सामाजिक सञ्जालबाट युवा नेता गगनमाथि हमला

काठमाडौं । नेपाल प्रहरीमा डीआईजीबाट एआईजी बढुवा सिफारिस गरिएको सम्वन्धमा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत मुख खोलेका छन् । गत बुधबार २१ गते थापाले आफ्नो फ्यान पेजमा प्रहरीको बढुवा अहिले सर्वत्र चासोको विषय बनेको भन्दै लेखेका छन्,‘ नेपाल प्रहरी जस्ता संस्थाहरुमा सवै कुरा निश्चित पद्धति अनुसार चल्ने ‘ट्रयाक रेकर्ड’ भएको भए, प्रहरीको बढुवा सायद आम चासोको विषय वन्दैनथ्यो होला । यो घटना र यसवाट उब्जेका प्रतिक्रियाहरुलाई नेपाल प्रहरीले कसरी संवोधन गर्छ ? त्यसैमा नै अब यो संगठनको मान, सम्मान र अनुशासन निर्भर हुनेछ । यो घटनासँगै प्रहरीभित्र एउटा पद्धति बसाल्ने महत्वपूर्ण मौका आएको छ ।बिगतमा नेपाल प्रहरीभित्र राजनीतिक नेतृत्वले अनावश्यक चलखेल गर्न पाउने सवै प्वालहरु टाल्नुपर्छ भनेर संसदभित्र र व्यवस्थापिका संसद राज्यव्यवस्था समितिमार्फत हामीले केही अग्रसरता लिएतापनि त्यसवाट खासै उपलब्धी हुन सकेन ।’

ब्यवसायिक प्रहरीले मात्र समाजमा सुब्यवस्था र शान्ति सुरक्षाको प्रत्याभुति र विश्वास दिलाउन सक्छ भन्ने मान्यता विपरित नेपाल प्रहरीको बढुवा सिफारिस भएकोमा दुईमत छैन । प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै प्रहरीको आन्तरिक क्षमता, दक्षता र व्यवसायीकपनमा बृद्धि गर्ने हो भने प्रहरी संगठनमा धेरै सुधार आउन सक्ने युवा नेता तथा सभासद् थापाले सञ्जालमार्फत विश्वास ब्यक्त गरेका छन् । उता नेता गगन थापाले प्रहरीको बढुवा बारे मुख खोलेको केही दिन नवित्दै २४ गते शनिबारका दिन प्रमोद टण्डन नाम गरेका युवाले ‘गगन जी तपाईं चुकिसक्नु भएको छ’ भन्ने शिर्षकमा एक अनलाइनमार्फत भर्खरै भएको न्यायाधीश सिफारिस प्रसङ्गमा भनेका छन्,‘जस्तो शब्द प्रयोग गरि जतिसुकै तर्क दिएपनि सत्य यही हो कि उक्त प्रकरणमा नेपाली जनताले आशातित रुपमा गगनजीबाट प्रतिक्रिया पाएनन् ।’


उनले थप लेखेका छन्,‘नबोल्ने धेरै थिए, तर गगन थापालाई मिडियाले फोकस गर्नु उहाँलाई एक आशाको किरणको रुपमा हेरेको प्रतिक हो । त्यसकारण थापाको प्रभावशाली उपस्थितिले परिणाम जे सुकै आउँथ्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर निश्चय नै न्यायाधीश सिफारिस मामिलामा तपाईं चुकिसक्नु भएको छ ।’ सोही लेखमा नेता थापाले केही गर्न नसकेको र निर्वाचनताका दिएको बचन कुनै पनि पुरा नगरेको भन्दै दर्जनौंले उनको आलोचना गरेका छन् । यद्यपी नेपाल प्रहरी बारे थापाले पोखेका विचार मार्मिक र बौद्धिक रहेकोमा दुईमत छैन् । पार्टीको पद्धती र सयुक्त सरकार रहेको अबस्थामा थापाले जे जस्तो आवाज उठाएपनि त्यसको सुनवाई भइहाल्ने अवस्था पनि छैन् ।

Share on Twitter Share on Facebook