यौनपिपासु विदेशी नागरिक नेपाल प्रहरीको फन्दामा

कास्की । केहीदिन पहिले पोखरा घुम्न गएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ओलिभरले ति बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । कास्की जिल्ला प्रहरीका एसपी बसन्त लामाले विदेशी नागरिक ओलिभरलाई लामो समयसम्मको ‘फलोअप’ पछि पक्राउ गर्न सफल भएको बताए । लामाका अनुसार ओलिभरले लामो समयदेखि नेपालमा बसेर सडक बालबालिकालाई खाना खुवाउने, होटलमा लैजाने, नुहाउने र अप्राकृतिय मैथुन गर्न लगाउने कार्य गदै आएका थिए ।

ओलिभर दश बर्षपहिले राजधानीबाट पक्राउ परि नेपालबाट फ्रान्स फिर्ता पठाइएका ब्यक्ति हुन् । प्रहरीको अनुसन्धान अनुसार नेपालमा फ्रान्सेली नागरिक सवैभन्दा बढी बाल यौनशोषणमा सक्रिय हुने गरेका छन् । पक्राउ परेका ओलिभरको पासपोर्ट नं. ०७एएच९८९३९ हो । फ्रान्सेली नागरिक ओलिभरले कास्की जिल्ला पोखरा बस्ने बर्ष १४ को नाम परिवर्तित बालकलाई आफू बसेको कोठामा बोलाई भेटघाट गर्ने, फुटवल, टिटि बललगायतका सामाग्री खरिद गरिदिने र खेल खेल्न सिकाउने गर्दै आएकोमा साउन ७ गते आफ्नो कोठा बोलाई अचानक अप्राकृतिक मैथुन गर्न लगाएका थिए । बालकलाई कोठामा खाना समेत खुवाई सम्पूर्ण कपडा खोल्न लगाएर बालकको मलद्धार खेलाउने, चलाउने तथा बालकको र आफ्नो लिङ्गलाई उत्तेजित बनाई मुख तथा शरिरको अन्य भागहरुमा घर्षण गराउने गरेको जाहेरीका आधारमा ओलिभर पक्राउ परेका थिए । ओलिभरलाई जर्वजस्ती करणी (अप्राकृतिक मैथुन) ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । यौनपिपासु ओलिभरले यसअघि पनि पोखरामा आउँदा अन्य बालबालिकालाई खुलकुदका सामाग्री खरिद गरिदिने तथा अन्य उपहार दिएर धैरैलाई अप्राकृतिक मैथुन गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसअघि नौं बर्षको एक बालकलाई समेत अप्राकृतिक मैथुन गरेको जाहेरीको आधारमा कास्की प्रहरीले साउथ अफ्रिकन नागरिक रोल्याण्डस जोरानलाई पक्राउ गरेको थियो । गत बैषाख ५ गते प्रहरीको नियन्त्रणमा परेका रोल्याण्डस कास्की जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षको लागि कास्की जिल्ला कारागारमा थुनामा रहेका छन् ।
के–के गर्छन् यौनपिपासुले ?
नेपाल रहेका विदेशी यौनपिपासुले सर्वप्रथम आफ्नो शिकार खोज्न सडक बालबालिकालाई सहयोग गरेको नाटकमञ्चन गर्छन् । उनीहरुले सडकका बालबालिकालाई महंगो होटल तथा रेष्टुरेन्टमा लगेर ब्रेकफास्ट, लञ्च र डिनर खुवाउने गर्छन् । साथै बालबालिकालाई राम्रो लत्ता कपडा किन्ने, होटलमा लगेर फोहरी बन्नु हुन्न, नुहाउनु पर्छ भन्दै सफासुग्गरी बनाउने काम गर्छन् । किनकी विदेशीले बालबालिकालाई नुहाउँदा उनीहरुको संवेदनशिल अंगमा छुने, नलजायोस् भन्नका लागि उनीहरुले नुहाउँदा नै यौनका उत्तेजित कुरा गरेर वा छोएर जिस्काउने काम गर्छन् । ताकी उनीहरुको लाज यौनपिपासुको सामु पर्दा हटोस् । त्यसपछि बालबालिकालाई मन पर्ने खेलौना र लत्ता कपडा किन्ने समेत गर्छन् । मानौं कि उनीहरु बालबालिका लागि भगवान जस्तै बन्छन् । बालबालिकाको नजरमा भगवान सावित भएपछि उनीहरुले बन्धनमा पारेर आफ्नो अनुचित लाभ लिने काम सुरु गर्छन् । यौनपिपासुले ती कलिला बालबालिकालाई आफ्नो शिकार निरन्तर बनाउँछन् । कतियय यौनपिपासुले होटलमा प्रहरीले छापा हान्ने त्रासका कारण आफू बसेको कोठामा लगेर अप्राकृतिक मैथुन गराउने गरेको विगतमा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।  

Share on Twitter Share on Facebook