योग्य र राम्रालाई नि आँखानै देखेनन् आईजीपी अर्यालले

काठमाडौं । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल स्वयम्ले आफ्नोलाई काख र अर्कालाई पाख गर्ने गरेको प्रमाण भेटिएको छ । आईजीपी अर्यालले शान्ति मिसनबाट फर्किएका प्रहरीलाई उपत्यका बाहिर पोष्टिङ गर्ने नीति विपरित सरुवा र बढुवा गर्न थालेपछि यो कुरा पुष्टि भएको हो । आईजीपी अर्यालले युएन मिसनबाट फर्किएका डीएसपी हृदय थापालाई निकै आकर्षक मानिने प्रबन्ध शाखामा सरुवा गरेपछि आईजीपी अर्यालको निष्पक्षतामाथि प्रश्न चिन्ह उठेको हो । त्यसैगरी, डीएसपी थापासँगै मिसनबाट फर्किएका दीपक थापालाई मकवानपुर, हिमालयन श्रेष्ठलाई झापा, तथा दिनेश मैनालीलाई कपिलवस्तु सरुवा गरिएको छ । तर आईजीपी अर्याल निकट मानिएका अन्य एक दर्जनलाई प्रहरी प्रधान कार्यालय तथा राजधानीभित्र नै पोष्टिङ गरिएको छ ।

            त्यसरी पोष्टिङ हुनेमा डीएसपी रबीराज खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईन्स्पेक्टर अवदेश बिष्ट तालिम केन्द्र महाराजगञ्ज, सई राजन न्यौपाने सुरक्षा महाशाखा, सई मनोज राणा अन्र्तराष्ट्रिय बिमानस्थलमा काज सरुवा भएका छन् । त्यसैगरी, मिसनबाट डलरको फर्किएका सई बिजय बस्नेत, सुरज कार्कीलगायत आधा दर्जन भन्दा बढीको समेत  आईजीपी अर्याललाई उपहार बुझाएकै कारण राजधानीमै थमौति भएको छ । बाँकीलाई भने उपत्यका बाहिर सरुवा गरिएको छ । डाफर मिसनबाट ५८ जना फर्किएका थिए । जसमा अझै एसपीहरुको सरुवा आईजीपी अर्यालले गर्न सकेका छैनन् । प्रहरीको सरुवा बढुवामा निष्पक्षता अपनाउने आईजीपी अर्यालको उद्घोष यतिखेर अर्थहिन भएको छ । वृत्तका  केही भ्रष्ट प्रहरी इन्चार्जहरुलाई सरुवा गरेर आफु निकट मानिने बृत्त प्रमुखलाई थमौती गरेपछि त आईजीपी अर्याल संगठनभित्रै आलोचनाका पात्र बनेका छन् । बानेश्वरका बृत्तका रेवती ढकाल, महाराजगंजका बृत्तका प्रभु ढकाल, स्वयम्भु वृत्तका दयानिधि ज्ञवालीलाई सरुवा गरिएको छ । गत ३१ वैशाखमा प्रहरी प्रधान कार्यालयले ९९ जना डीएसपीको सरुवा गरेको थियो । जसमा सधैं आकर्षक ठाउँमा रजाई गर्दै आएका डीएसपीहरुलाई इन्चार्ज बनाएर पठाइएपछि आईजीपी अर्यालसँग अन्य प्रहरी अधिकृतहरु रुष्ट बनेका छन् ।

Share on Twitter Share on Facebook