ओएमजीमा खुकुरी हान्ने मनाङ्गेलाई प्रहरीको संरक्षण

काठमाडौं । ठमेलमा सञ्चालित ओएमजी क्लबमा एक महिना पहिले खुकुरी प्रहार गर्ने सुशील गुरुङलगायत अन्य पाँच जनालाई प्रहरीले नै संरक्षण दिइरहेको सूचना प्राप्त भएको छ । सुशील गुरुङ मनाङ मस्र्याङदी फुटबल क्लबका अध्यक्ष जिमी गुरुङका छोरा हुन् । पीडितले लौनचौर प्रहरी बृत्तमा उजुरी दिएतापनि अहिलेसम्म उनी पक्राउ नपर्नु पछाडि बृत्तका केहि भ्रष्ट प्रहरीको मिलेमतो रहेको स्रातेले बतायो । स्रोतका अनुसार बृत्तका सईद्धय राजेन्द्र कटवाल र गंगा पाण्डे डीएसपी सिताराम रेग्मीको पालामा सम्पूर्ण अवैध कामबाट रकम असुल्ने गर्थे । जुवाघर, वेश्यालय, गुण्डा, मसाजलगायत अनगिन्ति ठाउँबाट रकम असुल्न उनीहरु खटिन्थे ।

तर अहिले आएका डीएसपी सोमेन्द्रसिंह राठोरले अवैध धन्दा चलाउनेविरुद्ध कडा रुपमा उत्रिएपछि सईद्धयलाई उठाउधन्दा सम्हाल्न गाह्रो परेको छ । तिनै सईद्धयले दुई हप्ता पहिले ठमेलमा निर्धक्क घुमिरहेका सुशील गुरुङलाई फेसेज क्लबबाट भगाएका थिए, जबकी प्रहरीको अर्को टोली पक्राउ गर्न त्यहाँ पुगेको थियो । मनाङ मस्र्याङदी फुटबल क्लबका अध्यक्ष जिमी गुरुङ र उनका छोरा सुशीलबाट आर्थिक लाभ लिएको समेत उनीहरुमाथि आरोप लागेको छ । डीएसपी राठोरलाई गुमराहमा राखि उनीहरुले आफ्नो उठौती धन्दा चलाइरहेका छन् । सईद्धय कटवाल र पाण्डलाई तत्कालिन डीएसपी रेग्मीले कमाउ धन्दाका लागि प्रयोग गर्दै आएका थिए ।

यसैबीच, आइतबार लौनचौर प्रहरीले आर्युवेदिक मसाज सेन्टरका नाममा सञ्चालित मसाज सेन्टरमा यौन व्यवसाय सञ्चालन गर्नेमाथि छापा मारेको थियो । छापापछि नेच्युरल हर्वल मसाज, सगरमाथा स्पा एण्ड मसाज, एभरेष्ट स्पा वडी केयर सेन्टर, सगरमाथा स्पा वेल केयर सेन्टर, आर्युवेदिक स्पा, एभरेष्ट स्पा मसाज, नेच्युरल स्पा एण्ड मसाज र यूनिक वडी केयर मसाज बन्द भएको लौनचौन बृत्तका प्रमुख डीएसपी राठोरले बताए । ठमेलमा रहेका प्रायजसो आर्युवेदिक ससाज सेन्टरमा अवैध यौनधन्दा हुँदै आएको छ । सोमबारै लोनचौर प्रहरीले हुण्डी कारोबारी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लव नेपाल र दलबहादुर पुन रहेका छन् । उनीहरुले देवु ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका थिए भने उनीहरुको साथबाट १२ लाख र ५० लाखको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Share on Twitter Share on Facebook