'बौद्धस्तुप' भित्र हुने अवैध कार्य विरुद्ध स्थायिन युवाको विरोध

काठमाडौं । विश्व सम्पदा ‘खतरा’ सूचिमा परेको ‘बौद्ध स्तुप’ परिसरभित्रै बौद्धनाथ क्षेत्र विकास समितिले जथाभावी परिसर र स्तुपमाथि नै पुजा गर्न अनुमति दिएपछि स्थानिय सचेत युवा विरोधमा उत्रिएका छन् । उनीहरुले ‘बौद्ध स्तुप’ विश्व सम्पदा सूचिमा मात्र नभई बौद्ध धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल भएको भन्दै तुपको परिसरभित्र जथाभावी गर्न दिन नहुने बताएका छन् ।

अहिले स्तुप परिसरभित्र र स्तुपकै माथि पाल टाँगेर पुजा गर्न दिने, माइक राख्न दिएर ठूलो आवाजमा हल्ला गर्ने, बाटो छेकेर पुजा गर्ने, पुजाको नाममा बाटो बाटोमा चन्दा संकलन गर्न दिने, जथाभावी फोहर गर्ने, स्तुपभित्र सवारी साधान प्रवेश गर्न दिनेलगायतका अवैध काम हुँदै आएको छ । स्तुप परिसरभित्र हुने यस्ता अर्मयादित कार्यको स्थानिय युवा खुलेर विरोधमा उत्रिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले व्यापक विरोध भइरहेको छ । विश्व सम्पदा सुचीको मापदण्ड विपरित ‘बौद्ध स्तुप’ परिसरभित्र कुनै पनि त्यस्ता हर्कत गर्न नहुने उनीहरुको माग छ । सामाजिक सञ्जाल फुसबुकमार्फत बौद्ध एफसी लेख्छ, ‘पुजा भनेको भगवानको पाउ अर्थात चरणमा परेर गर्ने हो । भगवानमाथि खुट्टा टेकेर नि पुजा हुन्छ र ? बौद्ध स्तुप विश्व सम्पदा मात्र नभई धार्मिक धाम पनि हो ।’ केहि समय पहिले विकास समितिले घर खरिद गरेको थियो । उक्त घर खरिदमा समेत करोडौं घोटला भएको स्थानियले आरोप छ । विरोध, आक्रोश र प्रमाण हेर्न यता क्लिक गरौं: facebook.com/boudhafc

Share on Twitter Share on Facebook