देवीको दर्शनपछि मनाङ्गेको मल पसे 'चक्रे मिलन '

काठमाडौं । कुख्यात डन मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ आईतबार अर्का कुख्यात डन राजीब गुरुङ उर्फ दिपक मनाङ्गेको आधार क्षेत्र मानिने दरबारमार्गमा एकाएक देखिएका छन् । कुनैबेला गुण्डागर्दीका कारण चक्रपथ क्षेत्रमा मनाङ्गेलाई निषेध गरिएको थियो भने ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा चक्रेलाई निषेध थियो । जेलबाट भर्खरै छुटेका चक्रे आईतबार एक्कासी मनाङ्गेको क्षेत्र मानिएको दरबारमार्गस्थित रहेको शेर्पा मलमा देखिए । पाँच बर्षको जेल सजाया भुक्तान गरि गत साता मात्र उनी जेल मुक्त भएका हुन् । चक्रे शनिबार गोर्खा जिल्लामा रहेको प्रशिद्ध धार्मिकस्थल मनकामना माईको दर्शन गर्न पुगेका थिए । मनाकामना माईको दर्शन गरेर राजधानी फर्के लगत्तै चक्रे आईतबार मनाङ्गेको गुण्डागर्दी गर्ने आधार क्षेत्र दरबारमार्गस्थित शेर्पा मलमा पुगेका थिए । चक्रेको साथमा उनको दुई सहयोगी पनि रहेका थिए ।

दिउँसो ४ बजे शेर्पा मल पुगेका चक्रे शेर्पा मलमा रहेको जन्जिर बार एण्ड रेष्टुरेन्टमा एक घण्टा बिताएर फर्केका थिए । उक्त रेष्टुरेन्ट चक्रे निकट मानिने बिश्व गुरुङले सञ्चालन गर्दै आएका छन् । दुई दशकदेखि एक अर्कालाई आफ्नो क्षेत्रमा प्रवेस गरे हत्या गर्नेसम्मको योजना बनाउने चक्रे लुसुलुसु दरबारमार्ग प्रवेश गर्नुलाई आश्चर्य मानिएको छ । स्रोत भन्छ,‘ चक्रेले गुण्डागर्दीको बाटो त्यागेर सामान्य जिवनमा फर्केको सूचना दिन पनि त्यो गरेको हुन सक्छ । यो घटनापछि डनडनबीच फेरि मारकाटको स्थिति आउन पनि सक्छ ।’ ठमेल, दरबारमार्ग क्षेत्रलाई मनाङ्गेले आफ्नो घरआगनको रुपमा हेर्ने गरेका छन् । उता आइतवार चक्रे मिलन विनाहतियार मनाङ्गेको घरआगनमा पुगेपछि भईचालो गएको छ । पाँच बर्ष पहिले कुख्यात गुण्डा कुमार श्रेष्ठ उर्फ कुुमार घैंटे दरबारमार्गको डेलिकेशनमा पुग्दा काभ्रेली समुहसँग झडब भएको थियो । ज्यान जोगाउन घैंटेले हवाई फायरिङ समेत गरेर फरार भएका थिए । उक्त फायरिङमा काभ्रेली समुहका गुण्डा अमित लामाको तिघ्रामा गोली लागेको थियो । गुण्डाहरुबीच आफ्नो क्षेत्रमा दुश्मन छिरेको थाहा पाएपछि आक्रमणको अबस्था सृजना हुन्थ्यो । तर, आइतवार चक्रे निर्वाध रुपमा शेर्पा मल देखिए पनि मनाङ्गे समुहले कुनै मतलब राखेन । चक्रे मनाङ्गेका केटालाई जिक्याकाउन शेर्पा मल पुगेको चर्चा चलेको छ । आफ्नो हात काट्नेलाई नछा्डने अठोट गरेका चक्रे सहज रुपमा त्यहाँ पुगेपछि हलचल भएको हो ।

           तर, चक्रे मनाङ्गेले झै झगडाको मनस्थितीमा नरहेको उनका सहयोगीले बताएका छन् । मनाङ्गे प्रमुख फाईटर मानिएका गणेश लामा सक्रिय राजनीतिमा प्रवेश गरेपछि मनाङ्गेको समुह कमजोर बन्न थालेको थियो । काभ्रेका छोटा डनका रुपमा चिनिने बिष्णु लामा भित्रभित्रै चक्रेको प्यारो भाईका रुपमा स्थापित भएका छन् भने संजिव लामा ‘स्याल’ छोटा डन विष्णुको । विष्णु लामाले चक्रे जेलमा हुँदा प्रत्येक महिना खसि पठाउने गरेपछि उनको प्यारो भाई बनेका हुन । लागूऔषध कारोबार गरेको ठहर भएपछि ५ बर्ष जेलमा थन्किदा चक्रेलाई लामाले काभ्रेका गुण्डा नारायण तमाङमार्फत माफी मागेर सम्बन्ध बनाएका थिए । २०६५ सालमा यादब ढंगोल हत्या गरेको आरोप लागेपछि उनी फरार भएका थिए । फरार चक्रेलाई तत्कालिन आईजीपी रमेशचन्द ठकुरीको बिशेष टोलीले पक्राउ गरि लागूऔषध हालेको थियो । त्यसपछि डीएसपी जगतमान श्रेष्ठले भैरहवाको अशोका होटलबाट लागूऔषध र हातहतियारसहित पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । एक दर्जन भन्दा बढी अपराध गरेको अभियोग लागेका चक्रे अन्य अभियोगबाट भने सफाई पाइसकेका थिए ।  लागूऔषध मुद्दामा मात्र ५ बर्ष कैद फैसला भएपछि चक्रेले जेलको हावा खाएका थिए ।

    जेलमै कैद भुक्तानी गरिसकेका चक्रेमाथि अबैध सम्पत्ति थुपारेको मुद्दा समेत रहेको छ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो र सम्पत्ती शुद्धीकरण बिभागले सात करोड अबैध सम्पत्ति थुपारेको अभियोग बिशेष अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दामा थुनछेक आदेश गर्दै अदालतले चक्रेसँग एक करोड ढरौटी माग गरेको थियो । सो धरौटीबापत चक्रेले जायजेथा राखि तारेखमा बसेको बिशेष अदालतले जनाएको छ । चक्रे जेल मुक्त हुने खबरसँगै गत सोमवार जेलमा उनका सुभचिन्तक दुई सयको हाराहारीमा जेल परिसरमा पुगेका थिए । जेलमा रहँदा सहयोगी परिचालनगरि डोजरमा आगो लगाउनेदेखि हप्तावारी असुल्दै आएका चक्रेको थुना मुक्त भएपछि राजधानीमा थप अपराध मौलाउने उच्च प्रहरी अधिकृतहरुको दाबी छ । आफू निकटकालाई ‘लास्टफाईट’ खेल्ने बताइरहेका बेला चक्रेको थुना मुक्त जिवनले राजधानीका अर्का गुण्डा दिपक मनाङ्गेको निद हराम हुने निश्चित छ । मनाङ्गे र चक्रेको समुहबीच ग्याङवार हुँदा नै चक्रेको दाहिने हात छिनेको थियो । त्यसको बद्ला लिन उनी लास्टफाईटको योजनामा रहेको चक्रे निकट स्रोत बताउँछ ।

Share on Twitter Share on Facebook