जन्डिसको महामारीमा विराटनगर, बेखबर सरकार

२६ जनाको मृत्यु, सयौं अस्पतालको शैयामा
          विराटनगर । नागरिकको ज्यान भन्दा ठूलो केही हुन सक्दैन । बाँकी सवै क्रमश: प्राथमिकतामा पर्छन् । विवेकशिल जनता कहिले पनि भिडको पछाडि लाग्नु हुँदैन् । राज्यले नागरिकको जिउधन र शान्ति सुरक्षाको बारेमा सोच्दैन भने केबल त्यहाँ सरकार होइन, जिउँदो लासले मात्र शासन गरिरहेको छ र जनता त्यसका साक्षी बनिरहेका छन् मात्र भन्न सकिन्छ । विराटनगरमा दुई दर्जन भन्दा बढीको जन्डिस प्रकोपका कारण अकालमा मृत्यु भइसक्यो । कहाँ छ सरकार र यस मुलुलका विवेकशिल जनता ? तर, मुलुक यतिखेर एसएसपी रमेश खरेलको बढुवा, सरुवा गर्ने वा नगर्ने भन्ने विषयमा अड्कीएको छ ।

विगत एक महिनादेखि फैलिएको जन्डिस प्रकोपका कारण २६ जनाको ज्यान गइसकेको छ । सरकार र यस मुलुकका नागरिक भने रमिते भनेका छन् । विवेकशिल जनताको एउटा जमात भने जिउँदो ब्यक्ति एसएसपी खरेललाई बचाउन तिर लागेका छन् । ख्यै विराटनगरबासीलाई दुख्दा हामीलाई दुखेको ? ख्यै हामीले त्यहाँको जनतालाई मलम लगाउने काम गरेको ? किन हामीले बाँच्ने अधिकार खोसिदा सरकारलाई दबाद दिएको ? काल कुरेर बसिरहेका सयौं विराटनगरवासीलाई ख्यै हामीले बचाउन प्रयास गरेको ? सडकमा कुर्लिरहेका विवेकशिल जनताको भिड किन त्यहाँको जनतालाई जन्डिसको प्रकोपबाट बचाउन जादैनन् ?प्रश्नैप्रश्नै उठ्छ । यो मुलुकका राजनीतिककर्मी, सभासद् र सचेत नागरिक भनाउँदाहरु जिउँदो एसएसपी खरेल बचाउन लागिरहेका बेला एउटा विराटनगरे ठिटो भने सयौं अस्पतालको शैयामा छट्पटाइरहेका सर्वसाधारण जनताको जीवन जन्डिसको महामारीबाट कसरी बचाउन सकिन्छ भन्ने अभियानमा लागेको छ । अभियन्ता अच्यूत गिरीले राजनीतिककर्मी र सभासद् तथा सरकारको ध्यान जन्डिसको महामारी फैलिएको विराटनगरवासीमाथि कन्द्रित गर्न मिनरल वाटर उनीहरुलाई दिने सांकेतिक विरोध कार्यक्रम राखेका छन् । गिरीका अनुसार विराटनगरमा जन्डिसको प्रकोपबाट २६ जनाको मृत्यु भइसकेको छ । तर, सरकार, राजनीतिककर्मी र सभासद्हरुले दीर्घकालिन रोकथामका लागि कसैले पहल गरेका छैनन् । जन्डिसको प्रकोपबाट मृत्यु भएका परिवारलाई भेट ट परैजाओस् सान्त्वना समेत दिएका छै्नन् ।

सुरुमा मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त प्रकोप इन्जेक्सन हालेर नेपाल भित्र्याइएका भारतीय जुशका कारण फैलिएको बताएको थियो । तर, त्यसको बैज्ञानिक जाँच वा अनुसन्धान केही भएको छैन । शंकाको भरमा जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त कुरा बताइरहे पनि पछिल्लो समयमा भने प्रकोप नियन्त्रण टोली नै परिचालन गरेर काम गरिरहेको छ । खानेपानी कार्यालयका अनुसार ढल फुटेर पानीमा मिसिएका कारण जन्डिसको महामारी फैलिएको हो ।  कताबाट लिकेज भएको हो ? त्यो पत्ता लगाएर तत्काल मर्मत गर्न लागिएको छ । तर, सर्वसाधारण जनताको हितका लागि धाराको पानी नखान तत्काल कुनै सार्वजनिक सूचना जारि भएको छ्रैन् । जन्डिसको प्रकोप नियन्त्रण गर्न अभियान थालेका विराटनगर स्वतन्त्र नगरबासी गिरी भन्छन,‘जन्डिज महामारी बारे सरकारले चासो नदिएपछि मेरो  संयोकत्वमा विराटनगर समाजको परिकल्पना गरि सरकारका सम्वन्धित निकायमा दबाद दिने सिवाय केही गर्न सकिएको छ्रैन । बर्षौ पुरानो खानेपानीको पाईप यथासिघ्र नफेरेसम्म जन्डिसको महामारी रोकिन्न । तत्काल सरकारले दीर्घकालिन समाधान खोज्नु पर्छ ।’ विराटनगरले विपी, गिराजाप्रसाद, मनमोहन जस्ता नेता जन्यायो । यो सरकारले जन्डिस जन्मायो । जसका कारण महामारीले दुई दर्जन भन्दा बढीले ज्यान गुमाइसकेको गिरी बताउँछन् ।

आर्थिक बर्ष २०६७/६८ मा १००४ जना, आव २०६८/०६९ मा १७८६ जना, आव २०६९/७० मा २४४९ र चालु आर्थिक बर्ष २०७०/०७१को श्रावणदेखि चैत्र महिनासम्म मात्र १६१८ जना जन्डिस लक्षणका विरामी दर्ता भएको तथ्यांक भेटिएको छ । यसअघिका दिनमा यो रोग प्रकोपका रुपमा देखा परेको थिएन् । तर बैशाख महिनमा मात्र १४७३ जना भन्दा बढी विरामी यस प्रकोपबाट पीडित बनेका छन् । करिब डेढ महिनाको विचमा सयौं विरामी र दर्जनौंको मृत्यु भइसकेको छ । यसपालीको गर्मी सुरुसँगै विरामीको संख्या बढ्न थालेको हो ।  विरामीको संख्या बढ्न थालेको पहिलो सूचना जिल्ला जनस्वास्थ्य कार्यालयलाई बैशाख १० गते कोशी अञ्चलन अस्पतालबाट प्राप्त भएको थियो । तर, जन्डिसको प्रकोप नियन्त्रण गर्न अहिलेसम्म पनि कुनै पनि निकाय सक्रिय रुपमा नलागेपछि विराटनगरवासी चिन्तित बनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको एउटा टोली सक्रिय भए पनि त्यसले रिजल्ट ल्याउन नसकेको नगरवासीको भनाई छ । प्रकोप नियन्त्रण टोलीले बल्ल बैशाख १४ गतेदेखि रोकथामका लागि सचेतना अभियान अन्र्तगत माइकिङ गरिरहेको छ । साथसाथै विभिन्न सञ्चारमाध्याबाट उमालेर सुरक्षित पिउने पानी, खाना पकाउने पानी प्रयोग गर्न जनचेतनामुलक सूचना प्रवाह भइरहेको छ । गत बैशाख १७ गते मोरङ जिल्ला प्रमुख अधिकारी अध्यक्षतामा सरोकारवालासहित जिल्ला दैबीप्रकोप उद्दार समिति बैठक बसेको थियो । बैठकले शंकास्पद विभिन्न धाराका पानीको नमूना संकलन गरेको थियो भने पहिलो नतिजा अनुसार ६ मध्ये ४ नमूनामा कोलीफर्म ब्याक्टेरिया फेला पारेको थियो । जुन किटाणु दिशामा मात्र पाइन्छ । दजनौं नमूना संकलन र त्यसको जाँचपछि मात्र खानेपानीमा ढल मिसिएको निष्कर्ष निकालियो हो ।
यस्तो छ जन्डिस प्रकोपको तथ्थांक:
जन्डिस देखा पर्ने दर अर्थात् गत वैशाख १५ गतेदेखि ३१ गतेसम्म विरामी देखा पर्ने दर हेर्दा १५ गते ९५ जना, १६ गते ६२ जना, १७ गते ९७ जना, १८ गते ५७ जना, १९ गते ८१ जना, २० गते ४७ जना, २१ गते १३० जना, २२ गते ९३ जना, २३ जना १७६ जना, २४ गते १०० जना, २५ गते ९५ जना, २६ गते ९४ जना, २७ गते ४२ जना, २८ गते ९० जना, २९ गते ७७ जना, ३० गते ७८ जना र ३१ गते ५९ जना देखिए । यसरी हेर्दा गत वैशाख २३ गते विरामी सवैभन्दा बढि देखिएका थिए । वैशाखको अन्तमा विरामी देखा पर्ने दरमा क्रमश: कमी आएको रिर्पोटले देखाउँछ । जन्डिस विरामीहरुको तथ्यांक हेर्दा वैशाख १५देखि ३१ गतेसम्म विराटनगरका सरकारी तथा निजी अस्पतालहरुमा आएका ओपीडीमा आउने कुल १,४७३ विरामी मध्ये १,१९४ जना विराटनगरवासी छन् । ती मध्ये वडा न. ११ बाट १८० जना, वडा न. १३ बाट १५७ जना, वडा न. १० बाट १०३ जना, वडा न. २ बाट ८३ जना, वडा न. १ बाट ६४ जना, वडा न. १५ बाट ५५ जना, वडा न. ६ बाट ५२ जना, वडा न. ४ बाट ४४ जना, वडा न. १२ बाट ४१ ज्ना, वडा न.७ बाट ३८ जना, वडा न. ३ बाट ३६ जना, वडा न. १६ बाट ३४ जना, वडा न. १४ बाट २९ जना, वडा न. ९ बाट २६ जना, वडा नं ५ बाट २२ जना, वडा न. १७ बाट १४ जना, वडा न.८ बाट १२ जना, वडा न. १८ बाट ११ जना, वडा न. २० बाट ६ जना, वडा न. २२ बाट ५ जना, वडा न. १९ बाट ४ जना, वडा न. २१ बट २ जना रहेका छन् भने १७६ जनाको वडा नम्बर नखुलेको देखिन्छ । विराटनगर बाहेक मोरङ जिल्लाका १४६ जना विरामी आएका छन् । मोरङ जिल्ला बाहिरका १३३ जना विरामी उपचारका लागि आएको तथ्यांक छ । यसरी तथ्यांकको आधारमा विराटनगर वडा नं ११, १३, १०, २ र १ बाट अत्यधिक संख्यामा विरामी आएका छन् । लिङगको हिसावले ९०४ जना पुरुष र ५६९ जना महिला छन् । हालसम्म २६ जनाको मृत्युको कारण मध्ये एक कारण भाइरल हेपाटाइटिस ई भएको देखिन्छ । मृत्यु भएका १० मध्ये ५ जना विराटनगर वडा न. ११बाट भएका छन् भने विराटनगर वडा न. ८ बाट २ जना गरी विराटननगर उपमहानगरपालिकाबाट ७ जनाको मृत्यु भएको छ । यसैगरी, मोरङको रंगेलीबाट १, होक्लाबारीबाट १ गरी मोरङ जिल्लाका ९ र सप्तरी जिल्लाको १ गरि जम्मा १० जनाको मृत्यु भइसकेको छ । अन्यको भने विवरण खुल्न बाँकी नै छ ।
के गर्दै छ जिल्ला जनस्वास्थ्य:
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले हाल विराटनगरमा जन्डिस प्रकोप नियन्त्रणको लागि मुख्यत: तीन काम गरिरहेको छ । पहिलो काम विरामी भएर आउनेलाई सरकारी तथा निजी स्वास्थ्य संस्थामा मुनाफारहित सर्वसुलभ सेवा उपलब्ध गराउन सरोकारवालाई प्रतिवद्ध बनाउने र सेवाको अवस्थाको अनुगमन गर्ने । विरामीको तथ्यांक साथै मृत्यु एकीन गरि जानकारी सार्वजनिक गर्ने । दोस्रो काम, रोग रोकथामको लागि जिल्ला जनस्वास्थ्य कार्यालय स्वयम् परिचालित भएर मात्र पुग्दैन । सरोकारवाला तथा साझेदार संस्थाहरुको पनि सहयोग र भूमिका अपरिहार्य हुन्छ । त्यसको लागि अन्य संघसंस्थाहरुलाई पनि जनचेतना अभिवृद्धि गर्न प्रोत्साहित र सहजीकरण गर्ने गरेको छ । तेस्रो काम भने अध्ययन तथा अनुसंधान गरिरहेको छ । पानीको नमूना संकलन कार्यदेखि विरामीहरुको तथ्यांक र म्यापिङबाट प्राप्त निष्कर्ष तत्काल र कालान्तरमा प्रकाशित गरि सरोकारवालाहरुलाई पृष्ठपोषण गर्ने काम भइरहेको जनाएको छ ।
विरामीको कहाँ–कहाँ उपचार हुँदैछ?
विराटनगरमा फैलिएको जन्डिस रोगबाट हालसम्म २६ जनाको मृत्यु भएको बताइएको छ । यो रोगबाट प्रभावित करिव पन्ध्र सय जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रकोपबाट प्रभावितहरुको कोसी अञ्चल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगरलगायतका अस्पतालमा उपचार भइरहेको छ । जन्डिसबाट नै गत मंगलबार साँझ मात्र एक गर्भवती महिलाको मृत्यु भएको थियो । भौडाहा–३ बस्ने २७ वर्षीया शर्मिला श्रेष्ठको विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जन्डिस प्रकोप फैलिएपछि प्रकोप अनुसन्धान गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच चिकित्सकसहितको टोली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक चिकित्सक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूबाट एक प्रयोगशाला विज्ञसहितको टोली गठन भई काम भइरहेको  छ । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको टोली गत वैशाख २५ गते नै प्रकोप अनुसन्धान तथा व्यवस्थापन गर्न रोग प्रभावित क्षेत्रमा पठाएको थियो ।
ढल मिसिएर खानेपानी दूषित:
खानेपानी संस्थानद्धारा वितरित पानीमा ढल मिसिएकाले जन्डिसको प्रकोप फैलिएको प्राविधिकले बताएका छन् । ५ दशकअघि बिछ्याइएको पाइपबाट नगर क्षेत्रमा पानी वितरण भइरहेको छ । पाइप फुटेर पानीमा फोहोर मिसिने गरेको अनुगमनबाट भेटिएको हो । ढलका कारण दिसामा पाइने कोलिर्फम नामक किटाणु पानीमा भेटिएको छ । नालीमै बिछ्याइएका पानीका पाइप फुटेका कारण खानेपानी दूषित भएको प्राविधिकले जनाएका छन् । मुहान स्वच्छ रहे पनि घरका धारासम्म पुग्दा दूषित हुनुले पाइप लाइनमै समस्या रहेको संस्थानका प्रमुख सन्तोषकुमार रौनियारले बताए । ०१८ सालताका बिछ्याइएका पाइप रहेकाले धेरै ठाउँमा फुटेको हुन सक्ने अनुमान छ ।

Share on Twitter Share on Facebook