अन्तिम वार खेल्ने डन चक्रेको ईच्छा

काठमाडौं । लागूऔषध मुद्दामा सजाय भुक्तान गरि जेलबाट बाहिरिन लागेका डन मिलन गुरुङ उर्फ चक्रे मिलन जेलबाट नै सम्पत्ति शुद्धीकरण मुद्दाको धरौंटी रकम मिलाउन लागीपरेका छन् । लागूऔषध मुद्दामा आगामी साउन २० गते अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरि चक्रे बाहिर आउन लागेका हुन् । अकुत सम्पत्ति कमाएको आरोपमा बिशेष अदालतले चर्केसँग एक करोड ९० लाख धरौंटी माग गरेको थियो । उक्त रकम बराबर चक्रेले अदालतमा धरौंटी जम्मा नगरे उनी फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा जानु पर्ने हुन्छ । धरौंटी बराबरको जग्गा राख्न डन चक्रेका सहयोगी यतिखेर जग्गा खोज्दै हिडेका छन् ।

चक्रे मिलन लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै गर्दा उनीमाथि सम्पत्ति मुद्दा लागेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागबाट अनुमति लिएर प्रहरीको कन्द्रिय अनुसन्धान ब्यूरो ( सीआईबी ) ले राजधानीका कुख्यात ५ डनमाथि सम्पत्ति छानविन गरेको थियो । सीआईबीको छानबिनका क्रममा चर्के मिलनसँग १४ करोड अबैध सम्पत्ति रहेको दावीसहित बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
चक्रेको अन्तिम वार गर्ने ईच्छा:
लागूऔषध मुद्दा कैद भुक्तान गरि बाहिरिन लागेका चक्रेको अन्तिम ईच्छा अन्तिम वार गर्ने रहेको छ । बाहिर निस्केपछि चक्रे आफूलाई फसाउनेहरुलाई कुनै पनि हालतमा छाड्ने पक्षमा नरहेको जेलभित्र भेट्न जाने आफन्तलाई बताउने गर्छन् । हुँदै नभएको लागूऔषध मुद्दामा आफूलाई फसाएको उनले आरोप लगाउने गरेका छन् । चक्रेलाई तत्कालिन डीएसपी जगतमान श्रेष्ठको टोलीले लागूऔषध र हतियारसहित पक्राउ गरेको थियो ।

Share on Twitter Share on Facebook