गुण्डागर्दी गर्ने बमको कहाँबाट आयो धन ?

काठमाडौं । राजधानीको मुटु मानिने पर्यटकीय क्षेत्र ठमेल हत्याउने षड्यन्त्रमा दर्जनौं गुण्डा जन्मिए । ठमेललाई एकताका दिपक मनाङ्गेले एक क्षत्र राज गरे । सो राज तोड्न चक्रपथमा अर्का गुण्डा मिलन चक्रेको उदय भयो । सोही क्रममा दर्जनौं ग्याङवार पनि भए, कतिका हात काटिए, कतिका घर्दन । तर नेपाल प्रहरीको सक्रियतासँगै अहिले मनाङगे–चक्रे युगविलिन हुने क्रममा छ । सोही क्षेत्रको ब्यापार, ब्यवसाय हत्याउन नयाँ–नयाँ गुण्डाको उदय हुने क्रम जारी छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा बाउन्सरको रुपमा काम गर्ने तथा एमाले निकट मानिएका वकिल बमको अहिले गुण्डागिरी चर्किएको छ । कहिले फायर क्लबमा त कहिले आफ्नै क्लबमा मान्छे कुटेर विवादमा पर्दै आएका वकिल बमले एक्कासी करोडौं रुपैयाँ नयाँ एक क्लबमा लगानी गरेपछि ठमेलमा हलचल मच्चिएको हो ।

बाउन्सरको काम गर्ने वकिल बमसँग रातारात कसरी करोडौं रकम आयो ? यस्तै प्रश्न उठिरहेकै बेला बमको लगानी रहेको इविजा डिस्कोको केहि समय पहिले उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बलबहादुर महतले गरे । सरकारको सम्मानित पदमा रहेका राज्यमन्त्री महत एउटा क्लबको उद्घाटन गर्न पुगेपछि उनको हैसियतमाथि नै प्रश्नचिन्ह खडा भयो भने उनको कनेक्सन गुण्डासम्म रहेको पुष्टि भएको छ । एक बिवादास्पद व्यक्तिको लगानी रहेको इविजा डिस्को उद्घाटन गर्न किन राज्यमन्त्री महत पुगे ? शंका उब्जेको छ । एमालेकै सरकारले डन दिनेश अधिकारी उर्फ चरीको ईन्काउण्टर गरेपछि डनगिरी सान्त भएको थियो । अहिले फेरि राजनीतिक आँडमा वकिल बमहरु भने डनगिरी गर्न थालका छन् । विगत सात महिनादेखि सञ्चालनमा आएको इविजा क्लबमा प्रहरीको समेत लगानी भएको आशंका गरिएको छ । उक्त डिस्को फायर क्लब सञ्चालन गरिरहेका दवाङ तामाङ, राजु दुनै, राम थापा र बमलगायतको समूहले सञ्चालनमा ल्याएको हो । क्लबमा दुई करोड भन्दा बढि लगानी रहेको बताइएको छ । ठमेलकै अर्का गुण्डा राम गिरीको समूहले पनि आधा दर्जन बार, रेष्टुरेन्ट तथा डिस्को सञ्चालन गरिरहेको छ । गिरीले समेत नेपाल प्रहरीका केहि भ्रष्ट हाकिमहरुको पैसा लगानी गरिरहेका छन् । लौनचौर बृत्तमा डीएसपी सोमेन्द्रसिंह राठौंर आएलगत्तै गिरी भने यूरोपको भ्रमणमा निस्किएका छन् । गिरी र अन्य गुण्डाहरुको समूहलाई प्रहरीले कडा निगरानी सुरु गरेको छ । उता ठमेलमा गुण्डागर्दी गरेकै कारण विगतमा पनि बमलाई तत्कालिन एसएसपी रमेश खरेलले पक्राउ गरी मुद्दा चलाएका थिए । डन दिपक मनाङ्गे निकट मानिने बलले युवा संघको आबरणमा गुण्डागर्दी गर्दै आएका छन् ।

Share on Twitter Share on Facebook