५ बर्षे जेल यात्रा सकेर चक्रे छुट्दै

काठमाडौं । राजधानीमा शक्तिशाली गुण्डाहरुका नाईकेको रुपमा चिनिएका मिलन गुरुङ उर्फ चक्र्रे अगाडि परे ‘मैं हुुँ’ भन्ने अर्का गुण्डाका नाईके राजीब गुरुङ उर्फ दिपक मनाङ्गे कै निद हराम हुने गर्छ । तर, यहाँ उठाउन लागेको प्रसङ्ग भने अकै छ । लुटेरा हुँदै ट्याक्सी चालकबाट करोडपति बनेका काभ्रेका बिरेन्द्रलाल श्रेष्ठले नै लागूऔषध हाल्न लगाएर चक्रे मिलनलाई फसाएको रहस्य उजागर भएको छ । चक्रेलाई फसाएर आफू राजधानीको शक्तिशाली दलाल भएको पुष्टि गर्न उनले तत्कालिन डीएसपी जगतमान श्रेष्ठलाई प्रयोग गरेका थिए । कारण थियो, ५ वर्ष अघि चक्रे मिलन र उनका भाई तेजेन्द्र गुरुङसँग लिएको ५० लाख रुपैंयाँ श्रेष्ठले समयमा फिर्ता गर्न नसक्नु । स्रोतका अनुसार तत्कालिन समयमा चक्रे मिलनले लिएको रकम तत्काल फिर्ता गर्न दलाल श्रेष्ठलाई अल्टिमेटम् दिएका थिए । तोकिएको मितिमा फैसा फिर्ता नगरे ज्यानैलिनेसम्मको धम्की गुण्डाका नाईके चक्रेले दिएपछि उनलाई फसाउने षड्यन्त्र सुरु भएको थियो ।

चक्रेको धम्कीसँगै श्रेष्ठले तत्कालिन आईजीपीका विशेष घुमुवा टोलीको प्रमुख डीएसपी जगतमान श्रेष्ठलाई दलाल श्रेष्ठले गुहार मागे । एक दर्जन मुद्दामा फरार रहेका चक्रेलाई लागूऔषध हालेर फसाउन डीएसपी श्रेष्ठ राजि भए ।  डीएसपी श्रेष्ठले लागूऔषध हालेर फसाउन लागेको सूचना पाउना साथ चक्रे मिलन भागेर बुटवल पुगेका थिए । चक्रे भागेको खबरसँगै उनको टोली पिछा गर्दै बुटवल नै पुगेको थियो । जब चक्रे होटलमा रहेको सूचना  डीएसपीले पाए, त्यसपछि चक्रे भाग्दै गर्दा डीएसपी श्रेष्ठले हतियार र लागूऔषध उनको साथबाट बरामद भएको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे ।
एक दर्जन मुद्दामा फरार रहेका गुण्डाका नाईके चक्रे अन्य मुद्दामा भने अदालतबाट सफाई पाइसकेका छन् । डीएसपी श्रेष्ठले फसाएको लागूऔषध मुद्दामा भने चक्रेलाई ५ बर्ष कैद भएको थियो । हाल उनी जेलमा कैदी जिवन विताइरहेका छन् । चक्रे ५ बर्ष कैद पुरा गरि आगामी साउन २० मा जेल मुक्त हुँदैछन् । बिबादास्पद छवि बनाएका तत्कालिन डीएसपी श्रेष्ठले दलाल श्रेष्ठको सहयोगमा करौंडौ रुपैयाँ  कमाउन पनि सफल भएका छन् । क्यासिनोमा जुवाडेलाई पैसा लगानी गर्ने दलाललाई फोनमार्फत लागूऔषध हालिदिउँ कि पैसा दिन्छस् भन्दै धम्क्याउने गर्थे । चक्रे मिलनलाई लागूऔषध हालेर फसाएपछि श्रेष्ठसँग राजधानीका अन्य गुण्डाका नाईके समेत त्रसित बनेका थिए । यसको फाईदा उठाउँदै श्रेष्ठले काभ्रेली डनहरुसँग राम्रो महिनावारी बुझ्ने गरेका थिए । क्यासिनोमा लगानी गर्ने गरेको आरोपमा काभ्रेली समुहका गुण्डा धावा लामालाई रोयल क्यासिनोमा पक्राउ गर्न पुगेका श्रेष्ठको टालीले लामालाई फरार भएपछि उनले प्रयोग गर्ने कियाको पिकान्टो गाडी बरामत गरेका थिए । सो गाडी श्रेष्ठले नगरप्रहरीमा राखि ५ लाख रुपैयाँ नजराना गरेपछि छाडेका थिए । तिनै श्रेष्ठ बढुवा भई हाल भक्तपुर परिसरमा कार्यारत रहेका छन् । मिटरब्याजका बादशाहको रुपमा चिनिएका दलाल श्रेष्ठका कामदारका रुपमा एकताका सोभित सिलवाल चिनिन्थे । उनैमार्फत एसपी श्रेष्ठले क्यासिनो खेल्ने जुवाडेलाई मिटरब्याजमा लगानी गर्ने दलालहरुको सूचना संकलन गरि बार्गेनिङ गर्ने काम समेत उनले गर्थे । बेलाबेलामा गुण्डाहरुलाई चक्रेको उदाहरण दिँदै महिनावारी उठाउने काममा समेत उनी पोख्त बनेका थिए ।

Share on Twitter Share on Facebook