सूची संसोधनले प्रहरीमा दु:खी भन्दा खुसि हुने बढी

रोशन पाण्डे / काठमाडौं । व्रिफकेशको आधारमा सिफारिस भएको बढुवा अन्तत: संसोधन हुने भएपछि नेपाल प्रहरीको मातहतमा खुसियाली छाएको छ । नेपाल प्रहरीमा काम गर्नेलाई भन्दा नातावाद, कृपावाद, चाकडी र व्रिफकेश लेनदेनको आधारमा बढुवा सिफारिस हुन थालेपछि प्रहरीभित्र ठूलो असन्तोष बढेको थियो । लोक सेवा आयोगको छानविन समितिले बढुवा सिफारिसलाई संसोधान गरेपछि उक्त अन्योल तत्कालका लागि हटेको छ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारको क्रममा अमेरिकामा रहेकाले उप तथा गृहमन्त्री बामदेव गौतमलाई कार्यावहाक प्रधानमन्त्री दिन काँग्रेसले सहमति जनाएको छ । स्रोतका अनुसार हप्तौंसम्म रोकिएको कामकाजको गाँठो फुकाउन र सरकारको महत्वपूर्ण काम सुचारु गर्न मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

तर आज बस्ने मन्त्रिपरिषद्को बैठकमा नेपाल प्रहरीको महिनौसम्म रोकिएको बढुवा बारे निर्णय नहुने बताइएको छ । व्रिफकेश काण्डका कारण बढुवा सूचीमा परेका डीआईजीहरुको नाम आयोगले पुन: संसोधन गरेपछि बष्ठिता रोलक्रम अनुसार दुई नम्बरमा रहेका डीआईजी नारायण बस्ताकोटी, सातौं नम्बरमा रहेका गणेश राई र यादव अधिकारी बढुवा सूचीमा थपिएका छन् । बरिष्ठता र रोलक्रम मिचेर हुने बढुवाले प्रहरीको चेन अफ कमाण्ड नै लथालिङ्ग हुने संभावना बढेको थियो । जसका कारण मातहतका योग्य, दक्ष र अनुभवी प्रहरी अधिकृतहरुले खुलेर नै असन्तुष्टि जाहेर गरिरहेका छन् । स्रोतका अनुसार प्रहरीको नयाँ बढुवा नियमावली निश्चित स्वार्थी प्रहरी अधिकृतका लागि मात्र भलो हुने किसिमबाट बनेको भन्दै भित्रभित्रै विद्रोहको आवाज सुनिन छ । प्रहरीको नियमावली २०७१ मा नियम बढुवा उजुरी सम्वन्धी ब्यवस्था बारे स्पष्ट उल्लेख गरिएको छ । बढुवा सिफारिस भएको मितिले सात दिनभित्र बढुवा उजुरी सुन्ने निकायमा उजुरी गर्न सकिने छ भने छानविन गरेपछि संसोधन गरिएको बढुवा सिफारिस सूची कुनै पनि निकायले थपघट गर्न पाउँदैन् । सोही प्रक्रिया र नियम अनुसार बढुना भएको खण्डमा डीआईजी बस्तोकोटी, राई र अधिकारीको भाग्य चम्किने निश्चित छ ।  

Share on Twitter Share on Facebook