सरकारी जागिर छोडेर गाईपालन

पोखरा । सरकारी जागिरबाट उन्नति नहुने भएपछि पोखरा उपमहानगरपालिकाको टुटुङ्गा निवासी शोभाकान्त ढकालले गाईपालन व्यवसाय सुरु गरेका छन् । साठी रोपनी जमिन मासिक आठ हजारमा भाडामा लिई गाईपालन गरिएको छ । ढकाललगायत दुई वटा सहकारी संस्थाका २७ जना सेयर सदस्यबाट ९० वटा उन्नत गाई पालेर दूध बिक्री हुंदै आएको छ । पोखरा दुग्ध उत्पादन सहकारी संस्था र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थामार्फत अहिले दैनिक ४ सय लिटर दूध उत्पादन भइरहेको छ ।

  पाँच वटा बिक्री कक्षबाट दूध तथा दुग्धजन्य पदार्थको समेत बिक्री भइरहेको छ । जर्सी, होलस्टेन, ब्राउन, स्वीस र लोकल जर्सी जातका ती गाईबाट उत्पादित दूधबाट दूध, दही, घ्यू, पनिर, कुराउनी, आईसक्रिम, मही र खुवा बनाएर उपभोक्तालाई बिक्री गरिने बताइएको छ ।

Share on Twitter Share on Facebook