किन मच्चिए डीएसपी लोकेन्द्र ?

काठमाडौं । पटक–पटक विवादास्पद काम गर्दै आएका महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डीएसपी लोकेन्द्र श्रेष्ठ फेरि विवादमा मुछिन थालका छन् । डीएसपी श्रेष्ठले आफ्नो क्षेत्रमा रहेका रेष्टुरेन्ट, बार, डिस्को, क्लबलगायतलाई अनावश्यक दु:ख दिने नियतले निहुँ खोज्दै त्यहाँ कार्यरत कर्मचारीलाई पक्राउ गर्दै दु:ख दिइरहेको गुनासो थपिएको छ । सञ्चालक नभेटेपछि कर्मचारीलाई पक्राउ गर्ने, थुन्ने, बोलाउदा किन नआएको भन्दै ईगो साध्ने गरेको स्रोतको दावी छ । सर्वसाधारण जनताको जिऊ धनको सुरक्षा र शान्ति कायम गर्न खटिएका प्रहरी यतिखेर कताबाट कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको यो पहिलो घटना भने होइन् ।

लामो समय विदेशको बसाईं र अध्ययनपछि नेपालमा फर्केर व्यवसाय गर्न थालेका एक रेष्टुरेन्ट व्यवसायी भन्छन्–‘नेपाल प्रहरीको मानसिकतामा अझै परिवर्तन आएको रहेनछ । अहिले पनि रेष्टुरेन्ट, बार, डिस्को, क्लबलगायतका व्यवसाय काभ्रेली गुण्डाले मात्र गर्छन् भन्ने भ्रम प्रहरीमा छ । र, हामीहरुलाई पनि त्यसरी नै डिल गर्ने गरिन्छ ।’ त्यसो त रेष्टुरेन्ट, बार, डिस्को, क्लबमा झै–झगडा भयो कि सबैभन्दा पहिले व्यवसायीलाई नै प्रहरीले निशाना बनाउने गरेको छ । अधिकांश व्यवसायी आफूले सञ्चालन गरेको व्यवसायमा बाहिरको मान्छे आएर झै–झगडा गर्दा सुरक्षा दिनुको साटो उल्टै व्यवसायीलाई नै पक्राउ गरी लैजाने गरेको बताउँछन् । सामान्य विवाद र झै–झगडाको मुद्दामा पनि व्यवसायीलाई हत्कडी लगाएर मान्छे मार्ने अपराधीको जस्तो ब्यवहार प्रहरीबाट हुने गरेको छ । सयौंलाई रोजगारी दिएका, राज्यलाई कर पनि तिर्ने व्यवसायीको व्यवसाय सुसक्षित गर्नुको साटो राज्यबाट नै रातित्रकालिन ब्यवसायीमाथि असुरक्षित व्यवहार हुने गरेको छ । कुनै अप्रिय घटना आफ्नोसामु घट्यो भने प्रहरी आउँदा सुरक्षित होइन, झन असुरक्षित महसुस हुने गरेको तितो अनुभव व्यवसायीसँग छ । किनकी बास्तविक अपराधीलाई भन्दा प्रहरीले पैसावाल व्यवसायी वा सञ्चालकलाई ट्रयापमा पार्ने सोचमा प्रहरी हुने व्यवसायीको बुझाई र भोगाई छ । त्यसको एक मात्र कारण राम्रो आम्दानी हुन सक्ने संभावना ।

यस्तै घटना केहिदिन पहिले नक्सालस्थित तामसलय रेष्टुरेन्टमा पनि घटेको छ । तामासलयमा काम गर्ने प्रमुख सेफले विना कुनै सूचना राजीनामा दिए । उनको लिन बाँकी एक महिनाको तलबका लागि प्रहरीमा उजुरी गरे । त्यसपछि डीएसपी लोकेन्द्रले सञ्चालक खोज्ने नाममा रेष्टुरेन्टमा प्रहरी पठाउने, कर्मचारी पक्राउ गर्ने, दैनिक दु:ख दिने काम जारि राखे । त्यसैक्रममा रेष्टुरेन्टमा कार्यरत राजु पाण्डेलाई पक्राउ गरी लगे । पछि चारैतिरबाट दबाब परेपछि मात्र उनले कर्मचारीलाई छाडे । हो, उजुरीको सुनवाई हुनुपर्छ तर सहि तरिकाबाट । प्रहरीले छलफल गराउने वा तलब लिनु पर्ने ब्यक्तिलाई श्रममा पनि पठाउन सक्छ । तर डीएसपी लोकेन्द्रले त्यस्तो गरेनन्, बरु उल्टै सञ्चालक खोज्ने नाममा दैनिक प्रहरी रेष्टेरेन्टमा पठाएर दु:ख दिने काम गरिरहे । डीएसपी लोकेन्द्रको ज्यादतीबारे महानगरीय प्रहरी परिसर काठमाडौं, आईजीपी सचिवालयमा र आयुक्तको कार्यालयमा समेत गुनासो परेको छ । उनको काम गर्ने कार्यशैलीका कारण उनले दैनिक हाकिमका सेटबाट गाली खाने गरेका छन् । सिपाहीबाट प्रहरी सेवामा प्रवेश गरेका डीएसपी लोकेन्द्रले सिन्धलुलीमा कार्यरत हुँदा सिपाहीलाई कानको जाली फुट्ने गरी पिटेपछि कारवाहीमा परेका थिए । त्यसपछि पनि उनी पटकपटक कारवाहीमा परिसकेका छन् । तैपनि उनको बानी ब्योहोरा भने सुध्रिएको छैन् । लोकेन्द्रले आफ्नो क्षेत्रमा रहेका क्लब, रेष्टुरेन्ट, बारलाई पेलेर आम्दानीको स्रोत बनाउन खोजेको व्यवसायीको बुझाई छ ।

Share on Twitter Share on Facebook