तेरिया बनिन् डान्स इन्डिया डान्सको स्टार

काठमाडौं । नेपाली १२ वर्षिया बालिका तेरिया फैजामगरले भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ को उपाधि चुम्न सफल भएकी छिन् । शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ बर्षिया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हासिल गरेकी हुन् ।  उपाधीस“गै तेरियाले भारतीय रुपैया“ ५० लाख रुपैया“ र एउटा शानदार कारसमेत पाएकी छिन् । नेपालीभूमिबाट यति ठूलो धनराशीको पुस्कारसहित जित हासिल गर्ने तेरिया अहिलेसम्मकै भाग्यमानी र पहिलो भएकी छिन् ।

त्यस्तै दक्षिण बंगालकी ८ बर्षिय अनुश्का क्षेत्री दोस्रो भइन् । उनी पनि भारतीय मुलकी नेपाली हुन् । विगत पा“च महिनादेखि भारतको मुम्बईमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पा“चबाट छनोट भई डान्स इन्डिया डान्सको ग्राण्ड फाइनलमा प्रवेश गरेकी थिइन् । नेपालीभूमीमा हुर्किएकी १२ बर्षिया तेरिया फौजा मगरलाई जिताउन सारा नेपालीले भोटमार्फत सहयोग र समर्थन गरेका थिए ।

Share on Twitter Share on Facebook