पूर्वमा बलियो उपस्थिति देखाउँदै डीआईजी सिलवाल

सुनसरी । जागिर खाँदा खाएको कशमको बेवास्ता गर्ने, प्रहरीको आचरण बिरुद्ध काम गर्ने, सर्बसाधरणलाई बर्दीको आडमा दु:ख दिने र अवैध असुली गरि अकुत कमाउने सत्ताईस जना प्रहरीलाई पूर्वाअञ्चल प्रहरी प्रमुख डीआईजी नवराज सिलवालले कारवाही गरेका छन् । डीआईजी सिलवालले प्रहरी संगठनभित्रै बाट थालेको शुद्धीकरण अभियानले नेपाल प्रहरीमा राम्रो काम गर्ने प्रहरी पनि छन् भन्ने उदारहण भएको छ भने पूर्व क्षेत्रमा उनको बलियो उपस्थिति देखिएको छ ।
प्रहरीको पूर्व क्षेत्रिय कार्यालय बिराटनगरमा अवैध असुली गर्ने प्रहरीबिरुद्ध सर्वसाधारणले उजुरी हालेपछि डीआईजी सिलवाले अनुसन्धानपछि सत्ताइस जनालाई बर्खास्त र एक सय भन्दा बढीलाई निम्लबन गरेका हुन् ।

 शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीले पोशाकको आडमा अनैतिक र अवैध काम गर्न थालेपछि कारवाही थालिएको डीआईजी सिलवालले बताएका छन् । अन्यायमा परेकालाई न्याय र कानूनको उल्लघंन गर्नेलाई अदालतको कठघरामा उभ्याउने जिम्मा पाएका केही प्रहरीले नै आफै पोशाकको आडमा अपराधिलाई संरक्षण गर्ने गरेका थिए । सो कुरा बेलाबेलामा पक्राउ पर्ने प्रहरीबाटै नै पुष्टि पनि हुने गरेको छ । त्यसैले डीआईजी सिलवालको सक्रियतामा पूर्व क्षेत्रमा दायित्व र जिम्मेवारी  बेवास्ता गर्ने एक सय भन्दा बढी प्रहरीलाई दुई महिनाको अबधिमा निलम्बन गरिएको छ । नागरिकले गुनासो र प्रमाणसहितको उजुरीका आधारमा पूर्व क्षेत्रमा  बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत विभिन्न पदका प्रहरी कर्मचारीहरु कारवाहीमा परेका हुन् । पहिलो चरणमा सहायक निरिक्षकभन्दा तल्लो ओदाहका प्रहरीलाई कारबाही थालिएको छ भने माथिल्लो दर्जाका प्रहरी अधिकृतसमेत छानविनको दायरामा परेका छन् । स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय घैलाडुव्वा झापामा कार्यरत सई झनकप्रसाद खतिवडा बर्खास्तमा परेका छन् । उनले प्रहरीको आचरण विपरीत काम गरेको अनुुन्धानबाट पुष्टि भएको थियो । यसैगरी, असई लोकबहादुर बिक, हवल्दार चन्द्रेश्वर यादव, हवल्दार धु्रबराज खड्का, हवल्दारहरु क्रमश युवराज पोखरेल, भोजबहादुर कार्की, नेत्रनारायण शाह, ईन्द्रकुमार भट्टराई, महेन्द्रकुमार चौधरी पनि बर्खास्तीम परेका छन् ।

बर्खास्तीमा पर्नेहरु प्रहरीहरुमा अधिकांश झापा, मोरङ ,सुनसरी र सिराहामा कार्यारत थिए । बर्खास्तमा पर्ने अन्य प्रहरीहरु भारतीय सिमानासँग जोडिएको प्रहरी पोष्टमा कार्यरत रहेका थिए । र, उनीहरुको सम्बन्ध तस्करहरुसँग समेत देखिएको थियो । त्यस्तै, प्रहरी संगठनको मानमर्दन हुनेगरि काम गरेको अभियोग पुष्टि भएपछि प्रहरी हवल्दार मानबहादुर लिम्बू, बलराम माझी, लालबहादुर रानामगर, सन्तोष कुमार शाहा, दिनेश भट्टराई, टेकप्रसाद आचार्य, दीपेन्द्रराज कार्की, ओमनारायण यादव, गुणराज परियार, सुनाम राई, साकार कार्की, प्रकास ढकाल पनि बर्खास्त भएका छन् । यसैगरी, प्रहरी हवल्दार शंकरकुमार चौधरी, रमेश राई , बाबुराम यादव, सिताराम तिवारी, नगेन्द्र राई, जीवन कुमार माझी पनि बर्खास्त भएका छन् । त्यसैगरी, पूर्व क्षेत्रमा कार्यारत प्रहरी जवानहरु आनन्द नेम्बाङग, निरज दाहाल, सन्जोग कुमार यादव, निरज दाहाल, छत्रबहादुर चर्मकार, राजु गुराँगाई, होमनारायण यादव, उमेन्द्र निरौला ,रमेश शाह , उद्धबप्रसाद चौहान, आशिष रसाइली, राम ढकाल, बिष्ण्ुा शर्मालगायतका प्रहरी जवानहरु पनि प्रहरी आचरण विपरीत काम गरेको अभियोगमा बर्खास्त भएका छन् । पीडितलाई सेवा दिनका लागि कार्यक्षेत्रमा खटिएका प्रहरीले पीडितलाई नै पीडा र अपराधिलाई उन्मुक्ति दिने घटनाक्रम बढ्न थालेपछि कारवाही प्रक्रिया अगाडि बढाउन स्वयम् डीआईजी सिलवाल सक्रिए भएका छन् ।

Share on Twitter Share on Facebook