कानूनको दुरुपयोग गर्दै नागरिकलाई थुन्दै एसपी अमात्य

सप्तरी । पत्रकार दिपेन्द्र झाले सामाजिक सञ्जाल फुसबुकमा ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ शीर्षकमा लेखेको समाचार राखे । सामान्य ब्यापार–ब्यवसाय गर्ने सप्तरीका अब्दुल रहमानले उक्त समाचारको कमेन्ट लेखे, ‘के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपर्छ, त्यो पनि ५०,०००।’ उक्त कमेन्टका लेखेकै कारण कानूनको अपब्याख्या गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी दिनेश अमात्यले विद्युतीय कारोबार ऐन अन्तर्गत उनलाई मुद्दा चलाए । यतिखेर सोही विषय ‘हट न्यूज’ बनेको छ । सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको उक्त प्रकरणले ठूलै रुप लियो । कानूनको अपब्याख्या गर्दै कानूनका रक्षकले नै आफ्नो विरोधी सिध्याउन कानूनको दुरुपयोग कसरी गर्छन भन्ने कुरा उक्त प्रकरणपछि उदाङ्गो भएको छ । रहमानलाई एसपी अमात्यले अनुसन्धानको नाममा अदालतबाट म्याद थप गरि १७ दिनसम्म अवैध थुनामा राखेपछि मात्र काठमाडौं जिल्ला अदालतमा पेश गरेका थिए ।

कारण थियो, विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा काठमाडौं जिलला अदालतले मात्र हेर्छ । काठमाडौं जिल्ला अदालतले रहमानलाई पेश गरेको भोलीपल्ट पाँच हजार धरौंटीमा रिहा गरिदिएको छ । शाही शासन कालमा समेत अभिब्यक्ति स्वतन्त्रतामाथि त्यति धेरै अंकुश लगाइएको थिएन् । आफूविरुद्ध बोल्ने एक युवकलाई सिध्याउन सप्तरीका एससी अमात्यले भने त्यो भन्दा चर्को शासक बने । यतिखेर, उनले गरेको अवैध कामको चौतर्फी विरोध र आलोचना भइरहेको छ । तर अमात्यलाई भने प्रहरी प्रधान कार्यालयले सामान्य स्पष्टीकरण समेत सोधेको छैन् । आफूविरुद्ध बोल्ने जो–कोहीलाई तह लगाउने नाममा प्रहरीले त्यसरी नै कानूनको दुरुपयोग गर्न थाल्यो भने भोली जो–कोही त्यसको सिकार नबन्ला भन्न सकिन्न । विद्युतीय कारोबार ऐनको अपब्याख्या यसअघि पनि प्रहरीले गरिसकेको छ । आधा दर्जन भन्दा बढी पत्रकारहरु नै त्यसको सिकार भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंकै रेकर्डबाट देखिन्छ ।

जिल्ला प्रहरी सप्तरीले विद्युतीय कारोबार ऐन अन्तर्गत रहमानलाई मुद्दा चलाउने नै भएको हो भने पनि पक्राउ गरेको २४ घण्टाभित्र काठमाडौँ जिल्ला अदालतमा पेश गर्नु पथ्र्यो । अदालतबाट थप हिरासतमा राख्न अनुमति लिएर सरकारी वकिलमार्फत् मुद्दा दायर गर्नुपथ्र्यो । तर सप्तरी एसपी अमात्यले त्यसो गरेनन्, बरु गैरन्यायिक थुनामा रहमानलाई १७ दिनसम्म राखे । अवैध थुनामा राखेका सम्वन्धमा एक अनलाइनमा अन्र्तवार्ता दिँदै एसपी अमात्यले अदालतको आदेशले थुनामा राखेको हास्यास्पद भनाई राखे । उता विद्युतीय ऐनको गलत ब्याख्या गरेर सिधा–सोझालाई फसाउन पल्केका तिनै एसपी अमात्यको राजधानीका क्यासिनोमा अवैध लगानी गर्ने दलाल, गुण्डा र तस्करसँग राम्रो उठवस रहेको छ । स्रोतका अुनसार अमात्यको क्यासिनोमा लगानी गरि कानूनले बर्जित गरेको ब्याज असुल गर्ने सोभित सिलवाल, बलराम सापकोटा उर्फ बले, विरेन्द्रलाल श्रेष्ठ जस्तासँग उठवस छ । एकताका राजधानीमा क्यासिनो ब्यवसाय फस्टाएको बेला श्रेष्ठले उनीहरुलाई लगानी गर्न लाखौं रकम दिने गरेका थिए । सोबापत उनले राम्रो ब्याज लिने गरेका थिए । लोकतन्त्र भएको मुलुकमा शाही कालमा नभएको अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने र कानूनको गलत ब्याख्या गरेर विद्युतीय कारोबार ऐन अन्तर्गत सर्वसाधारणलाई थुन्ने एसपी अमात्यमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरि कारवाही नगरे उनी थप भ्रष्ट र नैतिकहिन हुने यो घटनाले प्रष्ट पारेको छ ।

Share on Twitter Share on Facebook