यस्तो छ खुफिया एजेन्सी ‘रअ’को खेल नेपाल प्रहरीमा

काठमाडौं । भारतीय गुप्तचरी संस्था ‘रअ’ले आफ्नो नाजायज क्रियाकलाप सञ्चालन गर्न सवैभन्दा बढी नेपाल प्रहरीलाई प्रयोग गर्ने गरेको खुलासा भएको छ । आफ्नो अवैध गतिविधि सञ्चालन गर्न र नेपाल सरकारको सूचना चुहाउन प्रहरीको बढुवा–सरुवामा समेत उसले आफूले इच्छाएको ब्यक्ति बनाउने गरेको छ । स्रोत भन्छ,‘हालै भएको डीआईजी बढुवा सिफारिसमा समेत सात मध्ये दुई जना ‘रअ’ले चाहेको ब्यक्ति परेका छन् ।’ पछिल्लो समयमा ‘रअ’ सँग सवैभन्दा बढी निकट रहनेमा डीआईजी विज्ञानराज शर्मा र सुरेन्द्रबहादुर शाह रहेका छन् । एकताका डीआईजी राजेन्द्रसिंह भण्डारीलाई समेत ‘रअ’ले परिचालन गर्ने गरेको सञ्चारमाध्यामबाट नै सार्वजनिक भइसकेको छ । स्रोतका अनुसार ‘रअ’ ले सार्वजनिक पहिचान र विवादमा पर्ने वित्तिकै आफ्नो लागि काम गर्ने नयाँ एजेन्ट खोज्न थाल्छ ।

सार्वजनिक रुपमा नै भण्डारीको असली अनुहार युनुस अन्सारी हत्या प्रयास काण्डमा मुछिएपछि उनको विवादास्पद छविका कारण ‘रअ’ ले नयाँ शिकार खोज्ने योजना मुताविक अन्य डीआईजीमाथि आँखा लगाएको हो । अन्सारी भारतीय जाली नोटको कारोबारी गरेको अभियोगमा जेलमा सजाँय काटिरहेका छन् । डीआईजी भण्डारीले ‘रअ’ को निर्देशनमा केन्द्रिय कारागारभित्र नै यूनुसलाई गोली हान्ने चाँजोपाँजो मिलाएको युनुसका बाबुले सार्वजनिक रुपमा नै खुलासा गरेका थिए । तत्काल डीआईजी भण्डारी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा हुँदा नै अन्य ठूला–ठूला आपराधिक काण्ड मच्चिएको थियो । एजेन्टको पहिचान खुल्ने वित्तिकै ‘रअ’ ले नयाँ ब्यक्तिको खोजी गर्ने गरेको अवकाश प्राप्त एक एआईजी समेत बताउँछन् । विभिन्न आपराधिक सूचना आदान–प्रदान गर्ने उदेश्यले गुप्तचरी गर्ने निकायका ब्यक्तिले विभिन्न ब्यक्तिसँग सम्वन्ध राख्नुलाई भने उनी नाजायज मान्दैनन् ।

पछिल्लो समयमा डीआईजीद्धय शर्मा र शाहको नाम समेत खुफिया एजेन्सीसँग जोडिएपछि ‘रअ’ अन्य डीआईजीलाई प्रयोग गर्ने रणनीतिमा लागेको थियो । तर डीआईजी बढुवा अन्योलमा परेसँगै ‘रअ’ को रणनीति पनि फेरिएको स्रोतको दावी छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ ले नेपाल प्रहरीका तल्लोस्तरका प्रहरी अधिकृतहरुसँग पनि राम्रो सम्वन्ध विस्तार गरिसकेको छ । राजनीतिककर्मीलाई प्रयोग गर्दा गोपनियता भंग हुने तथा उसले भने अनुसार प्रयोग गर्न कठिनाई हुने देखेंपछि विगत केही बर्ष यतादेखि ‘रअ’ नेपाल प्रहरीमा घुसेको हो । नेपाली सेनामा बाहेक भारतीय खुफिया एजेन्सी ‘रअ’ नछिरेको सायद कुनै पनि सुरक्षा अंग छैन् ।
किन प्रयोग गर्छ ‘रअ’ले प्रहरीलाई ?

  • भारतीय अर्थतन्त्रलाई नै असर पार्ने खालको गतिविधि रोक्न तथा नेपालीभूमिलाई सेल्टर बनाएर भारतीय जाली नोटको कारोबार गर्ने गिरोह  मेटाउन, पक्राउ गर्न र परेको खण्डमा हत्या गर्न समेत ‘रअ’ले नेपाल प्रहरीको सहयोग लिने गर्छ ।
  • भारतीय कुख्यात अपराधी नेपालमा सेल्टर लिने भएकाले पक्राउ गरि सुदुर्पगी गराउने उदेश्यले नेपाल प्रहरीलाई प्रयोग गर्ने गरेको छ । पछिल्लो समयमा भारतीय अपराधी पक्राउ गर्दै भारतलाई बुझाउने प्रहरीमा होडबाँजी नै चलेको छ । तर बदलामा भारतीय पक्षले समेत नेपाललाई भारतमा लुकेर बसेका अपराधी पक्राउ गर्न सहयोग गरि बुझाउन थालेका छन् । पछिल्लो उदाहरण कुख्यात अपराधी रमेश बाहुन हुन् । नेपाल–भारत सुदुर्पगी सन्धि नभएका कारण कुनै पनि अपराधी दोस्रो मुलुकमा हस्तान्तरण गर्नुलाई गैरकानूनी मानिन्छ । 
  • गुहप्रशासन अन्तर्गत सुरक्षा सम्वन्धि मुख्य–मुख्य सूचना चुहाउन पनि नेपाल प्रहरी विश्वासिलो माध्याम हुने भएकाले ‘रअ’ले प्रयोग गर्ने गरेको छ । 
  • नेपालमा सञ्चालित नेपाली उद्योग, कलकारखाना र ब्यवसायलाई धरापमा पार्न ५० प्रतिशतसम्म सस्तोमा सोही प्रकृतिका सामाग्री उत्पादन गरि नेपाल पठाउने काम गर्छ । जब नेपालका ब्यवसायी पलायन हुन्छन्, त्यसपछि कामै नलाग्ने उत्पादन नेपाल पठाई परनिर्भरता सृजना गर्ने काम समेत ‘रअ’ले गर्ने गरेको छ ।
  • भारतीय खुफिया एजेन्सी ‘रअ’ले आफ्नो मुलुकको हितका लागि अनुकुल निर्णय गराउन प्रधानमन्त्री, मन्त्री र सचिवलाई समेत परिवर्तन गर्ने काम गर्दै आएको छ ।
  • नेपालको शिव सेनालाई समेत ‘रअ’ले आफू अनुकुल प्रयोग गर्ने गरेको नेपालको खुफिया एजेन्सी राष्ट्रिय अनुसन्धान विभागको गोप्य प्रतिवेदनमा उल्लेख छ । 
  • झिनामसिना उदेश्य भन्दा बाहेक ‘रअ’ को प्रमुख उदेश्य नेपालमा नेपालको अस्तित्व मेटाउन र सिक्कीमीकरणतिर धकेल्नु रहेको छ ।
Share on Twitter Share on Facebook