चलायमान बन्दै ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको भावी आईजीपीका रुपमा चित्रण गरिएका डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आएसँगै ब्यूरो फेरि चलायमान भएको छ । ब्यूरो प्रमुख बनेर आउने वित्तिकै नक्कली प्रमाणपत्रधारी एमबीबीएस चिकित्सकलाई पक्राउ गर्ने अभियान ‘अपरेशन क्वाक’ चलाएका डीआईजी सिलवालले हरेक मुद्दामा सफलता पाउन थालेका छन् । केहिदिन पहिले पनि उक्त अपरेशन अन्तर्गत नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययनपश्यात चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा दिन आएका राजीवकुमार झा र पृथ्वीनारायण यावदलाई पक्राउ गर्न ब्यूरो सफल भएको थियो ।यसअघि पनि उक्त अपरेशनमार्फत ब्यूरोले एक दर्जन बढि ब्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

झा चिकित्सक दर्ता प्रमाणपत्र परिक्षामा १२ पटकसम्म फेल भएका थिए भने उनी रौतहट जिल्ला मतसरी –५ का हुन् । यादव भने बारा जिल्ला बहुअरी –४ निवासी हुन् । सोहि परिक्षामा उनी पनि १३ पटकसम्म फेल भएका थिए । ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक परिषद्को संयुक्त अपरेशन ‘क्वाक’ लाई निरन्तरता दिने बताइएको छ । क्वाक अपरेशनको निरन्तरताले शैक्षिक क्षेत्रमा देखिएको विकृति मात्र नभई चिकित्सा पेशाको बदमासी समेत उदाङिगएको छ । ब्यूरोद्धारा सञ्चालित यस्ता अपरेशनले अगामी दिनमा गलत काम गर्ने ब्यक्ति हतोत्साहित हुने ब्यूरो प्रमुख डीआईजी सिलवालको दावी छ । दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंग प्रत्यंगहरुको गैरकानुनी ओसार–पसारलाई निरुत्साहित गर्न बनेको ऐन र साइटिस महासन्धी, १५७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुहरुको सूचीमा सूचीकृत जनावरहरुको अंग ओसारपसार तथा खरिद विक्री गर्ने विरुद्ध पनि यूरो उत्रिएको छ । भालुको पित्त अवैध रुपमा ओसारपसार तथा खरिद विक्री गर्न लागेको अवस्थामा गत चैत ४ गते वन्यजन्तुका कारोबारीलाई पक्राउ गरी जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको थियो । उक्त ऐन विपरित वन्यजन्तुका अंग ओसारपसार तथा खरिद विक्री गर्ने मनोजकुमार तामाङ, रेशमबहादुर तामाङ र सक्कलबहादुर तामाङलाई सोही ऐन अन्तर्गत कारवाही प्रक्रिया ब्यूरोले अगाडि बढाएको छ । उनीहरु सबैको घर काभ्रे जिल्ला हो । उनीहरुमाथि राष्ट्रिय निकुञ्ञ तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध लगाइएको छ । 

त्यसैगरी, गोर्खा जिलला ५ घर भई हाल बालुवाटार डेरा गरी बस्ने प्रकाश रेग्मीलाई ठगी मुद्दामा पक्राउ गरेको छ । सीआईबीका कर्मचारी पनि खुसि पार्नु पर्छ भन्दै उनले दर्जनौं ब्यापारी र ब्यवसायीलाई ठगेका थिए । रेग्मीले उनी नेपाल राष्ट्र बैंकको ‘क’ वर्गको वैंक तथा वित्तिय संस्था सुपरिवेक्षण शाखा प्रमुख हुँ भन्दै विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई रकम बाग्रेनिङ गरेपछि ब्यूरोले उनलाई पक्राउ गरेको थियो । उनी नारायणी डेभलपमेन्ट बैंकका सञ्चालक समेत रहेको बुझिएको छ । ब्यूरोमा कार्यरत प्रहरी हुँ भन्दै ठग्नेलाई समेत ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोले यसरी विभिन्न ब्यक्ति तथा ब्यवसायीलाई ठग्ने विजयप्रताप शाह, राजेन्द्रराज गुरुङ, सोनम लामा, रविन भन्ने रबी तामाङ, थिर्थराज रेग्मी, इन्द्रबहादुर खत्री, डम्बर जिम्बा, श्याम लामा, सुनिल श्रेष्ठलगायतलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो । साथै ब्यूरोले सर्वसाधारणलाई आफ्नो टोल छिमेकमा कुनै पनि त्यस्ता शंकास्पद गतिविधि देखेको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । कृषि विकास बैंक स्वयम्भु शाखामा भएको बैकिङ कसुरका थप प्रतिवादी पनि पक्राउ परेका छन् । पक्राउ पर्ने सागर थापा धु्रबतारा सहकारी बानेश्वरका सञ्चालक हुन् ।
ब्यूरोकै सक्रियतामा जिऊ मास्ने मुद्दाका फरार प्रतिवादी देवकी गिरीलाई पक्राउ गरिएको छ । पुनरावेदन अदालतले उक्त मुद्दामा गिरीलाई ४ बर्ष कैद सजाय गरेको थियो । गिरीको घर धादिङ जिल्ला खानीखोला हो भने उनी सामाखुशीमा बस्दै आएकी थिइन् । त्यसैगरी, अपहरण मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न ब्यूरो सफल भएको छ । सिन्धुपाल्चोक जिल्ला निवासी कर्णबहादुर लामाले शिवबहादुर खड्कालाई जग्गा बेचेको कमिशन र उनका साथी आशिष लामाबाट थाङ्का खरिद गरेबापत पैसा नदिएको निहुँमा अपहरण गरी एक लाख पचास हजार रुपैयाँ लिएका थिए । त्यस्तै, २१ बर्षअघि भएको कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामहरी परियारलाई पनि ब्यूरोको टोलीले पक्राउ गरेको छ । मुलुकमा ईन्टरनेटका सर्वसुलभ र पहुँज सहज भएसँगै साईबर अपराध बढिरहेका बेला ब्यूरोको टोली त्यस्ता अपराधी खोज्न पनि सक्रिए भएको छ । सामाजिक सञ्जाल फुसबुकको दुरुपयोग गर्दै एक जना युवतीलाई नशालु पदार्थ खुवाई अश्लिल फोटो खिचि यौन सम्वन्ध राख्न दबाव दिने तथा नराखे फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका निरजकुमार चौधरी उर्फ ‘निरजबाबा’ लाई पनि पक्राउ गरेको छ । फेसबुकमार्फत पीडितको फोटो साथीभाईलाई पठाई निरन्तर मानसिक तनाब दिएपछि पीडित परिवारले ब्यूरोमा उजुरी गरेको थियो । ब्यूरोले चौधरीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको छ । चैत महिनाको दुई हप्तामा मात्र एक दर्जन भन्दा बढि मुद्दामा ब्यूरोले सफलता हासिल गरेको छ । जनप्रहारबाट

Share on Twitter Share on Facebook