पर्यटकीय नगरी पोखराको फोहोर विजयपुर खोलामा

कास्की । पोखरा उप–महानगरपालिकाको फोहोर उठाउने जिम्मा लिएको बातावरणीय सुन्दर नेपाल प्रालिले सम्झौता विपरित पर्यटकीय नगरी पोखरा जोड्ने विजयपुर पुल मुनि खोलामा फाल्ने गरेको प्रमाण फेला परेको छ । सुन्दर बातावरणीय नेपालले पोखरा उपमहानगरको फोहोर बिजयपुर पुलसँगै खोलाको छेउमा संकलन केन्द्र बनाएको छ । उपमहानगरबाट उठेको फोहोरलाई उक्त कम्पनीले रातको समयमा खोलामा फालेर बगाउने गरेको प्रत्यक्षदर्शीले फोटो समेत उपलब्ध गराएका छन् । कानूनत  खोलामा फोहोर फाल्नु अवैध मानिन्छ भने सम्झौतामा बाताबरणीय सुन्दर नेपालले ६८ प्रतिशत फोहोर स्रोतमै कुहाएर पुन: प्रयोगमा ल्याउनु पर्ने तथा बाँकी फोहोर मात्र ल्याण्डफिल्डमा फाल्न पाउने उल्लेख छ । कम्पनीले सम्झौता अनुरुप कामै नगरी प्रायजसो फोहोर कास्कीको विजयपुरस्थित खोलाबाट फाल्ने र केही बाँकी फोहोर मात्र ल्याण्डफिण्डमा फाल्ने गरेको प्रत्यक्षदर्शीले बताए ।

बातावरणीय नेपालले अवैध काम गरिरहँदा समेत उसको सम्झौतामाथि पुनरावलोकन भएको छ्रैन । उक्त कम्पनीको कामप्रति उपमहानगरका सम्पूर्ण कर्मचारी आक्रोशित बनेका छन् । स्रोतका अनुसार बातावरणीय सुन्दर नेपालका सञ्चालक अरुण गिरीले उपमहानगरका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई लाखौं नजराना गरेको भरमा उक्त सम्झौता हाता पारेका हुन् । गिरीका दाजु सञ्चारकर्मी भएकै कारण हालसम्म उक्त कम्पनीलाई कुनै कारवाही नगरिएको स्रोतले बतायो । फोहोर जस्तो कुरालाई खोलामा फाल्ने कम्पनीलाई संरक्षण दिने काम उपमहागरको कार्यकारी अधिकारीले गरिरहेका छन् । उपमहानगर र गोल्डरस प्रालिबीच फोहोर उठाउन २०७० साल बैशाख ५ गते सम्झौता भएको थियो । फोहोर उठाउने सम्झौंता गोल्डरस कम्पनीसँग गरेर उपमहानगरका प्रमुख कार्यकारी अधिकृत अधिकारीले विना टेण्डर काम भने बातावरणीय नेपाललाई दिएका थिए । विना टेण्डर फोहोर उठाउने बातावरणीय नेपाललाई दिँदा अधिकारीले मोटो रकम बुझेको आरोप छ भने एक बर्षको परिक्षण काल नसकिँदै उक्त कम्पनीलाई पुन: दुई बर्षको लागि म्याद थप गरिदिइएको छ ।

 सुन्दर बातावरणीय नेपाल र उपमहानगरबीच गत असोज १ गते ०७० बाट फोहोर उठाउने सम्झौता भएको थियो । स्रोत भन्छ,‘ गोल्डरस कम्पनीले फोहोरबाट ईनर्जी निकाल्ने अत्याधुनिक योजना पेश गरेको थियो ।  उपमहानगरको फोहोरबाट ईनर्जी निकाल्ने प्रविधि अमेरिकाबाट ल्याइएको हो । गोल्डरस कम्पनीलाई फोहोर उठाउन दिइएको भए फोहोरबाट उत्पादन भएको ईनर्जीबाट पुरै पोखरा झिलीमिली भइसक्थ्यो ।’ उपमहानगरको कै स्वामित्वमा रहेका दुई वटा कम्याक्टर गाडि र एक वटा ट्याक्टर प्रयोग गर्न दिएको यसअघि नै सार्वजनिक भइसकेको छ ।  जे जस्तो अवस्थामा सवारी साधन दिएको हो, सोही अबस्थामा फिर्ता गर्ने गरी उक्त कम्पनीलाई उपमहानगरले ११५ नम्बरको कम्प्याक्टर गाडि दिएको थियो । तर, नचल्ने अबस्थामा पुगेपछि उक्त कम्प्याक्टर गाडि फिर्ता गरि पुन: १२४ नम्बरको लगेको छ । नचल्ने अवस्थामा फिर्ता गरिएको गाडिको मर्मत खर्च डेढ लाख रुपैयाँ लाग्ने भएको छ ।

Share on Twitter Share on Facebook