महामन्त्रीमा गगन सबैभन्दा बलियो उम्मेदवार

गगनको उम्मेदवारीले परिवारभित्रै रुवाबासी
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं सांसाद गगनकुमार थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेसँगै अन्य आकांक्षीहरुको भने निदहराम भएको छ । विभिन्न माध्यामबाट गरिएको मत सर्वेक्षणले समेत प्यानललाई नभई सक्षम र योग्य ब्यक्तिलाई मत दिने आधार देखिएपछि युवाहरुबीच उम्मेदवारी दिने होड नै सुरुवात भएको छ । विशेषगरी १३ औं महाधिवेशनमा नेपाली काँग्रेसको नेतृत्वप्रति निराश कार्यकर्ताले युवा पुस्तालाई नेतृत्वमा पुर्‍याउन गुट–उपगुटलाई पन्छाउँदै युवाको साथ दिने देखिएपछि अनुभवी नेताहरुलाई भने छटपटी भएको हो ।

विगत दुई महिनादेखि महामन्त्रीमा उम्मेदवारी दिने तयारीका साथ थापा चुनाबी मैदानमा होमिएका छन् । चर्चित युवा नेता थापाको लोकप्रियतासँगै ‘हाम्रो पुस्ताको नेता हामीलाई देउ’ भन्ने खालका नारा सामाजिक सञ्जालभर लाग्न थालेको छ । गणतन्त्रका संवाहक, प्रजातन्त्रिक युवा आन्दोलनका नेतृत्वकर्ता, प्रखर वक्ता, दृढबिश्वाशी, कुशल नेतृत्व, अन्तर्राष्ट्रिय छबी बनाएका युवा नेता थापा विरासतको राजनीति होइन, नेपाली जनताको राजनीति, बलको राजनीति होइन, बिचारको राजनीति र युवा नेतृत्वले देश एवं नेपाली काँग्रेस चलाउनु पर्ने मान्यता बोकेर नेपाली काँग्रेसको १३ औं महाधिवेशन महामन्त्री पदका लागि उम्मेदवारी दिँदैछन् । नेपाली काँग्रेसका अधिकांश महाधिवेशन प्रतिनिधिहरु विभिन्न सामाजिक सञ्जालमा आबद्ध रहेको फाईदा उठाउँदै थापाको समूहले ब्यापक चुनाबी प्रचारप्रसार गरिरहेको छ । थापाको समूह समाजिक सञ्जालबाट प्रचार गर्ने मात्र नभई लिखित र भ्वाइस म्यासेज पठाउने, भोट माग्ने, विभिन्न सञ्चारमाध्याममा सकारात्मक लविङ गर्नेदेखि राजनीतिक भेटघाट र सम्बन्धित बर्ग समूहसँग समेत निरन्तर बहश र छलफलमा रहेको छ । थापाले महामन्त्रीका लागि गरेको जस्तो तयारी अहिलेसम्म कुनै पनि अनुभवी नेताले गरेका छैनन् । उनको सक्रियता र परिश्रम देख्दा उनको लगभग सफलता निश्चित देखिन्छ । 

युवा नेता थापा २००७ सालमै पनि एसियाका प्रभावशाली व्यक्तित्वका रुपमा छानिएका थिए । उनीहरुलाई एसिया महादेशभरिका अन्य प्रखर अगुवा र ब्यक्तित्वहरुकै दाँजोमा एसिया न्यूज नेटवर्कले प्रशावशाली ब्यक्तित्वमा राखेको थियो । त्यसो त, राजद्रोहको मुद्दामा पटक–टपक हिसासतमा बसेका नेता थापाले तत्कालिन समयमा ‘लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो ‘राजद्रोह’ मबाट जीवनपर्यन्त भइरहनेछ ।’ भन्ने भनाई सामाजिक सञ्जालभर अहिले ब्यापक चर्चा भइरहेको छ । उता नेपाली काँग्रेसका प्रभावशाली बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट संस्थापन पक्षमा रहेका अर्जुननरसिंह केसीलाई महामन्त्री बनाउने निर्णयसँगै दुवैले उम्मेदवारी फिर्ता नलिएको खण्डमा ‘ज्वाँई–ससुरा’ को चुनाबी भिडन्त हुनेछ । नेता थापा वा केसीले महामन्त्रीमा उम्मेदवारी फिर्ता नलिए केसी परिवारमा रुवाबासी हुने निश्चित छ । त्यसो त, केसीले महामन्त्री पदका लागि थापाको ‘हाईट’ नपुगेको भन्दै यसअघि नै प्रतिक्रिया दिएका थिए । युवा नेता थापाले पनि उम्मेदवारी फिर्ता लिने वा त्यो भन्दा तल अर्को पदमा झर्ने संभावना समेत न्युन छ । त्यसो त, केसीलाई महामन्त्री बनाउने देउवा पक्षको निर्णयसँगै पूर्णबहादुर खड्का सन्तुष्ट छैनन् । नेपाली काँग्रेसका युवा नेताहरुले कार्यावहाक सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह वा सुजता कोइरालाको नेतृत्व कुनै पनि हालतमा स्विकार्न नसक्ने भन्दै तेस्रो शक्तिका रुपमा नेपाली काँग्रेसका उदयीमान प्रभावशाली नेता तथा महामन्त्री कृष्णप्रसाद सिटौंलालाई सभापतिका उम्मेदवार बन्न अगाडि सारेका छन् । नेपाली काँग्रेसमा महामन्त्री बन्ने अन्य आकांक्षीहरु समेत गगन थापाको उम्मेदवारीबाट हच्किएका छन् । नेपाली काँग्रेसमा युवाको नेतृत्व गर्दै चर्चित नेता थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणासँगै उनको बलियो प्रतिपस्र्धी अहिलेसम्म भेटिएको छैन् । संस्थापन र देउवा दुवै पक्षका नेताहरुले थापालाई चाहेर पनि माइनस गर्न नसक्ने अबस्था आएपछि उनलाई मनाउन दुवैतर्फका नेताहरु हात धोएर लागेका छन् । यद्यपी थापा पछाडि फर्कने अबस्थामा छैनन भने उनी कृष्णप्रसाद सिटौंलाको समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने लगभग तय भइसकेको छ । महामन्त्री सिटौंला र थापा दुवै पारिवारिक विरासतको राजनीतिबाट माथि नआएकाले चुनाबी तालमेल बनेको विश्लेषण गरिएको छ । सिटौंला र थापाको चुनाबी तालमेल विथोल्न कावा सभापति पौडेलको समूह भने कुप्रचारमा लागेको छ । स्रोतका अनुसार बरिष्ठ नेता शेरबहादुर देउवालाई जिताउनका लागि सिटौंला र थापाले षड्यन्त्र गर्न थालेको, दुबै जना देउवाको समूहमा छिर्न खोजेकोलगायतका कुप्रचार गर्न थालिएको छ । यद्यपी सिटौंलाले आफूले संस्थापनको नेतृत्व छाड्न नसक्ने र आफैंले नेतृत्व लिने समेत बताइसकेका छन् ।
यसैबीच, संविधान निर्माणमा नेता सिटौलाको महत्वपूर्ण योगदान रहेको भन्दै उनलाई पार्टी सभापति बनाउन लविङ सुरु भएको छ । शनिबार जमल नाचघरमा आयोजित एक भेलामा उनीहरुले बिपी कोइरालाका उत्तराधिकारी गिरिजाप्रसाद कोइरालाको समयमा शान्ति प्रक्रियाको सहयोगी र सुशील कोइरालाको समयमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई आगामी महाधिवेशनमा पार्टी सभापति बनाउनुपर्ने आवाज बुलन्द गरेका हुन् । भेलामा सहभागी नेताले रामचन्द्र पौडेललाई पार्टीको अभिभावकीय भूमिकामा राखेर सबैलाई मान्य हुने साझा निर्णयमा पुग्न आग्रह समेत गरेका थिए । भेलामा काँग्रेस काभ्रेका पूर्वसभापति शिव हुमागाईं, काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान, संखुवासभाका सभापति तारामान गुरुङ, रुकुमका पूर्वसभापति मानबहादुर नेपाली, झापाका पूर्वसभापति सुधीर शिवाकोटी, ललितपुरका पूर्वसभापति चन्द्र महर्जनलगायत सय भन्दा बढी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको सहभागिता थियो । यसअघि गत शुक्रबार राजधानीमा भएको युवा नेताहरुको भेलाले समेत उपसभापति रामचन्द्र पौडेललाई आगामी महाधिवेसनमा सभापतिको प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका थिए ।जनप्रहारबाट

Share on Twitter Share on Facebook