एमाले भित्र ‘सिन्डिकेट’ हाबी : नेपाल

उदयपुर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र केही व्यक्तिको ‘सिन्डिकेट’ हाबी हुादै गएको बताएका छन् । प्रेस चौतारी नेपाल उदयपुर शाखाले आइतबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र गुटको राजनीति हाबी भएको बताए । ‘पार्टीलाई नयाा दिशा दिने र लानेभन्दा पनि अहिले गुटबन्दी गरेर कसैलाई पाखा लगाउन ‘सिन्डिकेट’ बनाउने र गुटबन्दीको राजनीति सुरु भएको छ,’ उनले भने, ‘यो पार्टीका लागि हानिकारक हो ।

’पार्टीको आगामी नवौा अधिवेशनमा आफूले अध्यक्ष पदमा एक कार्यकालका लागि उम्मेदवारी दिने उनले बताए । ‘एक कार्यकाल नदिने हो भने २०३६ साल पछिका युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्न म तयार छ,’ नेता नेपालले भने ।

Share on Twitter Share on Facebook