सिक्री लुटेपछि बच्न प्रहरी कै शरणमा !

काठमाडौ। राजधानीमा सिक्री लुटपाटको ठूलै सृखंला चल्यो । तर तत्कालिन महानगरीय प्रहरी परिसरका प्रमुख रमेश खरेलले कसैलाई पक्राउ गर्न नसकेपछि उनको क्षमतामाथि नै प्रश्नचिन्ह उठ्यो । सिक्री लुट्ने लुटेराका नाईकेको कतिसम्म दिमाग रहेको रहेछ भने लुटपाटपछि सोही क्षेत्रको प्रहरी कार्यालय नजिकको चियापसल र वरपर बसेर आफूलाई पक्राउ हुनबाट बचाउने गरेको रहस्य समेत उनी पक्राउ परेपछि मात्र खुल्यो । राजधानीमा सिक्री लुटपाट मच्चाउने गिरोहको नाईके प्रहरी नै भएको पनि पोल  खुलेको छ ।  बैशाख र जेठ महिनाभरी सिक्री लुटपाटको घटना बृद्धि भएपछि नियन्त्रणका लागि खटिएका प्रहरीको भने निद हराम भयो ।

साँझको समयमा बाटोमा पैदल वा स्कुटीमा हिड्ने महिलाको ‘चेन स्यान्याचिङ’ हुन थालेपछि नियन्त्रणका लागि दर्जनौ प्रहरी राजधानीम खटिएका थिए । करिव दुई महिनासम्म लगातार भएको ‘सिक्री लुटपाट’को सिकारमा नेपाल प्रहरीमा नै कार्यारत एक महिला प्रहरी हबल्दारसमेत परिन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यारत महिला हबल्दार लुटिएपछि आईजीपी उपेन्द्रकान्त अर्यालले उपत्यका प्रहरी परिसर प्रमुखलाई सुरक्षास्थित मजमुत बनाउन उर्दी जारि गरेपनि सफलता हासिल मिलेको थिएन् । ‘चेन स्यान्याचिङ’को अनुसन्धान अपराध महाशाखाले पनि थालेको गरेको थियो । अनुसन्धानमा खटिएको दुई महिनापछि महाशाखाले सिक्री लुटपाटका मुख्य योजनाकार पक्राउ गरि आईतबार सार्बजनिक गरेको छ । नेपालगञ्जमा ‘चेन स्यान्याचिङ’ को अभियोगबाट १४ लाख धरौटीमा छुटेका अभियुक्तले नै उपत्यकामा ‘चेन स्यान्याचिङ’को आतंक फैलाएको प्रमाण महाशाखाको टोलीले फेला पारेको हो । उनी अरु कोही नभएर भगौडा नेपाल प्रहरीको भगौडा सिपाही हेमराज गिरी भएको खुलासा भएको छ । लागूऔषध मुद्दा र ‘चेन स्यान्याचिङ’ गरेको अभियोगमा नेपालगञ्ज अदालतबाट २०७०  साउन १० गते छुटेका हेमराजको योजनामा नै उपत्यकामा तीन दर्जन सिक्रीको लुटपाट भएको प्रहरीको अनुुसन्धानबाट खुलेको हो । हेमराज अदालतको ढरौंटीमा छाड्ने आदेशपछि प्रहरीबाट हिरासत मुक्त भई राजधानी छिरेका थिए ।
तीन दर्जन सिक्री लुटपाटको घटनामा संलग्न हेमराजले लुटेको सुनका गहना खरिद गरि स्वरुप परिवर्तन गरेको आरोपमा थप दुईलाई समेत प्रहरीले पक्राउ गरेको छ । गिरोहले उपत्यकाको बिभिन्न स्थानहरुमा स्कुटी तथा पैदल सवार महिलाहरुको घााटीबाट जर्वजस्ती लुटिएका सिक्री स्वरुप परिवर्तन गरि बेचबिखन गर्दै आएका थिए । पक्राउ पर्नेहरुमा काठमाडौंका २२ बर्षिय नारायण श्रेष्ठ, बााके बागेश्वरीका २८ बर्षिय हेमराज गिरी र नुवाकोट थानसिङ्गका ४५ बर्षिय गणेश बहादुर सुनुवार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २ लाख ४८ हजार रुपैयाा, सुनका विभिन्न गरगहना १० तोला, लागूऔषध खैरो हिरोइन २८.१ ग्राम, एलईडी टिभि १ थान र लुटपाटमा प्रयोग भएको बा.६१ प ४५४४ नम्वरको मोटरसाइकल समेत बरामद गरेको छ । हेमराजको सिभिल बैंक बानेश्वरमा रहको खातामा ९ लाख ३९ हजार ५ सय रुपैयाँसमेत जम्मा भएको अनुसन्धानबाट खुलेको छ । योजनाकार होमराजलाई एक बर्ष अघि नेपालगञ्ज प्रहरीलेसमेत सिक्री लुटपाट र लागूऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरेको थियो । ११ वटा सिक्री लुटपाट तथा लागूऔषध सम्बन्धि अभियोगमा पक्राउ परेका हेमराजलाई अदालतले १४ लाख धरौटीमा २०७०  साउन १० मा छोड्न आदेश दिएको थियो । उनले २०६२ साल जेठ १६ गते नेपाल प्रहरीमा भर्ना भई २०६७ साल असार ३० गते जागिर छाडेर लुटपाट धन्दा सुरु गरेको प्रहरीको अनसुन्धानबाट खुलेको हो । नेपालगञ्जबाट धरौटीमा रिहा भएको ५ दिन पछि होमराज काठमाडौा आएको र अपाची र पल्सर मोटरसाइकल किनेर उपत्यकामा लुटपाटको घटना मच्चाएको प्रहरीले जनाएको छ ।


Share on Twitter Share on Facebook