नीजि क्षेत्रलाई समेट्न नसकेपछि प्रधानमन्त्रीको आलोचना

को–को छन् कोइरालाको जम्बो टोलीमा ?
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला तीस जनाको जम्बो टोलीसहित चीन भ्रमणमा गएका छन् । अन्य ८ जना भने चीनस्थित नेपाली दुतावासबाट सहभागी हुनेछन् । चीनको कुन्मिङ प्रान्तमा हुने दोस्रो ‘चाइना साउथ एसिया एक्स्पो’मा सहभागी हुन प्रधामन्त्री कोइराला चीन प्रस्थान गरेका हुन् । तर प्रधानमन्त्री कोइरालासँगै टोलीमा को को भाग्यमानी परेछन् भन्ने कुरा सायद पाठकलाई पक्कै पनि जान्न मन होला । उनको भ्रमण टोलीमा ३० जना अटाएका छन् । टोलीमा प्रधानमन्त्रीसहित उनका स्वकीय सचिव बसन्त गौतम, सल्लाहकारहरू दिनश भट्टराई र चिरन्जीवी नेपाल, नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश देउजा र प्रहरी निरीक्षक महेन्द्र मरासिनी छन् ।

                 लाजमर्दो करा त के छ भने नेपालको ठूलो प्रजातान्त्रिक शक्ति मानिएको नेपाली काँग्रेस नेतृत्वबाट प्रधानमन्त्री बनेका कोइरालाले निजी क्षेत्रलाई भ्रमणमा समेट्न सकेनन् । सम्वन्धित क्षेत्रका विज्ञहरुलाई भन्दा आफु निकटकालाई भ्रमण टोलीमा राखेको भन्दै आलोचना सुरु भएको छ । चीन भ्रमणका लागि समेत आफ्नै मुुलुकको विमानमा जान नसक्नु प्रधानमन्त्री कोइरालाको मात्र नभई सारा नेपालीको शिर निहुरिएको अनुभव गरिएको छ । भ्रमणमा निस्किएका प्रधानमन्त्री कोइरालालाई चीनले विशेष विमान पठाइदिएको थियो ।
को को छन् कोइरालाको जम्वो टोलीमा ?
१. प्रधानमन्त्री सुशील कोइराला
२. आपुर्ति मन्त्री सुनिलबहादुर थापा
३. राजदुत महेशबहादुर मास्के
४.संविधानसभा सदस्य एवम् नेकपा मालेका अध्यक्ष सीपी मैनाली
५. रामजनम चौधरी, माननीय सभासद मधेशी जनाधिकार फोरम लोकतान्त्रिक
६. अभिशेकप्रताप साह, सभासद् मधेशी जनाअधिकार फोरम नेपाल
७. श्रमती रुक्मीणी चौधरी, सभासद् संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट
८. चन्द्रमोहन यादव, सभासद् नेपाली काँग्रेस,
९. राजाराम स्याङतान, सभासद् नेकपा–एमाले
१०.राधादेवी तिमिल्सिना, सभासद् संघिय समाजवादी पार्टी नेपाल
११. भाष्कर भद्र,सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२. रमेशकुमार लामा, सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी
१३. पोष्टबहादुर बोगटी, उपाध्यक्ष एमाओवादी
१४. बाचस्पती देवकोटा, नेकपा एमाले
१५. अनिलकुमार झा ,संघीय सद्भावाना पार्टी नेपाल,
१६. डा. दिनेश भट्टराई, प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार
१७. डा. चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार
१८. बसन्तकुमार गौतम, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
१९. कृष्णहरि बाँस्कोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव
२०. नारायण गोपाल मलेगो, बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव
२१. डा. कृष्णचन्द्र पौडेल, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव
२२. शंकरदास बैरागी, पराष्ट्र मन्त्रालयका निमित्त सचिव
२३. श्रीमती अम्बिकादेवी लुईटेल, सह–सचिव उत्तर पुर्वी एसिया विभाग पराष्ट्र मन्त्रालय
२४. कालिप्रसाद पोखरेल, चिफ अफ प्रोटोकल, पराष्ट्र मन्त्रालय
२५. श्रीमती अनिता कुमारी, तराई मधेश लोकतान्त्रिक पार्टी
२६. रमेश तोफान, पत्रकार
२७. डा. पोशराज पाण्डे
२८. महेश जाजु, उद्योग प्रतिनिधि
२९. श्रीमती रिता धिताल, परराष्ट्र मन्त्रालय, उप–सचिव
३०. रामप्रसाद सुवेदी, बेईजीङस्थित् नेपाली राजदुतावासका कन्सुलर
३१. लेफ्टिनेन्ट कर्णेल प्रकाश देउजा प्रधानमन्त्रीका एडीसी
३२. कुमार राई, बेइजीङस्थित नेपाली दुतावासका द्धितीय सचिव
३३. पुरुषोत्तम ढुंगेल, प्रोटोकल अधिकृत
३४. प्रहरी निरिक्षक महेन्द्र मरासिनी, प्रधानमन्त्रीका नीजी सुरक्षाकर्मी
३५. ऋषि धमला, पत्रकार, रिपोर्टर्स क्लब नेपाल
३६. अरविन्द आचार्य, बरिष्ठ क्यामराम्यान, नेपाल टेलिभिजन
३७. बल्लवमणि दाहाल, पत्रकार, द राइजिङ् नेपाल
३८. नीराजन खनाल, पत्रकार, नेपाल टेलिभिजन

Share on Twitter Share on Facebook