डीआईजी शाहको छ यस्तो नालीबेली

काठमाडौं । नेपाल प्रहरीमा विगत नौं महिनादेखि रोकिएको डीआईजी बढुवा प्रधानमन्त्री सुशील कोइराला नेपाल फर्केपछि मात्र हुने भएको छ । करोडौंको व्रिफकेश बुझाएर बढुवा सूचीमा परेका विवादास्पद डीआईजीद्धय विरेन्द्रबाबु श्रेष्ठ र प्रतापसिंह थापालाई लोकसेवा आयोगको छानविन समितिले पुनरावलोकन नगरेपछि विवाद झन बढेको हो । छानविन समितिले समेत निष्पक्ष काम गर्न नसकेको कुरा कोइरालालाई अमेरिकामा  नै सूचना पुगिसकेकाले पहिले कै सूची अनुसार गर्ने कि नयाँ सूची अनुसार गर्ने भन्ने दुविधामा कोइराला रहेको स्रोतको दावी छ । पुनरावलोकन समितिले बरिष्ठता रोलक्रममा दुई नम्बरमा रहेका डीआईजी नारायण बस्ताकोटी र सात नम्बरमा रहेका गणेश राईलाई समेट्न सकेपनि व्रिफकेश काण्ड लागेका डीआईजीद्धयलाई हटाउने शाहस गरेन् ।

बरु पछि परेकालाई उल्टाई–पल्टाई अगाडि ल्याउने काम मात्र भएको आरोप उनीहरुमाथि लागेको छ । नेपाल प्रहरीमा विवादैविवाद र काण्डैकाण्डमा पर्ने डीआईजीलाई बढुवा सिफारिसमा अगाडि पारिएको छ । यसैबीच डीआईजी बढुवा सिफारिसमा दुई नम्बरमा परेका भाग्यमानी डीआईजी सुरेन्द्रबहादुर शाहले नेपाल प्रहरीमा प्रवेशपश्यात् कहाँ–कहाँ के–के भन्ने विषयमा नालीबेली प्राप्त भएको छ ।

  • डीआईजी सुरेन्द्रबहादुर शाहले पूर्वाअञ्चल प्रहरीमा रहँदा गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । डीआईजी शाहको उजुरी अख्तियारमा अझै विचाराधिन अवस्थामा रहेको छ ।
  • जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यारत हुँदा शाहमाथि यौनकाण्ड लागेको थियो ।  उक्त काण्डलाई शाहले पैसा दिएर मिलाएका थिए ।  
  • तत्कालिन आईजीपी प्रदिपशम्सेर राणाको पालामा शाह विशेष प्रहरी ब्यूरोमा कार्यारत थिए । त्यसबेला आईजीपी कार्यालयको हेल्प डेस्कमा बस्ने गुरुङ थरकी सईलाई शाहले पेट बोकाएपछि तत्कालिन प्रवन्ध शाखामा कार्यारत डीआईजीले मोटो रकम गर्वपतन गर्न लगाएका थिए । उक्त काण्डले शाहको दाम्पत्य जिवनमा समेत तनाब सृजना गरेको भन्दै काण्डलाई गुपचुप पारिएको थियो । तत्कालिन प्रवन्ध शाखाका डीआईजी अरु कोही नभएर शाहकै दाजु थिए । 
  • तालिमकेन्द्र भरतपुरमा शाह कार्यारत हुँदा महिला प्रहरी (रिप्रज) लाई निवासको डियुटीमा राख्ने र राति आफूसँग रात विताउन बोलाउने गरेको घटना सार्वजनिक भएको थियो । राति चेकजाँचका लागि आउने गुरुबाले बन्दुक मात्र ढोकामा भेटेपछि खोजि गर्दा रिक्रुट प्रहरी जवान शाहको बेडमा भेटिएकी थिइन् । शाहको उक्त काण्ड तत्कालिन समयमा युद्धमा रहेको माओवादीले समेत थाहा पाएपछि उनी रातारात ज्यान बचाएर भागेका थिए । उक्त घटनाको बारेमा चितवनमा खटिएका तत्कालिन नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल सन्तोष ढकाललाई समेत जानकारी पुगेको थियो ।
  • त्यसो त जिल्ला प्रहरी कार्यालयमा कार्यारत हुँदा कवर्ड हल बनाउने नाममा समेत शाहले रकम उठाएका थिए । तत्कालिन समयमा अख्तियारले चासो दिएपछि उनले लेखा परीक्षण गराएर बचेका थिए । 
  • शाहकै हतियार प्रयोग गरेर उनको छोराले एक भारतीय नागरिकलाई हत्या गर्दा समेत उनमाथि अनुशासनको कारवाही भएन् ।
  • शाह एसपी हुँदा यूएन मिशन पिफाईभमा गएर काम गरेका थिए ।  नेपाल फर्केपछि प्रहरी कल्याण कोषमा बुझाउनु पर्ने १० प्रतिशत रकम नबुझाएको उनका समकक्षी बताउँछन् । उनले विभागीय कारवाहीबाट बच्नको लागि मात्र एकदमै कम रकम बुझाएका थिए ।
  • विराटनगरमा रहँदा राशन ठेकेदार परशुराम बस्नेतसँग लेनदेनको कुरा नमिलेपछि राशन सप्लाई नै कटौटी गरेर पुन: टेण्डर गरि सरकारलाई शाहले ठूलो घाटा पारेका थिए । अख्तियारमा उजुरी परेपनि अहिलेसम्म उक्त काण्डको राम्रो छानविन हुन सकेको छैन् ।
  • नार्कोन र नेपाल प्रहरीको सहकार्यमा भएको दुब्र्यसनी विरुद्धको अभियानलाई समेत शाहले पूर्वाअञ्चल क्षेत्रमा बहिष्कार गरेका थिए । सरकारले निर्णय गरेर दुब्र्यसनी विरुद्ध चलाएको अभियान समेत बहिष्कार गर्ने तिनै डीआईजीलाई बढुवा सिफारिस समितिले बढुवाको लागि दुई नम्बरमा सिफारिस गरेको छ । शाहको बढुवामा परेपनि उनी विभागभित्र नैतिकरुपमा पतन मानिन्छन् ।
Share on Twitter Share on Facebook