‘राजालाई नागार्जुनबाट नारायणहिटी ल्याउन सकिन्छ’

काठमाडौं, जेष्ठ ११ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधि पुर्‍याएर राजतन्त्र फर्काउने उद्घोष गरेका छन् । प्रथम रा्िरष्टय महाधिवेशन उद्घाटनमा थापाले भने,‘राजालाई नागार्जुनबाट नारायणहिटी दरबारमा विधि पुर्‍याएर जतिबेला पनि ल्याउन सक्छौं ।’ थापाले राजतन्त्र फर्काउन अब जनताले नै म्यान्डेट दिने बताए । मुलुकमा ८० प्रतिशत सनातन हिन्दू धर्मालम्बी भएको र हिन्दुधर्मलाई मास्ने काम भइरहेको थापाको दावी थियो । अब त्यो रोक्ने आफ्नो पार्टी सक्रिय हुने बताउँदै थापाले भने,‘  धर्मनिरपेक्षता कुनै  हालतमा स्वीकार्य हुन्न् ।’ राप्रपा नेपालको महाधिवेशनमा शुभकामना दिन प्राय: सबै दलका नेता सहभागी थिए ।

महाधिवेशनमा शुभकामना दिन राप्रपाबाट सहभागी अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रियता पातलो बन्दै गएको उल्लेख गर्दै संविधान निर्माण गरेर मुलुकलाई विधिको शासन र सुशासनतर्फ उन्मुख गराउनु पर्ने बताए । उनले गणतन्त्रको पक्षमा बोल्दा राप्रपा नेपालका कार्यकर्ताले हुटिङ गरी विरोध गरेका थिए । कांग्रेस नेता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राप्रपा नेपाललाई निषेध गरेर संविधान नलेखिने बताए । एमाले केन्द्री सदस्य कृष्णगोपाल श्रेष्ठले राप्रपाको एजेन्डा ठिक रहेको बताउँदै ती एजेन्डालाई बेवास्ता गर्न नसकिने बताए । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पनि राप्रपा नेपाललाई निषेधको राजनीतिक गर्न नमिल्ने बताउँदै राजनीतिक शक्तिको व्यवहार गरिने बताएका थिए । सम्मेलन १३ गतेसम्म चल्नेछ । सम्मेलनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ  भने अध्यक्ष थापा पुन: नेतृत्वमा आउने तयारीमा रहेका छन् ।

Share on Twitter Share on Facebook