'डन पार्टी' एमालेको महाधिवेशन स्थलमै फोडफाड

काठमाडौं । मुलुकको सवैभन्दा बढी गुण्डा र डनहरु भएको पार्टी नेकपा एमालेको नवौं महाधिवेशनको उद्घाटन पूर्व नै सहभागी हुन आएका कार्यकर्ताले तोडफोड गरेका छन् । महाधिवेशनमा आएका कार्यकर्ताले कार्यक्रमस्थलमा प्रवेश नपाएको आक्रोसमा मुख्य स्वागत गेट नै तोडफोड गरि जलाएका छन् । उनीहरुले गेटमा सजाइएका ब्यानर, तुल र फेलेक्स बोर्ड समेत जलाईदिएका छन् । पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्मको सडकमा सवारीसाधन अवरुद्ध भएको थियो भने  कार्यकर्ताले नाराबाजी गर्न ब्यस्त थिए ।बाहिरको परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

          कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि आफ्नै गृहमन्त्री बामदेव गौतमविरुद्ध नाराबाजी समेत गरे । नाराबाजी चलिरहेका बेला सवैभन्दा बढी डनहरु भएको पार्टीका अध्यक्ष झलनाथ खनालले भृकुटीमण्डपको हलभित्र एमालेको ९ औं महाधिवेशन उद्घाटन गरेका थिए । प्रतिनिधि बाहेकका कार्यकर्तालाई उद्घाटन सत्रमा प्रवेश नदिएपछि कार्यकर्ता आक्रोसित बनेका हुन् भने महाधिवेशनका लागि ४–५ दिनदेखि नै विभिन्न जिल्लाका कार्यकर्ताहरु राजधानीमा रहेका छन् ।

Share on Twitter Share on Facebook