माज्दा कारको कालो सिसाभित्र बसेर ‘दलाली’

काठमाडौं । बेतिथि र भ्रष्टाचारको दलदलमा फसेको नेपालमा हिजोआज सवैभन्दा राम्रो पेशा ‘दलाली’ सावित भएको छ । दलाल र दलालीका अनेक रुप हुन्छन्, दलाली गर्नेले कतिखेर कस्को नाम बेचेर कति कमाउँछन् ? त्यो कसैलाई थाहा हुन्न् । तिनै दलालले चाकडी गर्दै सामाजिक सञ्जालका भित्तामा ठूला ठूला मान्छेसँग आफ्नो परिचय भएको फोटो खिचाएर सार्वजनिक गर्छन् । सोहि फोटो देखाएर कुनैपनि काम आफूले गर्न सक्ने भन्दै सोझा सिधाबाट लाखौं असुल्न सफल हुन्छन् । त्यसमा पनि प्राय गरेर यस्ता खुरापातीको काम नेपाल प्रहरीमा बढि नै हुने गरेको छ ।
यसरी नै नेपाल प्रहरीको नाम बेच्दै हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने दुई जना दलाललाई लौनचौर प्रहरी बृत्तले केहि दिन पहिले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीको नाम भजाउँदै लागूऔषध मुद्दामा हिरासतमा रहेका ब्यक्तिलाई छुटाईदिन्छु भन्दै ठगी गर्ने ३५ वर्षीय सुरज श्रेष्ठ र ३२ वर्षीय सुनिल गोपाली हाल थुनामा रहेका छन् । श्रेष्ठ गोर्खा घर भई काठमाडौं सुकेधारा बस्दै आएका थिए भने गोपाली सुन्धाराका हुन् । उनीहरुलाई गत चैत २७ गते काठमाडौं महानगरपालिका–१६ भ्याली कोल्डस्टोर नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठ र गोपालीले लागूऔषध मुद्दामा हिरासतमा रहेका अभियुक्तलाई छुटाउने नाममा उनीहरुका आफन्तसँग दुई लाख रुपैयाँ दिएमा छुटाईदिने भन्दै ५० हजार रुपैयाँ ठगी सकेका थिए । एक लाख ५० हजार माग गर्दै आएका श्रेष्ठ र गोपालीले २० हजार रुपैयाँ तत्काल लिएर नयाँबजारको पुलमा आउनु भन्दै थुनुमा रहेका अभियुक्तका आफन्तलाई खबर गरेको प्रहरीले जानकारी पाएसँगै आफन्तको पिछा गर्दै प्रहरी गएको थियो । सोहि क्रममा उनीहरु पक्राउ गरेका हुन् । पक्राउ परेका गोपाली र श्रेष्ठको साथबाट प्रहरीले बा ३ च ३२२४ नम्बरको माग्दा कार पनि बरामद गरेको लौनचौर प्रहरी बृत्तका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौंरले बताए । डीएसपी राठौंर भन्छन्–‘टलक्क टल्कीने गाडिको कालो सिसाभित्र बसेर यसरी प्रहरीको नाम बेच्दै दलाली गर्ने अनगिन्ति छन् । सूचना दिए कसैलाई छाडिन्न ।’ केहि महिना पहिले सांसद बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने नटवरलाल देवेन्द्र बतौंलाई पनि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मुद्दा चलाएको थियो । नटवरलाल बतौंलालाई अदालतले ४० लाख धरौंटी माग गरेपछि उनी पुपक्र्षका लागि थुनिएका थिए । विरेन्द्रलाल श्रेष्ठले पनि प्रहरीमा दलाली गर्ने र भ्रष्ट हाकिमहरुको रकम क्यासिनोमा लगानी गर्ने कार्य गर्थे । पछिल्लो समयमा यो धन्दा ठमेलका गुण्डा राम गिरीले आत्मसाथ गरेका छन् । 

गिरीको समूहले सञ्चालन गरेको फेसेस र दरबारमार्गस्थित सञ्चालित भिक्ट्री रेष्टुरेन्टमा समेत बहालवाल एक डिआईजीको लगानी रहेको स्रोतले बतायो । सो लगानी गिरीका पार्टनर रमेश कार्कीमार्फत भित्रिएको स्रोतको दावी छ । कुनै बेला काठमाडौं प्रहरी परिसरको प्रमुख हुंदा हाल बहालवाल ति डीआईजी आफै गाडिमा लाखौंका बिटो बोकेर कार्कीलाई दिन पुग्थे । कारण थियो: प्रतिदिन लाखको दश हजारमा दलाल कार्कीमार्फत लगानी गरी मासिक लाखौं आम्दानी गर्नु । जनप्रहारबाट

Share on Twitter Share on Facebook