हुक्का–तमाखुमा प्रहरीले आँखा लगाएपछि.....

काठमाडौं । महानगरीय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापालाई सूचना पुग्यो कि पर्यटकीय क्षेत्र ठमेलस्थित रहेका अधिकांश बार, रेष्टुरेन्ट र क्लबमा हुक्का–तमाखु विक्री गर्ने नाममा लागूऔषध बेचिन्छ, हुक्कामै पनि लागूऔषध राखेर खुवाइन्छ । त्यसलगत्तै एसएसपी थापाले आफ्नो मातहतलाई नियन्त्रण गर्न कडा निर्देशन दिए । सोही निर्देशन पालना गर्ने क्रममा लौनचौर प्रहरी वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौंरले ठमेलका विभिन्न रेष्टुरेन्टबाट हुक्का विक्री गर्नेलाई हुक्कासहित पक्राउ गरेका छन् । प्रहरीले सामान्य हुक्का समेत विक्री गर्न नपाउने सूचना जारी गरेको थियो । केहिदिन पहिले हुक्का विक्री गर्दै गरेका ठमेलस्थित रहेको बुद्ध बार, नगरकोट दोहरी साँझ र पहिलेको फुलमुन अर्थात अहिलेको (हार्डरक) रेष्टुरेन्टबाट हुक्का विक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पहिला फुलमुन चलाउने आभास चिपाङले पनि हुक्कामा लागूऔषध राखेर खुवाउने गरेका थिए । चिपाङ अहिले अमेरिका पलायन भएका छन् भने सोही रेष्टुरेन्ट ठमेलका गुण्डा राम गिरीको समूहले किनेर सञ्चालन गर्दै आएको छ । लागूऔषध राखेर हुक्का दिने र लट्ठ बनाएर लुट्ने काममा ठमेलका केहि ब्यवसायी पहिलेदेखि नै सक्रिय रहेको प्रहरीको बुझाई छ । फ्याट क्याट नामक रेष्टुरेन्टबाट पनि गाँजा सेवन गरिरहेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ । रेष्टुरेन्टमा नै गाँजा खेती गर्ने गरेको सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा मारेको थियो । रेष्टुरेन्टका म्यानेजर छयाङ गुरुङ पक्राउ परेका छन्् भने सञ्चालक मुखिया घले फरार रहेको लौनचौर प्रहरीले जनाएको छ । ठमेलका अधिकांश रेष्टेरेन्टमा गाँजा, लागूऔषधका कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले विशेष निगरानी थालेको हो । ठमेल क्षेत्रमा रहेका रेष्टुरेन्टहरुको हुक्का कारोबार रोकिएसँगै २५ प्रतिशत आम्दानी घटेको बताइएको छ । स्रोतका अनुसार केहि नराम्रा ब्यवसायीले लागूऔषध हालेर हुक्का ग्राहकलाई दिने र लट्ठ परेपछि ग्राहक हौसिएर विभिन्न परिकारको माग गरी ब्यापारमा बृद्धि हुने गरेको थियो ।
उता डीएसपी राठौंर लौनचौर बृत्तमा आएको तीन हप्ता पनि वित्न नपाउँदै उनको क्षेत्रमा ठूलो परिवर्तन आइसकेको छ । अवैध र कालो धन्दा गर्नेहरुको भागाभाग भएको छ । तीन हप्तामा करिब २ सय भन्दा बढिलाई विभिन्न मुद्दामा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राठौंरले बताए । लौनचौर प्रहरीका अनुसार जुवाको दुई वटा अखडाबाट १७ जना जुवाडेलाई पक्राउ गरिएको छ भने लागूऔषधमा ५, कालोबजार गर्ने १, सार्वजनिक अपराधमा ३०, अपहरण तथा धम्की दिने १, सम्झाई बुझाई छाडिएको १ सय दश भन्दा बढि, लुटपाटलगायत विभिन्न अपराधमा दर्जनौं पक्राउ गरि कारबाही गरिएको छ । लौनचौर प्रहरीले नै एक जना अमेरिकन युवतीलाई आत्महत्या गर्दैगर्दा बचाएको छ । क्रिष्टियन निकोल नाम गरेकी ती युवतीलाई आइतबार विहान ६.४५ बजे ठमेलस्थित होटल ताराको पाँच तलाबाट हामफाल्नै लाग्दा प्रहरीले बचाएको हो । जनप्रहारबाट

Share on Twitter Share on Facebook