भ्रष्टाचारविरुद्ध समाचार बाचन गर्ने पत्रकारलाई हटाइयो

कास्की । सामुदायिक रेडियो सराङ्कोट १०४.६ मेघाहर्जमा कार्यरत पत्रकार कमल पौडेललाई पोखरा उप–महानगरपालिका कार्यकारी प्रमुख झलकराम अधिकारीले गरेका भ्रष्टाचार विरुद्द समाचार बाचन गरेको भन्दै विहानीको समाचार बाचनबाट हटाईएको छ । जुजारु युवा पत्रकार पौडेलले उप–महानगरपालिकामा भएका भ्रष्टाचार बारे आवाज उठाउँदै आएका थिए भने पछिल्लो समयमा अख्तियारले छापा मारेर महत्वपूर्ण कागजात जफत गरेको विषयमा रेडियो सराङ्कोट १०४.६ बाट समाचार बाचन गरेका थिए । उपमहानगरका प्रमुख कार्यकारी अधिकारीको दबाव रेडियोमा परेपछि पत्रकार पौडेललाई विहानीको समाचार बाचनबाट हटाईएको हो । आफुलाई विहानीको समाचार बाचनबाट हटाइएपछि तत्काल त्यसको विरोध गर्दै पत्रकार पौडेलले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक हनन भएको भन्दै एक विज्ञेप्ती प्रकाशित गरि कडा आपत्ति जनाएका छन् ।

यस्तो लखेको छन् पत्रकार पौडेलले विज्ञेप्तीमा:
समाजको हितको लागि पत्रकारिता गरिन्छ ।  न यो पेशा हो न त यो व्यवसाय नै । पत्रकारिताको माध्यमबाट समुन्वत समाजको लागि हरदम वकालत गरिन्छ ।  पोखरामा रहेर झण्डै ढेढ दशक रेडियो तथा छापा माध्यममा अभ्यस्त रहेको मैले पछिल्लो सयममा सामुदायिक रेडियो सराङकोट १०४.६ मेघाहर्जमा समाचार प्रमुखको हैसियतमा काम गर्दै आएको थिए । रेडियोले दिएको जिम्मेवारी अनुसार समाचार प्रमुखका हैसियतले मैले मेरो कलम स्वतन्त्र र निर्भिक रुपमा चलाउँदै आफ्नो पदीय दायित्व निर्वाह गरेको थिए । विगतमा तत्कालिन अख्तियार प्रमुखलाई नै प्रभावमा पारि नगरपालिका कार्यालयका प्रमुख झलकराम अधिकारीले गरेका वद्नीयत पूर्ण कामको उजागर गर्न मैले स्वतन्त्र कलम चलाउँदै आएको आमनागरिकलाई जानकारी भएकै कुरा हो । पोखरामा रहेका २२ भन्दा बढी रेडियोमा सवै भन्दा पहिला विहान साँढे ५ वजेको सराङ्कोट शुभखवर यो रेडियोमा विगत ४ वर्षदेखि मेरै पहलमा सञ्चालन हुँदै आएको थियो । पछिल्लो समयमा पोखरा उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृतका कर्तुतका वारेमा मेलै निर्भिकताका साथ आफ्नो कलम चलाएको थिए । मेरो प्रस्तुतिलाई मन पराईदिनु हुने आमश्रोता महानुभावप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तर अफ्सोच मलाई वारम्वार नगरपालिका कार्यालयका केही कर्मचारीको तर्फबाट समाचार प्रसारण गरेको वारेमा धम्की आउने गरेको थियो । स्वयम् कार्यकारी अधिकृतको निर्देशनमा नगरपालिकाका केही ट्रेड युनियन घटक कर्मचारीहरुले मेरो समाचार प्रस्तुतिमाथि विगत लामो समयदेखि निगरानी गर्दै आएका थिए । उनीहरुले रेडियोका सञ्चालकलाई धम्क्याउनेलगायत म माथि विभिन्न विचौलीया व्यक्तिहरु घाट कुर्न लगाउने प्रयास गरेपछि मैले मेरो सुरक्षाको लागि मेरा समाचार प्रति निगरानी गर्नेहरुको नाम सहितको समाचार सामाजिक सञ्जाल फेसवुकमा समेत प्रेषण गर्दैै आएको थिए , किनकी आफनो सुरक्षाका लागि त्यो मेरो बाध्यता बनेको थियो ।  विहीवार करिव १२ वजेको समयमा नगरपालिका केही कर्मचारीहरुले रेडियोको कार्यालय घेराउ गरि रेडियोको विहानी समाचार रोक्न दवाव दिएर समाचार रोक्न लगाईएको छ । नगरपालिकाका भ्रष्ट कर्मचारीहरुको दवावमा परि रेडियोले समाचार प्रमुख जस्तो व्यक्तिसँग परामर्श नै नगरी ब्यबस्थापन पक्षले विहानी शुभ समाचार नै कटौटी गरेको जानकारी गराउनु पर्दा रेडियो पत्रकारिता माथिको निरिहता उदाङ्गो भएको छ । भ्रष्टहरुको आर्थिक लालसामा परि विहानी समाचार कटौती गरेर समाचार रोक लगाउनू प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता माथिको प्रहार भएको ठहर गर्दै यस्तो कार्यको घोर भ्रत्र्सना गर्न चाहन्छु । साथै भ्रष्टहरुको यो कथित दवाव र धम्की वीचमा कत्ति पनि विचलित नभई देश र समाजको हितमा पत्रकारिता गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
सामुदायिक रेडियो सराङ्कोट १०४.६ मेघाहर्जमा, पत्रकार कमल पौडेल

Share on Twitter Share on Facebook