एसएसपी खरेल अन्ततः काठमाडौं परिसरबाट हटाईए

विरोधी सफाया अभियानमा आईजीपी अर्याल
काठमाडौं । बिबादास्पद अभिब्यक्तिका कारण बिबादमा मुछिएका एसएसपी रमेश खरेललाई ६ महिना पनि राम्ररी काम गर्न नपाउंदै प्रहरी प्रधान कार्यालयले अन्ततः काज सरुवा गरेको छ ।  डीआईजी बढुवामा ब्रिफकेसको चलखेल भएको अभिब्यक्ति दिएपछि विवादमा तानिएका खरेलको त्यतिबेला नै सरुवा भएपनि निर्बाचन आयोगको कारण रोकिएको थियो । तत्काल काठमाडौंको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको आचारसहिंता लागू भइसकेको भन्दै उनको सरुवा बदर भएको थियो । त्यसो त, एसएसपी खरेलको सम्वन्ध भारतीय गुप्तचरी संस्था ‘रअ’ संग जोडिएको र विरगञ्जमा रहंदा उनले सुराकीको नाममा आफ्नै श्रीमतीलगायतको नाम राखेर अकुत कमाएको सनसनी समाचार समेत सार्वजनिक भएपछि उनी थप विवादमा परेका थिए ।

      सरुवा बदर भएपनि आईजीपी उपेन्द्रकान्त अर्यालको सल्लाह बमोजिम एसएसपी खरेल एक महिने लामो बिदामा बसेका थिए । बिदा सकिएको केही दिन नवित्दै खरेललाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ भने केन्दीय अनुसन्धान ब्यूरोका निमित्त प्रमुख उत्तम कार्कीलाई उनको ठांउमा पठाइएको छ । ब्यूरोबाट डीआईजी प्रकाश अर्यालको सरुवा भएपछि एसएसपी कार्कीले त्यहांको जिम्मेवारी सम्हाल्दै आएका थिए । अनुसन्धानमा राम्रो दंखल राख्ने  हेमन्त मल्ललाई ब्यूरोमा पठाइएको छ । डीआईजी बढुवा गर्न हुने अबस्था नभएपछि आईजीपी अर्यालले आफू निकटकालाई फकाउन राम्रो ठांउमा सरुवा गरेको बुझिएको छ । आईजीपी अर्यालको बैध तथा अवैध हरेक काममा सघाउंदै आएका  डीआईजी बिज्ञानराज शर्मालाई महानगरिय आयुक्त कार्यालयको मिमित्त दिई पठाइएको छ । आयुक्त कार्यालयका निमित्त डिआईजी बिश्वराज शाही भने प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । शाही पनि बढुवा सूचीमा थिए भने बढुवा विरुद्ध लोक सेवा आयोगमा उनले पनि मुद्दा हालेका थिए । बढुवाविरुद्ध मुद्दा हाल्ने अर्का डीआईजी यादब अधिकारीलाई समेत त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुखबाट आईजीपी अर्यालले हटाइसकेका छन् ।  आईजीपी अर्याललको उक्त गविविधिलाई विरोधी सफाया अभियानको रुपमा उनका समकक्षीहरुले लिएका छन् । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बिजयलाल कार्यस्थालाई अन्तर्राष्ट्रिय बिमानस्थल (त्रिअवि) सरुवा गरिएको छ भने उनको ठा“उमा प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी पुस्कर कार्कीलाई ल्याइएको छ ।

Share on Twitter Share on Facebook