यसरी हुन्छ वायु प्रदुषण नियन्त्रण

युवा नेता गगन भन्छन् : के सरकारले कार्यान्वयन गर्ला?
काठमाडौं। काठमाडौं उपत्यकावाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले खानेपानी, फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, वायु प्रदुषण, यातायात व्यवस्थापन र उर्जा संकटका सन्दर्भमा साझा धारणा  तयार गरेका छन। काँग्रेस नेता तथा काठमाडौं ४का निर्वाचित सभासद गगन थापाले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा आफ्नो क्षेत्रमा मात्र नभइ काठमाडौं उपत्यकाको बिकासको सन्दर्भमा एकिकृत धारणा वनाएर जाने प्रतिवद्धता गरे अनुसार निर्वाचित भएपछि उपत्यकाका सभासदहरुको बनाइएको अनौपचारिक मञ्चले साझा धारणा तयार गरेको हो। थापाले नेतृत्व गरेको यो मञ्चका तर्फबाट तयार गरिएको प्रतिवेदन प्रधानमन्त्री शुसिल कोइरालालाई आइतवार बुझाइएको छ।
प्रतिवेदनमा खानेपानी, फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, वायु प्रदुषण, यातायात व्यवस्थापन र उर्जा संकटका सन्दर्भमा साझा धारणा बनाइएको छ।थापाले उपत्यकाका सभासको साझा पहल र धेरै युवा साथीहरुको प्रयास र मिहिनेतवाट यो प्रस्ताव तयार गरिएको बताउनुभयो। दीगो काठमाडौं विकासका लागि घनिभुत रुपमा बहस र छलफल हुन सकोस, साझा धारणा निर्माण हुन सकोस, सवैको सामुहिक पहलकदमी हुन सकोस भन्ने ध्येयका साथ हामीले यो प्रयास गरेको उल्लेख गर्दै थापाले यस प्रस्तावमा टेकेर बस्नयोग्य र दीगो काठमाडौं निर्माणका लागि प्रस्तुत  प्रस्तावहरू कार्यन्वयनका लागि प्रधानमन्त्रीले सम्वन्धित निकायलाई निर्देशन दिनुहुनेछ र सोहि आधारमा नेपाल सरकारले आवश्यक नीति तर्जुमा गर्नेछ, योजना र कार्यक्रम तय गर्नेछ र आगामी आर्थिक बर्षको वजेट विनीयोजन गर्नेछ भन्ने विश्वास लिदै यसतर्फ प्राथमिकताका साथ ध्यान दिन आग्रह गरिएको छ। उपत्यकाका सभासदहरुका तर्फबाट बुझाइएको प्रतिवेदनको वायु प्रदुषण सम्वन्धी अंश यहाँ प्रस्तुत गरेका छौ।

१.पृष्ठभुमि : काठमाण्डौं शहर एसियामा तिब्र शहरीकरण भइरहको शहरहरुको सूचिमा अग्रस्थानमा आउँछ । विश्व वैंकले हाल सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा औसत ५ प्रतिशतले शहरिकरणमा वृद्धि भएको देखाँउछ । वायुको गुणस्तर मुख्यत मानव क्रियाकलापमा निर्भर गर्दछ । काठमाण्डौ उपत्यकाको जनसंख्यामा बृद्धि सँगै भएको अव्यवस्थित शहरीकरणले भयानक वायु प्रदुषणको स्थिती निम्त्याएको छ । काठमाडौं वासीका लागि वायू प्रदुषण गम्भिर स्वास्थ्य समस्याको कारण मात्र नभएर मृत्युको कारण समेत बन्न पुगेको छ । काठमाडौंवासीले प्रत्येक दिन संकटमा वाँचिरहेका छन र यस्तो हावामा स्वास लिईरहेका छौं जसले जीवन होईन दिनप्रतिदिन विरामी बनाउदै गएको छ । केहि तथ्याङ्कहरू हेर्ने हो भने पनि हामी कस्तो हावामा स्वास फेरिरहेका छौं भन्ने पुष्टि हुन्छ । सन २०१२ को वातावरणीय कार्यसम्पादन सुचकले विभिन्न आधारमा विश्वका १३२ देशहरूलाई गरेको मुल्याङ्कन अनुसार नेपाल ३८औं स्थानमा थियो भने वातावरणीय स्वास्थ्य विधामा हाम्रो स्थान १०६ औ मा थियो । हावाको गुणस्तरले मानव स्वास्थ्यमा पार्ने असरमा हाम्रो स्थान १३०औं र पानीको गुणस्तरले मानव स्वस्थ्यमा पार्ने असरमा १०२ औं स्थानमा नेपाल रहेको थियो । हालैका दिनहरुमा भएको अध्ययनमा काठमाण्डौं दक्षिण एसियाका शहरहरु मध्ये सबैभन्दा बढी प्रदुषित शहरहरुको सूचीमा उभिएको छ । पर्यटकीय गन्तव्य भनेर चिनिने काठमाण्डौं शहर आज संसारकै प्रदुषित  शहरहरुको सुचिमा पर्नु हामी सवैका निम्ति लज्जाको विषय हो ।

विश्व स्वास्थ संगठनले तोकेको पि.एम.10 मापदण्ड भन्दा २० गुणा बढी मात्रामा काठमाण्डौंको हावामा पाइने गरेको तथ्याङ्क पनि सार्वजनिक भइसकेको छ । विश्वमा प्रत्येक बर्ष २१ लाख मानिस पी.एम २.५ नामक बिषालु प्रदुषणका कारणले मर्छन । सयुंक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमले पनि स्पष्ट देखाएको छ की पि.एम २.५ र पी.एम १० बीचको सुक्ष्म कणले मानव स्वास्थ्यमा ठुलो असर पार्दछ । पी.एम १० वायु प्रदुषं मध्ये सबैभन्दा बढी हानिकारक छ । स्वास लिंदा यी शुक्ष्म कणले हाम्रो स्वासप्रणालीको स्वभाविक प्रतिरोधलाई छल्छन र फोक्सोमा प्रवेश गर्छन । काठमाडौंको वायूमा केहि बर्षयता उच्च तहको पी.एम २.५ र पी.एम १० भएको रेकर्ड छ ।
अत: काठमाडौंको वायूलाई सक्दो स्वच्छ बनाउन, वायु प्रदुषण नियन्त्रण गर्न र काठमाडौंलाई बस्नयोग्य वनाउन यस सम्वन्धि नीतिको विकास र कार्यन्वयन अपरिहार्य छ । बाटो निर्माण र विस्तारवाट सिर्जित धुलो नियन्त्रण सँगै भविष्यमा धुलो प्रदुषणस्तर कम गर्न  शहरमा धुलो नियन्त्रणका उपायहरूको खोजी गर्नु पर्दछ । वायु प्रदुषण सवारी साधनसँग पनि उत्तिकै जोडिएको छ । अत सवारी साधनको व्यवस्थापन अर्को महत्वपुर्ण पक्ष छ । उपत्यकाभित्रका ईटा कारखाना वायू प्रदुषणको मुख्य कारणको रुपमा छन । यि सवैको समाधानको उपायको खोजी गर्दै धुलोको वहाव रोक्न उपत्यकामा यथेष्ट रुख रोप्ने योजना पनि उत्तिकै आवश्यक छ ।यी सवै विषयहरूलाई ध्यानमा राख्दै यस प्रस्तावमा हामीले वायु प्रदुषणले स्वास्थ, वातावरण र दैनिक जिवनमा पार्ने असरहरुलाई उठाउदै त्यसको समाधानका निम्ति तत्काल गर्नु पर्ने र गर्न सकिने पहलहरुका सन्दर्भमा ध्यानाकर्षण गराएका छौँ ।

२. समस्याको स्वरुप र मुख्य चुनौतीहरू :
भौगोलिक अवस्थितिका हिसावले काठमाडौं कचौरा आकारमा छ । सामान्यत:  राती, विहान जमिन नजिकको हावा माथिल्लो तहको हावाभन्दा चिसो हुने हूदा जमिन नजिकको प्रदुषण माथि जान सक्दैन । दायाँ वायाँ फैलिन खोज्दा त्यो पनि चारै तिर रहेको पहाडहरूले छेक्दछ । परिणामत उपत्यकाको प्रदुषण यही कैंद हुने गर्दछ । मान्छेले एकदिनमा करिब २२,००० पटक स्वास लिदा लगभग २० किलो हावा लिने गर्दछ । हामीले खाने खाना र पानी भन्दा हावाको यो मात्रा धेरै नै गुणा बढी हो । विहानको समयमा स्वच्छ वायु उपभोग गर्न काठमाण्डौंवासीहरु विहानै उठेर हिड्ने गर्छन । एकातर्फ उपयुक्त हिड्ने ठाँउहरू प्रयाप्त रुपमा छैनन भने अर्कोतर्फ भएका ठाँउहरु पनि स्वस्थ र स्वच्छ छैनन । वाटोमा उडेको धुलोले स्वास्थमा पार्ने असर त छदै छ, यसले पर्यटकिय नगरि भनेर चिनिने राजधानिको साख समेत गिराएको छ । विहान घरवाट निस्केको मान्छे वेलुका घरसम्म आइपुग्दा वाटोमा उडेको धुलोले टाउको दुख्ने, आँखा, नाक र छालामा समस्या देखिने गर्दछन । श्वासप्रस्वास को विरामीहरुको संख्या दिन दिनै वढ्दै छन् । स्वास-प्रस्वासको रोगहरु मध्ये(२०-३०) प्रतिशत सम्म प्रदुषित वायुकै कारणले गर्दा हुने गरेको तथ्याङकले देखाउछ । धेरै जसो प्रदुषक तत्वहरु हामीले श्वास लिदा शरिर भित्र जाने भएकाले वायु प्रदुषणको मुख्य प्रभाव हाम्रो श्वास प्रश्वास प्रणालीमा पर्दछ । वातावरण मन्त्रालयको एउटा तथ्याङक अनुसार नेपालमा वर्षेनी १६ सय भन्दा वढीको वायु प्रदुषणकै कारणले मृत्यु हुने गरेको छ । बिश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार वार्षिक बिश्वभरि ७ करोड मानिसहरुको प्रदुशित हावाका कारण मृत्यु हुने गरेको छ। काठमाण्डौंमा प्रदुषणको मुख्य भूमिका धुलोको कणले खेल्ने गर्छ । स्वच्छ वायुलाई प्रदुषित पार्नमा धुलोको मसिना कण लगायत SO2, NO2,CO, सिसा र बेन्जिन जस्ता रसायनहरुनै प्रमुख हुन । यिनै कणहरुमध्ये हाम्रो शरीरभित्र सजिलै प्रवेश गर्न सक्ने दश माइक्रोन भन्दा साना कण (पि.एम.10) स्वास-प्रस्वासको नली भित्र पस्न सक्छ भने पि एम २.५ फोक्सो सम्म पुग्न सक्छन । यसको अर्थ हो काठमाडौं वासीले हावासंगै रोगहरू हाम्रो शरीरमा प्रवेश गराईरहेका छौ । काठमाण्डौंको वायुप्रदुषणमा उल्लेखनिय योगदान पुर्या उने तत्वहरु मध्ये अव्यवस्थित सडक एक हो । त्यस्तै यातायातको साधनका कारण पनि  प्रदुषणमा वृद्धि भएको छ । पि.एम.10 को मात्राको ३८ प्रतिशत सवारीसाधनले ओगटेको देखिन्छ । दैनिक काठमाण्डौंमा पाँच लाखभन्दा बढी सावरीसाधन गुड्छन । वाग्मती अञ्चलमा मात्र कुल ७,२५,०९४ सवारी साधन दर्ता भएका छन् । सवारी साधन वृद्धिसँगै हरेक वर्ष उच्च मात्रामा पेट्रोल र डिजेल खपत हुने क्रम तिब्र छ । जसले वायु प्रदुषणलाई बढाउन मद्दत गरेको छ ।

३. मुख्य समस्या र चुनैतिहरु :
३.१ नीतिगत अस्पष्टता :
संसारको सर्वाधिक प्रदुषित शहरमध्ये एकमा पुग्दा समेत काठमाण्डौंको वढ्दो प्रदुषणलाई नियन्त्रण गर्न आवश्यक नीति बन्न सकेको छैन । यस किसिमको वायु प्रदुषणको नियन्त्रण एउटा व्यक्तिको पहूँच भन्दा बाहिर छ । यसका निम्ति राष्ट्रिय पहल आवश्यक छ । जवसम्म हामीले काठमाडौंको वायुलाई स्वच्छ बनाउन सक्दैनौ यहाँका वासिन्दा प्रत्येक दिन संकटमा बाँच्नुपर्नेछ । वातावरण प्रदुषणमा प्रत्यक्ष जोडिएको सडक, यातायात, लगायतका क्षेत्रमा समेत स्पष्ट नीति बन्न सकेका छैनन । बनेका नीतिहरू पनि कार्यन्वयन नहुनु अर्को चुनौतीको विषय वनेको छ ।

.२ अव्यवस्थित सडक : सडक संरचना पैदलयात्री र साइकल मैत्री नहुनु
• काठमाडौंमा केहि बर्षअघि देखि सडक बिस्तार सुरु भएको छ । सडक विस्तार योजनावद्ध र व्यवस्थित ढङ्गले हुन सकेको छैन । सडक विस्तार योजना वनाउदा र  कार्यन्वयन गर्दा त्यसले वायू प्रदुषणमा पार्नसक्ने प्रभावलाई ध्यान नदिएको तथा विस्तार कार्य समयमा नै पुरा हुन नसकेका कारण अहिले काठमाडौंको वायु प्रदुषणको अवस्था थप विग्रन गएको छ । सडक भत्काउदा उत्पन्न धुलो र अव्यवस्थित सडकमा अहिले भइरहेको घन्टौंको जामले पनि वायु प्रदुषणमा थप वृद्धि भइरहेको छ । बाटो निर्माणले ल्याएको धुलो नियन्त्रण गर्न  भबिष्यमा धुलो प्रदुषणस्तर कम गर्ने र शहरमा धुलो नियन्त्रणका उपायहरू खोजी गरिएको छैन ।
• अर्कोतर्फ पछिल्लो समय सडक विस्तार गरिरहँदा पनि साइकल चालकका लागि मध्येनजर गर्दै सडक विस्तार गरेको पाईदैन । विकसित देशहरुका वातावरणीय प्रभावलाई मध्यनजर गर्दै सडकहरु पैदलयात्री र साइकल मैत्री निर्माण भइरहदा नेपालमा भने परिक्षण आयोजनामै सिमित भएको छ र हाम्रा सडकहरु साइकल मैत्री छैनन् । वातवरणीय अनुकुलता हुने हो भने काठमाडौं हिडडुल गर्न र साईकल चालकका निम्ति उपयुक्त ठाँउका रुपमा लिन सकिन्छ । काठमाडौंको सडक संरचनाहरुमा साना गल्लीहरु र सांघुरा बाटो छन् । परम्परागत रुपमा काठमाडौंको सडक योजनाहरु हिड्नलाई नै वनाइको आभास हुन्छ र हिड्ने संस्कृति काठमाडौंको पुरानो संस्कृति पनि हो । तर  सडक विस्तारसंगै हिड्ने संरचनाहरू लोप हुदै जानु र विस्तारित सडक समेत हिड्न मिल्ने गरि बनाएको अवस्था छैन । अहिले पनि काठमाडौंमा दैनिक हजारौ मानिसहरु हिडडुल गर्ने गर्छन तर हिड्नका लागि उपत्यकाका सडक पेटी सुरक्षित र व्यवस्थित छैनन ।  भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयले जाइका सँग गरेको हालैको अध्ययन प्रतिवेदनमा काठमान्डौमा मानिसहरुले तय गर्ने यात्राको ४०.७% हिस्सा हिडाइले ओगट्छ भने बितेको २ दशकमा हिड्नेहरुको सङ्ख्यामा २३% ले कमि आएको हो ।

३.३ सवारी साधनको वढ्दो चाँप
• काठमाडौंको वायू प्रदुषणको एउटा महत्वपुर्ण कारण अव्यवस्थित सडक र सवारी साधनको चाँप हो । यसलाई व्यवस्थित गराउन आवश्यक यातायात नीति नहुदा यो ठुलो चुनौतिको रुपमा उपस्थित भएको छ । बढ्दो जनसंख्याले निम्त्याएको सवारी साधनको उल्लेखनीय बृद्धिलाई सहज व्यवस्थापन गर्न नसक्दा वायु प्रदुषण चुलिएको छ । सवारी साधनको आधारभुत स्तर तोकिएको छैन । गत 10 बर्षमा सवारी साधनको सङ्ख्यामा ३ गुणाले बृद्दि भएको तथ्याङ्कहरुले देखाँउछन् । ति सवारी साधनमा पनि सबैभन्दा बढी हिस्सा मोटरसाईकल, कार, जीप र  भ्यानले ओग्ट्छन र थोरौ मात्र सार्वजानिक यातायातले ओगट्छन् । सवारी साधनको सङ्ख्यामा बृद्धि भएता पनि सुबिधाको गुणस्तरमा भने बृद्धि हुन सकेको छैन । वढ्दो सवारी साधन नियन्त्रण र यातायात व्यवस्थालाई कसरी व्यवस्थित गर्ने भन्दा पनि निजी सवारी साधनलाई वृद्धि गर्न उत्प्रेरित गर्ने विद्यमान नीति पनि एउटा कारण हो । अहिले काठमाडौं शहर नीजि सवारी साधनतर्फ बढि अभिमुख छ । सार्वजनीक आवतजावत व्यवस्थित छैनन  स्कुल, बषपार्क एवं सार्वजनिक स्थल र प्रतिक्षालयहरू धुलो र प्रदुषणरहित एवं सुरक्षित छैनन ।
• अर्कोतर्फ सवारी साधनको बृद्धिले उपत्यकाले औसतमा वर्षेनी 90,003 किलो लिटर पेट्रोल अनि 106,684 किलो लिटर डिजेल खपत गर्छ, जुन कुल राष्ट्रिय पेट्रोल खपतको 45.5 % अनि डिजिल खपतको 15.5% हो । ति सवारी साधनले निश्चित मापदण्ड पुरा नगरि पेट्रोलियम पदार्थ खपत गर्दा निस्कने धुवाँले काठमाडौंको थप प्रदुशित वनाएको छ ।
•    गाडिहरुमा ‘Fuel Filter’ र ‘Air Filter’ को निश्चित मापदण्ड तोकेर अनिवार्य जडान हुनुपर्ने प्रावधान नभएकाले पनि प्रदुषण बढेको छ । धुंवा निस्काशन परिक्षा पास नगरि सवारी साधन चलाउनाले वातावरण थप प्रदुषित वनेको छ । डिजेल इन्धनको खपत हुँदा धुँवाबाट निस्कने कण मध्ये 90 प्रतिशत एक माइक्रोन भन्दा साना नापका हुन्छन । नेपालमा सर्वाधिक प्रयोग हुने डिजेलमा 1000 पि पि एम सल्फर हुन्छ भने यूरोपमा प्रयोग हुने डिजेलमा 15 पि पि एम सल्फर पाइन्छ । यसरी हेर्दा नेपालको बायु प्रदुषणको एउटा कारण कम गुणस्तरको ईन्धनको प्रयोग पनि हो ।
•सवारी साधनहरुमा उल्लेखनिय रुपमा प्रयोगमा आउने मोटरसाईकल ‘Vehicle Emission Testing (VET)” अन्तर्गत जाँचमा पर्दैनन् र नियन्त्रण बाहिर धुवाँ उडाउँदै गुड्छन् । निश्चित वातावरणीय मापदण्ड पुरा गरेको भनेर दिइने ‘Green Sticker’  प्रभावकारी नहुँदा थप समस्या सृजित भएका छन् । ‘Green Sticker’  को म्याद सकिदा पनि गाडिहरु निर्वादरुपमा सडकामा गुडिरहेका भेटिन्छन् । ‘Green Sticker’ को म्याद नसकिएको भएपनि गाडिको चर्को धुँवा उडाउँदै गुडिरहेका हुन्छन् ।
•वर्षेनी सवारीको अनुमति पत्र नविकरण हुँदा सवारी साधनको मर्मत संभार भएको नभएको कुरा जाँच गरिने व्यवस्था छैन र मापदण्डलाई परिवर्तन पनि गरिएको छैन । नेपालभन्दा पछि सवारी प्रदुषण मापदण्ड अपनाएको भारत यूरो 4 मा गइसक्दा पनि नेपाल यूरो 3 मै रहनुले पनि यो कुरालाई पुष्टि गर्दछ ।
• पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नु पर्ने वातावरणीय करलाई वातावरण संरक्षणको क्षेत्रमा खर्च गर्नुपर्ने भएपनि ठुलो मात्रामा संकलित त्यो रकम कहाँ र कसरी खर्च गर्ने भन्ने स्पष्ट नीतिको अभावमा सो रकम त्यतिकै रहेको अवस्था छ ।

३.४ धुलो नियन्त्रणका उपायहरू नहुनु (पर्याप्त वृक्षारोपणको अभाव) :
काठमाडौंको धुलो नियन्त्रण गर्ने उपायहरूको खोजी हुन सकेको छैन । एउटा उपयुक्त उपाय भनेको रुख रोप्नु नै हो तर यथेष्ट रुख रोप्ने नीति र कार्यक्रमको अभाव रहेको छ । वढ्दो वायु प्रदुषण विरुद्ध लड्न र शहरमा बृद्धि भएको तातो फोकाहरू हटाउन वृक्षारोपणको नीति नै उत्तम विकल्प हो तर त्यसतर्फ ध्यान गएको देखिदैन ।  काठमाडौंको सार्वजनिक जमिन लामो समयदेखि दुरुपयोग गरिदै आएको भएपनि वातावरण संरक्षणका लागि त्यस्तो जमिनको खोजी हुने गरेको छैन । ५० बर्ग कि.मि.मा फैलिएको काठमाडौं जहाँ ३५ लाख भन्दा बढि मानिसहरू वस्छन, यहाँको हरिया सार्वजनिक स्थान भने २ वर्ग कि.मि भन्दा कम क्षेत्रफलमा छन । भएका पार्कहरू पनि पुनस्थापना र विस्तार हुन सकेका छैनन । वाटो विस्तारका क्रममा ढालिने रुखको प्रतिस्थापनका वारेमा पनि त्यति चासो दिईएको पाईदैन।

३.५ इट्टा भट्टावाट निस्कने वायु प्रदुषण नियन्त्रण:
काठमाडौं वरिपरी संचालनमा रहेका १२० इट्टा भट्टाहरु वायुप्रदुषणको अर्को कारण हुन् । पि.एम.10 को मात्राको ११ प्रतिशत इट्टाभट्टाले ओगटेको तथ्याङ्कले देखाउछ । प्रदुषणको मुख्य कारणको रुपमा इट्टा कारखानाको प्रदुषण हुँदाहुँदै पनि तीनिहरुको सफाई गर्ने कदम चालिएतापनि खासै प्रभावकारी हुन सकेको छैन । तीनिहरूलाई व्यवस्थित गराउनेतर्फ खासै पहल भएको देखिदैन।

३.६ वायु प्रदुषण निवारणमा सरकारी उदासिनता :
•    सरकारी नीतिमा वायु प्रदुषणको समस्यालाई न्युन महत्व दिनु र वायु प्रदुषणलाई सरोकारवालाहरुले हलुका रुपमा ग्रहण गर्दा वातावरीय प्रदुषणका समस्याहरु थप जटिल बनेका छन् । वातावरण मन्त्रालयसँग यस सन्दर्भमा स्पष्ट नीति र कार्ययोजना समेत छैन । प्रभावकारी कार्यन्वयन र नियमनको अभावमा हाल विद्यमान संरचनाहरूको समेत सदुपयोग हुन सकेको छैन।
•    ६ वटा विभिन्न स्थानमा भएका ‘AIR QUALITY MONITORING STATIONमा अहिले ३ वटा स्थानका मात्र संचालनमा भएपनि समय र प्रविधि अनुरुप स्तरोन्नति नगर्दा ति स्टेसनहरु प्रभावकारी छैनन् । ति स्टेसनवाट आएका सुचनाहरू समेत आम मानिसको पहुँचसम्म पुग्न सकेका छैनन ।

४. निष्कर्ष एवम् सुझावहरु :
हालै यल विश्वविद्यालयको ‘Yale 2014 Environment Performance Index’ मा नेपाल १७८ देशहरु मध्ये १७७ स्थानमा परेको छ । माथि उल्लेखित तथ्यहरूले पनि काठमाडौंको वायू प्रदुषणको भयाभह अवस्थालाई चित्रित गरेको छ । तर यदि हामी काठमाडौंको दीगो विकासका लागि चिन्तित हुने हो र वस्नयोग्य काठमाडौं निर्माणका लागि काम गर्ने हो भने यो शहरको गरिमा फर्काउन सकिन्छ । विश्वका केहि समृद्ध र सुन्दर शहरहरू आजको अवस्थामा आउनुपुर्व यस्तै भयाभह दिनहरू पार गरेका थिए । त्यसैले स्वस्थ, स्वच्छ काठमाडौं निर्माणका लागि, काठमाडौंको वायू प्रदुषणको न्युनिकरणका लागि स्पष्ट नीति, कार्ययोजना सहित साझा संकल्प गर्ने हो भने यसको समाधान धेरै जटिल छैन । भएका स्रोत साधन र संरचनाको सहि सदुपयोग गर्ने, वातावरण संरक्षणका लागि आवश्यक नीति र मापदण्ड तयार गरि त्यसको कार्यन्वयन गर्ने, नियमन र अनुगमन गर्ने संयन्त्रलाई प्रभावकारी वनाउने, यातायत, सडक लगायतका संरचना निर्माण गर्दा वातावरण मैत्री बनाउने र काठमाडौंलाई सुरक्षित, व्यवस्थित र दीगो रुपमा विकसित शहर वनाउनका लागि साझा पहलकदमी लिन जरुरी छ । निश्चय पनि यसका लागि दिर्घकालीन रणनीतिक योजना आवश्यक छ । तर कतिपय त्यस्ता कामहरू पनि छन जो तत्काल गर्न सकिन्छ र दीर्घकालीन रुपमा महत्वपुर्ण आधार बन्न सक्छन । त्यस्ता केहि विषयहरूलाई सुझावका रुपमा प्रस्तुत गरिएको छ।

क्र.स. गर्नुपर्ने काम
१. वायू प्रदुषण नियन्त्रणका लागि स्पष्ट नीति र गुरुयोजना वनाउने:
जनसंख्यामा बृद्धि र अव्यवस्थित शहरीकरणसंगै पर्यटकीय गन्तव्यको रुपमा रहेको काठमाण्डौ उपत्यका दक्षिण एसियाका शहरहरु मध्ये सबैभन्दा बढी प्रदुषित शहरहरुको सूचीमा उभिएको छ । अन्तराष्ट्रिय मापदण्ड भन्दा २० गुणा बढी मात्रामा काठमाण्डौंको हावामा प्रदुषणका कणहरू पाइने गरेको तथ्याङ्कले देखाउछ छ ।  यस किसिमको वायु प्रदुषणको नियन्त्रण एउटा व्यक्तिको पहूँच भन्दा बाहिर छ । यसका निम्ति राष्ट्रिय पहल आवश्यक छ । जवसम्म हामीले काठमाडौंको वायुलाई स्वच्छ बनाउन सक्दैनौ यहाँका वासिन्दा प्रत्येक दिन संकटमा बाँच्नुपर्नेछ । तर संसारको सर्वाधिक प्रदुषित शहरमध्ये एकमा पुग्दा समेत काठमाण्डौंको वढ्दो प्रदुषंणलाई नियन्त्रण गर्न आवश्यक नीति र गुरुयोजान समेत बन्न सकेको छैन।
अत:
क. वातावरण प्रदुषणमा प्रत्यक्ष जोडिएको सडक, यातायात, लगायतका क्षेत्रसंग समेत समन्वय गरि काठमाडौंको वायूलाई सक्दो स्वच्छ बनाउन, वायु प्रदुषण नियन्त्रण गर्न र काठमाडौंलाई बस्नयोग्य वनाउन अविलम्व यस सम्वन्धि विशेष नीति र गुरूयोजनाको निर्माण गर्ने।
ख.वातावरण प्रदुषणका मापदण्डहरु समय अनुकुल र अन्तराष्ट्रिय मापदण्ड अनुरुप परिमार्जन गर्ने र हाल विद्यमान नियमहरुको प्रभावकारी कार्यान्वयन गर्ने।
ग.सोहि गुरुयोजनामा आधारित रहेर अन्तराष्ट्रिय मापदण्ड अनुरुप’Clean Air Action Plan’ को तर्जुमा गर्ने र हरेक नगरपालिका र गाविसले मापदण्ड अनुरुप निति र कार्ययोजना वनाउने। सो को कार्यन्वयनका लागि स्पष्ट निर्देशन दिने र अनुगमन संयन्त्र निर्माण गर्ने।
२.सडक संरचना व्यवस्थित गर्ने र धुलो नियन्त्रणका उपायहरूको खोजी गर्ने:
केहि बर्षअघि देखि शुरु भएको काठमाडौंको सडक बिस्तार कार्य योजनावद्ध र व्यवस्थित ढङ्गले नहुँदा र  समयमा नै पुरा हुन नसकेका कारण अहिले काठमाडैंको वायु प्रदुषणको अवस्था थप विग्रन गएको छ । सडक विस्तार योजना वनाउँदा र  कार्यन्वयन गर्दा त्यसले वायू प्रदुषणमा पार्नसक्ने प्रभावलाई ध्यान नदिएको कारण सडक भत्काउदा उत्पन्न धुलो र अव्यवस्थित सडकमा अहिले भइरहेको घन्टौंको जामले वायु प्रदुषणमा थप वृद्धि भइरहेको छ। बाटो निर्माणले ल्याएको धुलो नियन्त्रण गर्न तथा भबिष्यमा धुलो प्रदुषणस्तर कम गर्ने र शहरमा धुलो नियन्त्रणका उपायहरू खोजी गर्नु जरुरी छ । अर्कोतर्फ पछिल्लो समय सडक विस्तार गरिरहँदा पनि हिड्ने र साइकल चालकका लागि मध्येनजर गर्दै सडक विस्तार नगरेका कारण पैदलयात्री र साईकलयात्रीले जोखिमपुर्ण यात्रा गर्नुपरेको अवस्था छ।
अत:
क.सडक विस्तार योजना वनाउँदा र कार्यन्वयन गर्दा त्यसले वायू प्रदुषणमा पार्नसक्ने प्रभावलाई ध्यानमा राखेर निर्माण गर्ने व्यवस्था गर्ने, यसको लागि एउटा Road and Environment Management Plan वनाउनु पर्ने
ख. धुलो कम गर्न निर्माणाधिन क्षेत्रमा चारैतिर धुलो उड्न नपाउने गरि छोपेर निर्माण गर्ने प्रविधिको प्रयोग गर्ने,
ग. सडक विस्तार वा निर्माण अवधि भरि त्यस वाटोमा साईकल वा पैदल यात्री वाहेक अरु सवारि गुड्न नदिने गरि रुट परिमार्जन गर्ने,
घ. सडक निर्माण गर्ने कार्य सुरु गर्न भन्दा अगाडि वजेटको अभाव नहुने गरि योजनावद्ध रुपमा समयतालिका सहित निर्माण कार्य सुरु गर्ने , जति समयमा सक्ने गरि टेन्डर आवह्वान भएको हुन्छ त्यति भन्दा वढी समय लगाउनेलाई कारवाहि गर्ने,
ङ.सबै सडकमा न्युनतम २ मि चौडा फुटपाथको निर्माण गर्ने, व्यस्त शहरि क्षेत्रहरुमा आवश्यकता अनुसार बढि चौडा हुनुपर्ने । फुटपाथ नभएका वा साना भएका सडकहरुको पहिचान गरि फुटपाथको विकास गर्ने,
च.अनिवार्य रुपमा २२-२५ मि सम्म चौडा सडकमा साईकल लेनको व्यवस्था गर्ने गरि सडक सम्वन्धि नियम बनाउनु पर्ने,
छ.सडक छेउ ढलको व्यवस्था राम्रो नहुदाँ पानिले वगाएर लाने धुलो पनि सडक छेउ जम्मा हुने समस्या निराकरण गर्न सडक निर्माणसंगै ढल विकासको कामालाई प्राथमिकतामा राखि अघि बढ्नु पर्ने,
ज.सडक सफा गर्न भनि चाईना सरकारले अनुदानमा दिएको २ वटा अत्याधूनिक ब्रुमर दक्ष जनशक्तिको अभावमा र भत्केका सडकको कारणले गर्दा प्रयोगमा आउन सकेको छैन् । त्यसैले म्यानुअल ब्रुमर हाम्रो जनशत्तिले चलाउन सक्ने र प्रभावकारी हुने हुदाँ म्यानुअल ब्रुमर खरिद गरि तत्काल यसको प्रयोग वढाउने,
झ.सडक उड्ने धुलो कम गर्ने सडक छेउ छाउ हराभरा बनाउने योजनाहरु पनि सडक निर्माणसँगै संचालन गर्नुपर्ने।
३.वायु प्रदुषण कम गर्ने गरी सवारी साधन व्यवस्थापन गर्ने:
अव्यवस्थित सडक र वढ्दो सवारी साधनको चाँपलाई व्यवस्थित गर्न आवश्यक यातायात नीति नहुँदा काठमाडौंको वायु प्रदुषण चुलिएको छ । बर्षेनी सवारी साधनको सङ्ख्यामा बृद्धि भईरहेको छ तर सुबिधाको गुणस्तरमा भने बृद्धि हुन सकेको छैन । सवारी साधनको आधारभुत स्तर तोकिएको छैन । ति मध्य सबैभन्दा बढी हिस्सा मोटरसाईकल, कार, जीप र भ्यानले ओग्ट्छन र थोरौ मात्र सार्वजानिक यातायातले ओगट्छन् । तर विद्यमान नीतिले वढ्दो सवारी साधन नियन्त्रण र यातायात व्यवस्थालाई कसरी व्यवस्थित गर्ने भन्दा पनि निजी सवारी साधनलाई वृद्धि गर्न तर्फ उत्प्रेरित गर्दछ । ति सवारी साधनले धुंवा निस्काशन परिक्षा पास नगर्ने र निश्चित मापदण्ड पुरा नगरि पेट्रोलियम पदार्थ खपत गर्दा निस्कने धुवाँले काठमाण्ठौँको थप प्रदुशित वनाएको छ । सवारी साधनहरुमा उल्लेखनिय रुपमा प्रयोगमा आउने मोटरसाईकल ‘Vehicle Emission Testing (VET)” अन्तर्गत जाँचमा पर्दैनन् । त्यस्तै निश्चित वातावरणीय मापदण्ड पुरा गरेको भनेर दिइने ‘Green Sticker’  प्रभावकारी हुन सकेको छैन । वर्षेनी सवारीको अनुमति पत्र नविकरण हुँदा सवारी साधनको मर्मत संभार भएको नभएको कुरा जाँच नगरिने हुँदा थप समस्या सृजित भएका छन् । सार्वजनीक आवतजावत सहज र व्यवस्थित छैनन । स्कुल, बषपार्क एवं सार्वजनीक स्थल र प्रतिक्षालयहरू धुलो र प्रदुषणरहित एवं सुरक्षित छैनन ।
अत:
क.सार्वजानिक यातायातको सन्दर्भमा:
•  रुटहरुको निर्धारण गरि कुन सडकमा कस्ता गाडी चलाउने भन्ने सम्वन्धमा स्पस्ट नीति बन्नुपर्ने,
•  सार्वजानिक यातायातको गुणस्तर वृद्धिका लागि ठुलो बसहरु भित्राउने र पुराना र साना गाडिहरुलाई विस्थापित गर्ने निती बन्नु पर्ने,
•  सार्वजानिक यातायातलाई निश्चित ठाउ वा स्टप मा मात्र रोकिनु पर्ने नियमको कार्यान्वयन गर्न वस स्टपहरुको संख्या र गुणस्तर वृद्धि गर्ने,
•  ठुला सडकहरुमा ‘Bus Rapid Transit’ (BRT) कोरिडोर निर्माण गर्ने,
ख. सवारी साधन को सन्दर्भमा:
• मोटरसाईकललाई ‘Vehicle Emission Testing(VET)” अन्तर्गत जाँचमा ल्याउने ‘Green Sticker’  को प्रावधान र स्थलगत निरिक्षण प्राभवकारि बनाउने,
• गाडिहरुमा ‘ Fuel Filter ‘ र ‘Air Filter’ को निश्चित मापदण्ड तोकेर अनिवार्य जडान हुनुपर्ने,
• सवारिको अनुमति पत्र नविकरण हुँदा सवारिसाधनको मर्मत संभार भएको नभएको कुरा जाँचगर्ने व्यवस्था हुनुपर्ने,
• डिजेलको सल्फर मात्रामा कमि गर्न पहल गर्नुपर्ने
ग.डिजेल र पेट्रोलको खपत कम गर्ने सन्दर्भमा:
•विद्युतिय गाडि तथा  हाईव्रिड  गाडीहरुको प्रयोग वढाउन, विधुतिय गाडिमा हाल विधमान ४०% करलाई हटाएर अनुदानको व्यवस्था गर्ने ,यसको लागि लाग्ने बजेटको व्यवस्था वातावरण संरक्षण कोषमा जम्मा हुने प्रदुषण कर वाट गर्ने
घ.निजी सवारी साधनलाई निरुत्साहित गर्ने सन्दर्भमा:
• गाडी कति किलोमिटर गुडेको छ, त्यसको आधारमा करको व्यवस्था गर्ने,
•शहरी क्षेत्रमा गरिने पार्किंङ शुल्क वढाउने,
•निजी सवारी साधन प्रयोगकर्ताहरूका लागि कम्तिमा महिनाको १ दिन आफ्नो सवारी साधनमा नहिड्न र यसको विकल्पमा हिड्ने, साईकल वा सार्वजानिक यातायात को  प्रयोग गर्न प्रोत्साहन गर्ने,
४.वातावरण प्रदुषण न्यूनिकरणका लागि पर्याप्त वृक्षारोपणको नीति अवलम्वन गर्ने:
काठमाडौंको धुलो नियन्त्रण गर्ने र वढ्दो वायु प्रदुषण विरुद्ध लड्ने एउटा उपयुक्त उपाय भनेको यथेष्ट रुख रोप्नु नै हो तर यस्तो कार्यक्रम प्रभावकारी हुन सकेको छैन । काठमाडौंमा रहेको सार्वजनीक जमिन लामो समयदेखि दुरुपयोग गरिदै आएको छ तर वातावरण संरक्षणका लागि उपयोग हुन सकेको छैन । ३० लाख भन्दा बढि मानिसहरू वस्ने, ५० बर्ग कि.मि.मा फैलिएको काठमाडौंमा हरिया सार्वजनिक स्थान भने २ वर्ग कि.मि भन्दा कम क्षेत्रफलमा छन । भएका पार्कहरू पनि पुनस्थापना र विस्तार हुन सकेका छैनन भने पार्क निर्मानको कुनै स्पष्ट योजना छैन । वाटो विस्तारका क्रममा ढालिने रुखको प्रतिस्थापनका वारेमा पनि त्यति चासो दिईएको पाईदैन । रुख रोप्ने नीति र कार्यक्रम प्रभावकारी हुन सकेका छैनन।
अत:
क. काठमाडौं उपत्यकामा रहेको सार्वजनीक जमिनलाई हरित क्षेत्रको रुपमा विकास गर्न पार्क निर्माण गर्ने,
ख. काठमाडौं उपत्यकाका प्रत्येक वडामा कम्तिमा एउटा पार्क निर्माणको नीति वनाउने,
ग. हाल अस्तित्वमा रहेका पार्कहरूको पुनस्थापना र विस्तार गर्ने,
घ. ’प्रति घर दुई रूख’ को अबधारणालाई प्रभावकारी रुपमा कार्यन्वयन गराउने,
ङ. विद्यमान नियम अनुसार महानगरपालिकाले घर सम्पन्न भएको प्रमाण पत्र प्रदान गर्दा घरमा न्यूनतम २ वटा रुख रोपिएको हुनुपर्ने भएता पनि सो नियम प्रभावकारी रुपम कार्यन्वयन हुन सकेको छैन। त्यसको प्रभावकारी कार्यन्वयन गर्न घर सम्पन्न भएको प्रमाण पत्र अनिवार्य रुपमा लिनुपर्ने र किनवेच गर्दा अनिवार्य पेश गर्नु पर्ने नियमको व्यवस्था गर्ने,
च.घर भत्काउने र पुनः निर्माण गर्ने कार्य तिब्र गतिमा भइराखेको तर त्यसले निम्ताउने धुलोको व्यवस्थापन गर्न निर्माण कार्य भएका ठाउँहरु पूर्ण रुपले छोपेर संचालन गर्नु पर्ने व्यवस्था गर्ने,
छ.शहरी बगैंचा विभागमार्फत स्थानीय समुदायको सहकार्यमा बगैचा स्वच्छ, सफा र सुरक्षित बनाउने,
ज. स्थानीय निकाय, जनसमुदाय र सरकारको सहकार्यमा शहरी वनको अवधारणा विकास गर्ने र प्रवर्द्धनका लागि निश्चित संयन्त्र निर्माण गर्ने,
झ. बाटो बिस्तार योजनामा काटिएका पुराना रूखहरूलाई प्रतिस्थापन दिन कम्तिमा एकको वदला दुईका दरले एउटा वृक्षारोपण गर्ने नीति लिने।
५ प्रदुषण नियन्त्रणका लागि सरकारी विशेष अग्रसरता लिने:
क.  AIR QUALITY MONITORING STATION’ लाई समय र प्रविधि अनुरुप स्तरोन्नति गर्दै यसको सङ्ख्यामा बृद्दि गर्नु पर्ने र सवै खालका प्रदुषको मापन गर्न सक्ने उपकरणको प्रयोग गर्ने,
ख. जनचेतनाका कार्यक्रमहरु बृहत रुपमा संचालन गरिनुपर्ने,
ग. पि.एम.10 को मात्राको ११ प्रतिशत इट्टाभट्टाले ओगटेको तथ्याङ्कले देखाउछ । अत तीनिहरुको सफाई गर्ने कदमलाई व्यवस्थित र प्रभावकारी वनाउन पहल गर्ने।
घ.वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण संरक्षण कोषलाई छुट्टै वजेटको व्यवस्था गर्ने र अर्थ मन्त्रालय अन्तर्गत केन्द्रीय राजस्वमा जम्मा हुने प्रदुषण करलाई यस कोषमा समावेश गरि योजनावद्ध वातावरण प्रदुषण न्युनीकरण गर्न खर्च गर्ने। (हाम्रा कुरा डट कम बाट)

Share on Twitter Share on Facebook