विवादमा परेकी लायन जोशीको लायन्स एटुमा उम्मेद्वारी

अब लायन्सको भविश्य कता ?  काठमाडौं । ‘द रेयूकाई नेपाल’ की पूर्व अध्यक्ष शोभा जोशीले लायन्स क्लब ईन्टरनेशनल नेपाल एटुको पाँचौ राष्ट्रिय जिल्ला महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी छिन् । विवादमा परेकी लायन जोशीले द्धितिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् । लायन्स एटुको महाधिवेशन यहि बैशाख ९ गते शनिबार हुँदैछ । लायन जोशीलाई पूर्व गर्भनर पंकज प्रधानलगायतको समर्थन रहेको चर्चा छ । जोशीमाथि रेयूकाई नेपालमा रहँदा आर्थिक हिनामिना गरेको आरोप छ ।

उनीमाथि भ्रष्टाचारको मुद्दा पनि परेको थियो । जोशी विवादमा तानिएपछि उनको कार्यकाल नसकिँदै रेयूकाईको मुख्यालयले पदबाट हटाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनले रेयूकाईमा रहँदा रकम हिनामिना गरेको खबर विभिन्न अनलाइन र पत्रपत्रिकामा त्यतिबेला सार्वजनिक भएको थियो । त्यसो त, आर्थिक अनियमिततामा मुछिएका दर्जनौंलाई रेयूकाईको मुख्यालयले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्दै आएको छ । जसमा ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु क्रमश: शोभा जोशी र श्याम बस्याललगायत चर्चित नाम हुन् । ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु शोभा जोशी र श्याम बस्याललाई मात्र नभई अन्य दर्जनौंलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बर्तमान कार्यबहाक अध्यक्ष प्रविनकुमार गुरुङले बताए । यूरेशिया रेयूकाईको प्रधान कार्यालयले जोशी साधारण सदस्य समेत नभएको पुष्टि गरेको छ । एक दशक अघि रेयूकाई भन्ने संस्थामा बदनाम भएकी लायन जोशीले अहिले लायन्स क्लबको एटुबाट उम्मेद्वारी दिएपछि नकारात्मक टिप्पणी सुरु भएको हो ।

नाम नलेख्ने सर्तमा लायन्सका एक पूर्व गर्भनर भन्छन्,‘नैतिकरुपमा पतन भएका व्यक्तिलाई नेतृत्वमा ल्याएर लायन्सको गरिमा घटाउनु हुन्न् । लायन्सको नेतृत्व स्वच्छ छवि भएको बौद्धिक व्यक्तित्वले लिनुपर्छ ।’ उता लायन जोशीको प्रतिस्पर्धीका रुपमा ब्यवसायी तथा समाजसेवी केशरबहादुर भण्डारीको उम्मेद्वारी परेको छ । भण्डारी र जोशीबीच कडा प्रतिप्रस्र्धा हुने छ । हाल एटुको द्धितिय उपाध्यक्षमा सुदर्शनधर प्रधानाङग् रहेका छन् । प्रथम उपाध्यक्ष स्वत गर्भनर हुने प्रावधान छ । हाल प्रथम उपाध्यक्षमा डिआर खनाल रहेका छन् । महाधिवेशनपछि खनाल स्वत डिस्ट्रिक गर्भनर हुनेछन् भने प्रधानाङग् प्रथम उपाध्यक्ष । लाईन्स क्लबको बी–वान र बीटुको महाधिवेशन सम्पन्न भइसकेको छ । ए–वानको आगामी बैशाख २३ गते महाधिवेशन हुनेछ । लायनवादको सिद्धान्तलाई आत्मसाथ गर्ने हो भने लाइन जोशीले लायन्सको एटु पाँचौ राष्ट्रिय महाधिवेशनमा दिएको उम्मेद्वारी स्वभाविक नभएको अधिकांश लायन बताउँछन् । लायनवादले कुनै पनि नैतिकपतन भएका, भ्रष्टाचारको दाग लागेका वा कारबाहीमा परेका व्यक्तिहरु उम्मेद्वार बन्न नपाउने मात्र नभई सदस्य नै बन्न नहुने सिद्धान्त अनुशरण गर्छ । नैतिकरुपमा पतन तथा भ्रष्टाचारको दाग लागेका व्यक्ति लायन्सको नेतृत्वमा पुगे लायन्सको भविश्य कस्तो होला ? दर्जनौं लायनहरुको चिन्ता बढेको छ ।

यस्तो छ लायनवादका नैतिक सिद्धान्त: 

  • आफ्नो व्यवसायको मर्यादाप्रति निष्ठावान रही अथक परिश्रमद्धारा आफ्नो सेवाको उत्कृष्टता छाप पार्नु । 
  • सफलता हासिल गर्ने तर्फ लाग्नु, न्यायोचित पारिश्रमिक वा लाभ माग गर्नु तर अनुचित लाभ वा शंकास्पद कार्यद्धारा आफ्नो आत्मसम्मान गुमाई कुनै लाभ वा सफलता स्वीकार नगुर्न । 
  • आफ्नो व्यवसाय बढाउन अर्काको हानि गर्न हुँदैन भनी सम्झनु तथा आफ्नो सदस्यप्रति बफादार र आफूप्रति निष्ठावान हुनु ।
  • अरु प्रति लिएको धारणा वा आचरण उचित भएको नभएको वा नैतिकताप्रति शंका उत्पन्न भएमा त्यस्तो शंका आफूविरुद्ध भन्ने ठानी निवारण गर्नु ।
  • मित्रतालाई साधन नमानी साध्यको रुपमा स्वीकार गर्नु, सच्चा मित्रता एक अर्काप्रति गरेको कार्यहरुमा आधारित होइन, सच्चा मित्रता केही अपेक्षा राख्दैन तर सच्चा भावले प्रदान गरेको सेवा स्वीकार गर्दछ ।
  • राष्ट्र, नगर तथा समुदायप्रति आफ्नो दायित्वहरु सदैव मनमा राख्नु र उनीहरुप्रति मन, बचन र कर्मले पूर्णरुपेण बफादार हुनु । उनीहरुको निमित्त आफ्नो समय, श्रम एवं साधानहरुलाई समर्पित गर्नु ।
  • कष्टमा परेकाप्रति सहानुभूति, विर्बललाई सहायता तथा आवश्यक परेकालाई बस्तु प्रदान गर्नु । 
  • आलोचना गर्दा सावधान सहनु तथा प्रशंसा गर्दा उदार बन्नु, विगार्ने होइन निर्माण गर्नु । 
Share on Twitter Share on Facebook