आदेश अटेर गर्दै पूर्व राजा ज्ञानेन्द्रको कम्पनी सूर्य नेपाल

काठमाडौं । ‘सूर्य लक्सरी किङस’ नामक चुरोट विक्री वितरण गर्दा सूर्य नेपाल प्रालिले सरकारको आदेश अटेर गरेको प्रमाण फेला परेको छ । कम्पनीले सूर्य चुरोटको बाहिरी खोलमा देखिनेगरि धुम्रपान तथा सूर्ति सेवनले फोक्सोको क्यान्सर हुन्छ लेखिएकोसँगै ठिक तल क्यान्सर लागेको तस्बिरमा स्टिकर राखेर लुकाउने गरेको छ । सिल प्याक गर्दा नै क्यान्सर लागेको फोटोमाथि कम्पनीले खोल बाहिरबाट छुट्टै कभर राखि सिलभित्रको तस्बिर छोप्नेगरि सूर्य उदाउँदै गरेको स्टिकर बनाई अग्रेजीमा ‘हाभ अ नाईस डे’ भन्दै लेखेको छ । खरिद गरेको समयमा दुबै भागमा राखिएको क्यान्सरको तस्बिर भने उक्त स्टिकरका कारण खरिदकर्ताले देख्दैनन् ।

           नेपाल सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयले जनहितका लागि भन्दै अनिवार्य उक्त सूचनासहित फोटो राख्ने आदेश गरेको थियो । तर सूर्य नेपाल प्रालिले सूचना र फोक्सोमा क्यान्सर लागेको तस्बिर नेदेखिनेगरि स्टिकर टाँसेको छ । सूर्य चुरोट उपभोक्ताका अनुसार सूर्य नेपालले सरकारको दिएको आदेश पालना नगरेको मात्र नभई सर्वसाधारणको स्वास्थ्यमाथि समेत खेलवाड गरिरहेको छ । नेपालको सवै भन्दा राम्रो ब्राण्ड मानिएको सूर्य लक्जरी किङस् विदेशमा सवैभन्दा बढी विक्री हुने चुरोटमा पर्छ । यो कम्पनी पूर्व राजा ज्ञानेन्द्र शाहको हो । यो कम्पनीले ३० बर्ष अगाडिदेखि यसको उत्पादन थालेको थियो । यो कम्पनीले सूर्य लक्जरी किङस्बाहेक सूर्य क्यासिक, शिखर, खुकुरी र विजुली चुरोटको समेत उत्पादन गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय राजधानीस्थित कान्तिपथमा रहेको छ भने यसको उत्पादन सिमरा र बारा जिल्लाबाट हुँदै आएको छ ।

Share on Twitter Share on Facebook