केटीलाई राहदानीमा केटा बनाइदिएपछि.....

काठमाडौं । राहदानी बनाउन दिएको फोटोमा युवती झल्कने प्रष्ट तस्बिर छ । नागरिकतामा स्पष्टसँग लिङ्ग खुलाइएको छ । तर पनि राहदानी बनेर आउँदा लिङ्गमा किन ‘मेल’ अर्थात पुरुष जनिनेगरी ‘M’ लेखेर राहदानी आउँछ ? यो सम्बन्धित निकायको चमर लापरबाहीको नमुना हो । अर्जेन्ट भन्दै बैतडी जिल्ला प्रशासन कार्यालयमा दश हजार रुपैयाँ तिरेर पासपोर्ट बनाउन दिएको निवेदन पासपोर्ट बनेर आउँदा गल्ती आयो भने मान्छेलाई कस्तो तनाव महसुस हुन्छ ? जोसुकैले अनुभव गर्न सक्नछ । यस्तै घटना एक जना तेक्वान्दो खेलाडिलाई परेको छ । कोरियामा हुन लागिरहेको आठौं विश्व तेक्वान्दो कल्चरल एक्पो प्रतियोगितामा सहभागि हुन जान लागेकी तेक्वान्दो खेलाडि बसन्ती बोहरालाई परेको पीडा हो यो । बसन्ती रक्षा तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै कोरियातर्फ जान लागेकी हुन् ।

                बैतडी जिल्ला प्रशासन कार्यायलमा निवेदन रुजु गर्ने अधिकृत र सदर गर्ने जिल्ला प्रशासन कार्यालय प्रमुखले समेत चिया गफमा काम गर्दा सर्वसाधारणलाई यस्तो दु:ख हुने गरेको छ । पासपोर्ट बनेर आउँदा गल्ती आउने घटना यो पहिलो भने होइन् । त्यसमाथि पनि नागरिकतामा स्पष्टसँग लिङ्ग खुलेको हुन्छ । त्यो हुँदाहुँदै कसरी गल्ती हुन्छ ? पीडितका अभिभावक प्रश्न गर्छन् । दश हजार तिरेपछि बैतडी जिल्लाबाट सिफारिस भई परराष्ट्रले द्धुतगती ढोकाबाट तयार पारिएको उक्त राहदानी अप्रिल २७, २०१४ मा जारि भएको हो । जसको सकिने म्याद अप्रिल २६, २०२४ सम्म रहेको छ । बसन्तीले दश हजार तिरेर बनाएको पासपोर्टमा फिमेल लेखिनुको सट्टा मेल लेखिएको छ । बसन्तीले उक्त पासपोर्ट बोकेर नेपालस्थित कोरियन एम्बेसीमा भिषा निवेदन दिइन् । भिषा लिने बेलामा मात्र बसन्तीलाई थाहा भयो कि पासपोर्टमा गल्ती रहेछ । तर पनि बसन्तीलाई कोरियन एम्वेसीले गल्ती देख्दादेख्दै सुधार गरेर ल्याएपछि सच्याईदिने भन्दै भिषा दियो । यो घटनालाई खेलप्रेमी खेलाडिप्रति कोरियन एम्वेसीले देखाएको सद्भाव मान्न सकिन्छ । भिषा नदिएको भए बसन्तीको उक्त प्रतियोगितामा सहभागि हुन गरेको मेहनत र तेक्वान्दो खेल खेलेर देशको लागि मेडल ल्याउने ईच्छा सायद त्यतिकै जाने थियो । बसन्तीसँगै नेपालबाट उक्त प्रतियोगितामा सहभागि हुन अन्य ६ जना खेलाडि पनि त्यसतर्फ जाँदैछन् । उक्त प्रतियोगिता जुलाई ४ बाट सुरु भई ७ सम्म चल्नेछ । मुलुकमा राहदानी जस्तो वितरण गर्ने संवेदनशिल निकायबाट हुने यस्ता कमिकमजोरीका कारण सास्ती भने सर्वसाधारणलाई नै हुने गरेको छ ।    

Share on Twitter Share on Facebook