतमा लिईएको थियो । महानगरिय प्रहरी कार्यलय रानीपोखरीमा कार्यरत सिलवाललाई मंगलबार राती एक बजे मदिरा सेवन गरि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिईएको थियो । डीएसपी सिलवालमाथि छानविन गर्न डीआईजी मधु पुडासैनीको नेतृत्वमा छानबिन समिति नै बनाइएको छ । सिलवालले पेस्तोल देखाएर तर्साउन खोजेपछि रेस्टुरेन्टका बाउन्सरले समातेर कमलपोखरी वृत्तको जिम्मा लगाएका थिए । दुवै पक्षको हानाहानबाट घाइते भएका डीएसपी सिलवाललाई कमलपोखरीको प्रहरी टोलीले बुधबार बिहान पौने दुई बजे उद्धार गरेर हिमाल हस्पिटलमा पुर्‍याएको थियो । उनको जिब्रोमा आठ टाका लगाइएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी आचरणविपरीत काम गरेको ठहर गरेपछि उनलाई निलम्बन गरिएको थियो । आईजीपी अर्यालको अत्यन्त निकट मानिने डीएसपी सिलवाल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका घुमुवा हुन् । विवादास्पद छवि भएका डीएसपी सिलवाल रेस्टुरेन्ट तथा क्लबहरुमा दिनहुँ जाने र पैसा नतिर्ने तथा रवाफ देखाएर हिड्ने गरेको स्रोतको दावी छ । २०६५ सालमा ठमेलको फायर क्लबमा बिल तिर्न अटेर गरेका कारण त्यसबेला पनि उनी बाउन्सरबाट कुटिएका थिए । पटक–पटक विवादमा आइरहने डीएसपी सिलवाललाई प्रहरी नेतृत्वले नै संरक्षण दिइरहेका कारण उनी कारबाहीबाट बच्दै आएका छन् ।

Share on Twitter Share on Facebook