बलात्कार गरेपछि ५ लाख रुपैयाँको प्रस्ताब...

काठमाडौं । आफ्नै रेष्टुरेन्टमा कार्यरत युवतीलाई बलात्कार गरेको अभियोगमा जेल चलान भएका अभियुक्तले पीडीतलाई मुद्दा फिर्ता दबाब दिएका कारण पीडितले बयान नै परिवर्तन गरेको रहस्य खुलुको छ । मुद्दा पुर्पक्षका लागि जेल भएका चाबहिलस्थित ‘यू क्यान सी’ डान्स रेष्टुरेन्टका सञ्चालक नबिन भन्ने बीरबहादुर बुढाथोकीले पीडीत युवतीलाई धम्क्याउने गरेको पीडितका परिवारले बताएका थिए । मुद्दा फिर्ता लिन दबाब दिँदै आएका बुढाथोकीले बयान परिवर्तन गरेपछि पीडितलाई ५ लाख रुपैयाँ दिने प्रस्ताव पठाएका थिए । बुढाथोकीले आफ्नो गिरोह लगाएर मुद्दा फिर्ता गर्न पीडीत नुवाकोटकी रिता राई (परिवर्तित नामर्) र उनका परिवालाई धम्की दिइरहेका थिए । जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएपछि अभियुक्त बुढाथोकी दुई महिनादेखि सरदखोर डिल्लीबजारमा छन् ।

   सञ्चालक बुढाथोकीले ‘यु क्यान सी’ नामक डान्स रेष्टुरेन्टमा कार्यरत वेटर राईलाई तलब दिन भन्दै एक होटलमा बोलाएर बैशाख १४ गते बलात्कार गरेका थिए । थुनछेक बहसका क्रममा अदालतले उनलाई थुनामै राखेर प्रमाण बुझ्ने आदेश गरेपछि उनी जेल चलान भएका थिए । सदरखोर दिल्लीबजारमा रहेका बुढाथोकीले उनका आफन्त दिल्लीबहादुर बुढाथोकी, केदार बुढाथोकी, हेमबहादुर बुढाथोकी र  उनको सालो नाता पर्ने सुमन अधिकारीलाई फोन गर्न लगाई ५ लाख दिन्छौं, मुद्दा फिर्ता गर भनिरहेका थिए । पीडित राईका अनुसार मुद्दा फिर्ता नलिए ज्यानै लिनेसम्मको धम्की समेत उनीहरुले दिइरहेका थिए । उनीहरुले फोनमार्फत बकपत्र हुने दिन अदालतमा आएर बयान फेर्न दबाब दिइरहेका थिए भने बयान नफेरे पैसा खुवाएर भए पनि मुद्दा मिलाई छाड्ने बताउँदै आएका थिए । अदालतबाट छुटेपछि ठिक पार्छु भन्दै धम्क्याउने गरेको पीडित राईले बताएकी थिइन् । ज्यान मार्नेसम्मको धम्की आउन थालेपछि राईले शान्ति सुरक्षाको माग गर्दै पुन: जिल्ला प्रशासन कार्यालयमा गत २६ जेठमा उजुरी दिएकी थिइन् । अभियुक्त बुढाथोकीको साँठगाँठमा दिल्लीबहादुर बुढाथोकी, केदार बुढाथोकी, हेमबहादुर बुढाथोकी र  उनको सालो नाता पर्ने सुमन अधिकारीले फोनमार्फत मुद्दा फिर्ता नगरे मारिदिने भन्दै धम्की दिएकाले जीउज्यानको सुरक्षा पाउँ भन्दै राईले उजुरी हालेकी थिइन् । बलात्कार हुनु तीन साता पहिलेदेखि मात्र पीडित युवती राई उक्त डान्स रेष्टुरेन्टमा काम गर्न थालेकी थिइन् । पीडित राईका अनुसार खर्चको अभाब भएपछि सञ्चालक बुढाथोकीसँग राईले पेश्की तलब माग्दा भोली १० बजे फोन गरेर लिन आउ भनेका थिए । भोलिपल्ट फोन गर्दा बुढाथोकीले गोंगबुस्थिच होटलमा बोलाएर राईलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बुढाथोकीको समुहले पीडीत राईलाई असार ११ गते अदातलमा बकपत्रमा उपस्थित भएर मुद्दा फिर्ता अर्थात ‘होस्टाईल’ गर्न धम्की दिइरहेको बलात्कृत राईले बताएकी थिइन् । सोही योजना मुताविक सरकारी वकिलको मिलेमतोमा बयान परिवर्तन भएको छ । सरकारी वकिल कार्यालयले बयान होस्टाइल भएको जनाएको छ । तर, आर्थिक चलखेल बारे कसैले मुख खोल्न चाहेनन् । साविक बयान परिवर्तनसँगै अब अपराधि अदालतबाट छुट्ने छन् भने पीडितले डर, त्रास र पैसामा चित्त बुझाउनु पर्ने भएको छ । राईकी मुद्दा हेरेका सरकारी वकिलले विशेष चासोको साथ उक्त मुद्दा हेरेका कारण उनले राईको मुद्दा हेर्ने न्यायाधीशको नाम समेत बताउन चाहेनन् । बुढाथोकीलाई सरकारी पक्षले मुुलुकी ऐन जर्बजस्ती करणी महलको १,३ र ४ नम्बर बमोजिम अपराध गरेको ठहर गर्दै सोही महलको ३ को ४ बमोजिम सजाँय १० बमोजिम क्षतिपूर्ति भराई दिर्ने पर्ने माग राखेको थियो ।

Share on Twitter Share on Facebook